– पंकज कुमार मल्लिक
संसारमा स–साना धेरै परजीवी हुने गर्दछ । जसलाई अंग्रेजीमा parasites भनिन्छ । परजीवीको बाँच्नको लागि समन्यतया अरु जीवको शरीरको उपयोग गर्ने गर्छ । हाम्रो शरिरमा पाइने “जुका” यसको एक उदाहरण हो । धेरै यस्ता परजीवी पनि हुन्छन् जसको जीवनचक्र पूर्ण हुन दुई या तीन तीन जनावर चाहिन्छ । हामी चर्चा गर्दै छौ यस्तै एक परजीवीको ।
Discovery च्यानलमा गएको महिना एक documentary हेरेको थिएँ, Leucochloridium paradoxum को बारेमा । यो एक प्रकारको platyhelminths parasites हो । यसको जिवनचक्र चरा र शंखेकिरा दुइओटै जिवमा हुदै वित्ने गर्छ ।
Leucochloridium paradoxum को युवा अवस्था चरामा हुने र त्यही पोथी संग mating गरी #फुल बनाउने गर्दछ । फुल चराको मल संगै नदिनाला र पोखरी, तलावमा पुग्छ । त्यहा रहेका शंखेकिराले उक्त मललाई बडो चाखपुर्वक खाने गर्छ । मल संगै उक्त parasites को फुल शंखेकिराको पेटमा पुगेर फुलबाट parasites निस्की उस्को दिमागमा नियन्त्रण स्थापित गर्छ र एक प्रकारले उसको आँखा अन्धो बनाउने झै काम गर्छ ।
प्राय लजालु स्वभावको शंखेकिरा त्यस पछि एक भंयकर खतरनाक किराकि रुप लिने गर्छ । आँखा रातो हुने गर्छ । प्राय पानी मुनि रमाउने उक्त किरा त्यसपछि ठुल्ठुला चट्टान र रुख चढ्न पुग्छ ।
तपाईंको लागि यो आश्चर्य नहोला । तर पख्नुस उक्त किरा आफ्नो suicide mission मा हुने गर्छ । उक्त किरा लामो समय सम्म चरा द्वारा खान कै निम्ति त्यहा रुख र चट्टान माथी बसेका हुन्छन् , र चरा द्वारा खाइ सके पश्चात् Leucochloridium paradoxum parasites ले आफ्नो जीवन चक्र पूरा गर्ने गर्दछ । र एक parasites ले आफ्नो जिवनचक्र पूरा गर्न एक शंखेकिराको वली दिन्छ । उसको मस्तिष्क माथी बनाइएको नियन्त्रण नै उसको जिवनको काल बन्ने गर्छ ।
एक अर्को खाले parasites नी हुने गर्छ, Toxoplasma gondi यो parasites को जिवनचक्र आश्चर्यजनक रुपमा मुसा र बिरालोमा हुने गर्छ । same repeated प्रकृया द्वारा फेरि उक्त parasites ले मुसाको मस्तिष्क मा अधिकार गरेर उसलाई बिरालो नजिक लैजाने गर्छ । कहिलेकाही त बिरालो आफै आश्चर्यचकित भएर पछि हट्ने नि गर्छ र फेरि इश्वरको इच्छा होला भनेर अर्कै गाँसमा उसलाई सकाइ दिने गर्छ । फेरि त्यहि एक parasites ले आफ्नो जिवनचक्र एउटा मुसा मारेर पूरा गर्छ ।
कुरा यो होइन कि यो इश्वरको लिला हो । कुरा यो हो कि हाम्रा प्रधानमन्त्री महोदयले खाने गोलीले वहाँको दिमागको अवस्था पनि त्यही infected शंखेकिरा र मुसा जस्तै भएको छ । आफ्नो मस्तिष्क माथी आफ्ना नियन्त्रण गुमाई सकेका हाम्रा प्रधानमन्त्री महोदयले यो देश र यसका देशवासीलाई नि sucide mission मा कहि लादै त हुनु हुन्न भन्ने भान नि हुन थालेको छ । कहिलेकाही त उनका ठट्टा सुन्दा हामीलाई मात्रै होइन पुरै बिश्वलाई नि आश्चर्य लाग्दै छ । कुटनैतिक कुरामा हाम्रा देश धेरै पछि रहेको कुरा त सबैलाई थाहा नै होला । झिना मसिना स्वार्थको लागि पनि विश्व समुदाय सामु लम्पसार पर्ने हाम्रा नेता हेर्दा कहिलेकाही अरु देशको नेता नी आश्चर्यमा पर्ने गरेका हुन्छन् नै , तर इश्वर कृपा ब्गनेर............. हाम्रा नेताको suicide mission लाई लालमोहर लगाई पठाइ दिने गर्छ । के हाम्रो देशलाई यस्तो infected दिमागको प्रधानमन्त्री र यस्तो स्वार्थी नेताले बिकास र निकास दिन सक्छ त ??
160 दिनसम्मको आन्दोलनलाइ पनि ख्यालठट्टामा उडाउनु देशलाई ठुलै शंकटमा धकेल्नु होइन् र ?? ज्ञातहोस् यसले धेरै बाहिर शक्तिलाई यहाँ चलखेल गर्ने मौका तपाईहामी आफै दिदै छौं ।
के हाम्रा प्रधानमन्त्री र देशको अरु नेताको suicide mission रोक्ने बेला आको होइन त ?
बिचार गरौं !!! आउने पुस्ता सामु लाजले सिर निहुराएर कहिं उभिनु पर्ने बाध्यात्मक स्तिथी नाओस् कहिं ।
प्रकाशन मितिः २०७२ माघ १४ गते बिहीवार