पत्रकारको दलाली, चाप्लुसी र पित्त पत्रकारिताको रुप अनेक छन्

घर–परिवार, छरछिमेकसहित सिंगो समाजबीच आपसी सौहार्दता, आत्मीय मिलन र टिका सहितको अविर लगाई ठूलाले सानालाई आशीष दिने र साथी भाईबीच सप्तरड्डी रंगले रंगिएर माया, प्रेम तथा अपनत्को भावनाले रमाउने पर्व होली हो ।
त्यसैले विशेष गरेर अर्थात कथित मधेश क्षेत्रमा होली पर्व दशैं पर्वमा भन्दा बढी धुमधामले मनाइने परम्परा छ । आफ्नो देशमै भएपनि होली पर्वको टिका थाप्न आए मनको कटाक्ष अर्थात वैर भाव बिर्सिएर क्षमा दिएर माया प्रेमले अपनत्वमा बाँधिने होली पर्वको आफ्नै महत्व छ । यसर्थ तराई क्षेत्रका स्थानीयबासीहरू आफूभन्दा साना र असहायलाई आ–आफ्नो गच्छअनुसार दान दक्षिणा अर्थात सहयोग गरी आनन्द लिने होली पर्व सप्तरड्डी रंगले चुर्लुम्म डुबेर मस्ती लिने दिन फगुवा पर्व अर्थात होली हो ।
समय सँगसँगै सबै वस्तु वातावरण परिवर्तन भएझैं होली पर्व मनाइने परम्परा र संस्कार पनि परिवर्तन हुनु स्वाभाविकै हो । आफैं खाऊँ, आफैं लाऊँ र एक्लै कमाऊँ भन्ने स्वार्थी मानसिकता च्याउ झैं झांगिदै गइरहेको छ । र होली पर्वको परम्पराको रुप–रड्ड–स्वरुप पनि परिवर्तन भइरहेको विकृतिको बाटो तर्फ ओरालो लागिरहेको छ ।
यहीबीच राष्ट्रको चौथो अंग भनिएको पत्रकार त्यसमाथि कान्तिपुर दैनिक पत्रिकाको २०७१ फागुन २२ गते शुक्रवारको अंकमा "होली खर्च माग्नेको लर्को” भन्ने शीर्षक दिएर समाचार प्रकाशित भएको रहेछ ।
समाचारभित्र संचारकर्मीको पनि समाचार बनेछ । उक्त समाचार  आफैंमा उदेकलाग्दो रहेछ । संचारकर्मीको भीड होली खर्च माग्न व्यापारिक प्रतिष्ठान, उद्योग र व्यापारीको कार्यालयमा लाग्न थालेको भन्ने समाचार आफैंमा अपुरो पनि छ । सञ्चारकर्मी भन्नाले पत्रकारिता क्षेत्रमा लागेका सबै पत्रकार भन्ने जनाउँ गर्दछ । यसर्थ सो कान्तिपुरे समाचार अपुरो हो । र गलत अर्थात भ्रामक पनि हो ।
पर्सेली पत्रकार सबै व्यापारीको कार्यालयमा फगुवा पर्वको चन्दा माग्न पक्कै पनि गएको छैन । सबै सञ्चारकर्मी अर्थात् पत्रकारहरूले चन्दा माग्न गएको छ भने त्यस्ता मगन्ते पत्रकारहरूको नाम कान्तिपुरले उल्लेख गर्न नसक्नुको कारण के हो ?
अद्र्धकट्टी समाचार छापेर कथित कान्तिपुरे पत्रकार मात्रै दूधले नुहाएको हो भन्न खोजेको त होइन ? दलाली, चाप्लुसी र पितपत्रकारिताको रुप रंग अनेक छन् । यसर्थ केही मगन्ते पत्रकारको नाममा सबै सञ्चारकर्मीलाई लान्छना लगाउन खोज्नु धमिलो पानीमा माछा मार्नु सरह हुनेछ ।
हिम्मत छ भने कान्तिपुरले चाड पर्वको नाममा चन्दा माग्दै हिंड्ने मगन्ते पत्रकारहरूको पत्रिका र नाम प्रकाशन गरि समाचार बनाओस्, जसले पत्रकारिता जगतलाई भरपर्दो, विश्वास योग्य र मर्यादित बन्न सकोस् ।


(कान्तिपुर पत्रिकामा पठाइएको पाठक प्रतिकृया कान्तिपुरले प्रकाशन नगरेपछि यसमा प्रकाशन गरिएको)

SHARE THIS

Author:

Facebook Comment