संविधान र मस्यौदाःनारायणी पाण्डे

हालै प्रस्तुत गरिएको नेपालको संविधान २०७२ को मस्यौदा विषयमा देश विदेशबाट विभिन्न क्रिया प्रतिकृया आइरहेको समयमा सबैले आ–आफ्नो प्रतिकृया दिइरहनु भएको छ ।
        हुन  त  देशभित्र या देश  बाहिर  रहनु   भएका  धेरै  नेपाली दाजुभाई  दिदी  बहिनी र मान्यजनहरु   हुनुहुन्छ  यस्ता  बिषयमा  लेख्न र  बहश गर्न । तर   लामो समय  देखि  सधैं बहश मात्र हुने  तर कार्यान्वयन नभएको देख्दा  सारै दुःख  लगेर  आज जनताको  राय लिने र  दिने  क्रममा मलाई पनि  २/४ शब्द  रखिदिउँ भन्ने  मनमा  कौतुहलता  भएकोले  अलि अलग बिषयाहरुलाई पनि  उठाउने  जमर्को  गरेकी छु ..............

१.  संविधान निर्माणमा दिन प्रतिदिन अड्चन बढ्ने क्रम जारी  भएको  देख्दा  हामी सबैलाई  चकित बनाएको  छ  अनि देशका सारा जनताहरुलाई  न्याय  दिलाउने र झगडा बदमासी  रोक्ने र  निसाफ  गर्न  भनि  बसेका टाउकेहरु नै  सधै आपसमा  झगडा गर्दै जनतालाई  रमिता  देखाउँछन् भने हामीले ले भन्ने ठाउँ नै के  छ र   ? लाजमर्दो कुरा  नेपालमा  धर्म निरपेक्षता  गर्न  जरुरि छ ?  यो धर्मले  नै  संसारका  नेपाली मात्र नभई विदेशीलाई  समेत  एकतामा ल्याएको छ जुन कुराले एकतालाई जोडेको छ  भने  किन त्यसको  खण्डन  गर्ने  ? नेपाल आफैंमा  हिन्दु राष्ट्र  हुँदा  हुदै पनि किन संविधानसभाभित्र यसको यति  ठूलो बहस चलेको  छ ?  नेपाल  हिन्दुराष्ट्र  भएकोमा विश्वको  कुनै पनि  देशले आपत्ति  देखाएको  छैन  न  त कुनै शक्तिशाली  देशका  राष्ट्रपतिहरुले नै  आपत्ति  जनाएका छन् ! वहाहरुले  नै दिपावलीमा त्यो संस्कारको  सम्मान गरेर  कार्यक्रमहरुमा  सहभागी भएको  अनेकौं समाचार र भिडियो  मार्फत देखिएको पनि छ  ।  जस्तो अमेरिका र लण्डन  जस्ता देशका  राष्ट्र पतिहरुले  नेपालमा  भएको  हिन्दु र  बुद्ध धर्मको सम्मान  नै  गरिरहनु  भएको देखिन्छ भने  नेपालका  नेताहरु मा  किन यो धर्म  निरपेक्षता  गर्नु परेको त ?  यसको  चित्त  बुझ्ने  जवाफ जनताहरुलाई  चाहिएको छ जे होस् ...
          १  तर  यो  हाम्रो हिन्दु  धर्ममा पनि २/३ ओटा  कुरा भने  सुधार गर्नै पर्ने  भएको छ, जस्तो  नेपालका राष्ट्रिय  पर्व दशैँमा  अनेकन देभिका  मन्दिरहरुमा हज्जारौ  जनावरहरुको बलिदान गरिन्छ  त्यो बिल्कुलै  गलत जुन  प्रथालाई  हटाइनु पर्छ,
२  तेस्तै  अनेकन  भाकल  गरेर  पनि  बलि दिने चलन,
३  या  कुनै पोखरीमा  बोका  जिवितै  फालेर  तेस्लाई तानातान  गरेर  मार्ने ..यस्ता कुराहरु जब  सम्म  संबिधानमा  उल्लेखित  हुँदैन तब सम्म  हट्न पनि गारो छ त्यसैले  यो कुरा  संबिधानमै राख्न जरुरि छ !

२. हाम्रो देश  नेपालमा  धेरै  वर्ष  देखि  नारी  अधिकारका  कुराहरु धेरै  भए, धेरै भाषणमा आए  र विभिन्न क्षेत्रमा  सहभागी गराएको   भएता  पनि  वास्तवमा मौलिक  अधिकार  कुनै पनि लागु भने  हुन सकेको छैन त्यसैले  अब संबिधानमा उल्लेख गरियोस् कि आफ्ना  बाबु  आमा  मर्दा काज क्रिया छोरा  या  छोरी  दुबैले  गर्न पाउने  कानुन ल्याइनु पर्दछ र  चाहेको  खण्डमा  बाबुआमाले छोरीलाई  पनि अंश दिन पाउने छन ....
जसले गर्दा  नेपालमा छोरा छोरी प्रतिको  भेदको खाडल  पुरिन अलि सजिलो होला,  आज पनि स साना नानी  देखि  आमा सम्मका  महिला,  या घर  गृहिणी  देखि  ठुला ठुला कार्यालयसम्म काम  गर्ने  महिलाहरु  पनि  शोषित  नै हुन परेको अवस्था  छ  ? किन कि त्यो सबै  नियम र कानुन हरु  कागजमा  कोरिएका कुराìहरुले   यहाँ  कुनै परिवर्तन आएको  छैन, किनकि ती  पुरुषहरुको  दिमांगमा अझै   नारी पनि हामी जत्तिकै  सक्षम  र सम्मानित  छिन, हामीलाई  जति सबै अधिकार  यिनीहरुलाई पनि छ  भन्ने कुरा सबैलाई बुझाउन जरुरि छ ।साँच्चै  भन्ने हो भने  तिनै  नेता या  कानुनविद्हरुले पनि नारीलाई  सम्मान र अधिकार  दिनुभएको  छैन । घरभित्र, या  कतैपनि  वहाहरुको परिवेश जस्तो  कुनै पनि विषयमा  निर्णय  गर्न पर्दा  तिमीहरु महिला केटाकेटीलाई  के थाहा छ र !! ?  भन्दै १ टा केटा केटी संग तुलना गरिरहनु भएको होला  आफु  सरह या  आफूभन्दा  माथिल्लो  लेवलमा काम गर्ने  महिलाहरुलाई समेत  कमजोर  सम्झिरहेका  हुन्छन    ....त्यसैले  सबै भन्दा पहिले त त्यसता पुरषहरुले  आ आफ्ना  दिमाग  भित्र  जकेडियर  रहेको  नारी प्रतिको  हिनता  बोधको अज्ञानता लाई नै  नस्ट  गर्नु पर्दछ यदि  गर्दैनन्  भने  त्यसलाई  सजाय  हुने  संबिधानमा उल्लेखित हुन पर्छ  सजाय सहितको ।
३‍‍. जसरी  एउटी  नारीले  कुनै पुरुषको  जबर्जस्ती कारणमा परि अवैध बच्चा  जनमाउ न  बाध्य  हुन्छे  र तेही  समाजले उसलाई  बहिष्कार  गर्छ  तेसैले  तेस्ता  नारिहरुबाट अबोध  बालकहरुको   पनि  गेरको  अवस्था  छ , कि त ती  नारीहरुलेहरुले  नै  आत्मा  हत्यागरेका छन् जस्तो हाल सालै  मात्र पनि  समाचारमा  देखेकी  थिएँ १ टा कान्छीमायाले अबैध  बालकलाई  बागमतिमा  फालेर  भाग्दै  थिन रे  , तर  उसलाई प्रहरीले पक्रे रे, तर  किन  कन्छिमयालाई  मात्र  पक्रियो ? जसले  त्यो अवस्था  ल्यायो  उसलाई किन  खोजि गरिन्न  किन  समातिदैन ?  यस्ता  घटना हरु कतै न कतै हरेक दिन  जसो भयका छन् ..!  अनि  त्यस्ती माया हरुले  मर्ने र मार्ने  काम  नगरेसम्म त्यो चासो राखियो देखिदैन जब सम्म  घटना घट्दैन त्यसैले  अब यो संबिधान मा नै लेखिन पर्यो कि त्यस्ता करणी गरी  जन्मिएका  बच्चाहरु १८ वर्ष  नभए सम्म  उसले  नै  पालन पोषण गर्नै पर्ने चाहे  ती महिलासंग  उसले बिबाह गरोस  या  नगरोस  तर  बच्चाको  पुरा  जिमेवारी  उसको  हुने  कानुन  बनाउनै पर्छ र  नगरेमा   कडा  कारबाहीको  भागी  हुने ......!!
 अन्त्यमा  फेरी पनि नेपाल सदैब  हिन्दु राज्य रहनुमा नै  नेपाल र  नेपालीको  हित हुने छ ...!  भन्दै आजलाई  यहि  बिदा !!!

धन्यबाद ....
 ..............नारायणी  पाण्डे पाठक
फिरेंजे  इटाली  ........

SHARE THIS

Author:

Facebook Comment