भारतका प्रधानमन्त्री नरेन्द्र मोदी २३ वर्ष पछि द्विपक्षीय औपचारिक भ्रमणकालागि साउन १८ गते काठमाण्डौ आउँदै हुनुहुन्छ । प्रधानमन्त्रीको भ्रमणकालागि वातावरण बनाउन परराष्ट्रमन्त्री सुष्मा स्वराजले तीन दिने औपचारिक भ्रमणगरी फर्कनु भएको छ । मोदीको नेपाल भ्रमण चुनौति र अवसर हो । विगतका अविश्वास र भारतले नेपालमा सिर्जना गरेको अस्थिरताबारे उनले आवश्यक र वस्तुनिष्ठ जानकारी नआएसम्म मोदी यात्राको खासै अर्थ रहने छैन । विगतमा भएका सन् १९५० लगायत सबै समान सन्धिको समीक्षा र पुनरावलोकन नगरी थप अन्य सम्झौता गरिनु भनेको राष्ट्रघात हो । राजनीतिक र कूटनीतिक छलफल नगरी, गृहकार्य नगरी हतारमा कुनै पनि सम्झौता भारतसँग सरकारले यदी गर्छ भने त्यो मूर्खता हो ।
कुनै छिमेकी मुलुकसँग गरिने सम्झौताबाट नेपाली सार्वभौम अधिकार कुण्ठित हुनु हुँदैन । दुई देशबीच दूरगामी असर पर्ने सन्धि सम्झौताहरू संशयपूर्ण अवस्थामा गरिनु उपयुक्त हुन्न । मोदी भ्रमणका अवसरमा सरकारले ऊर्जा सम्झौता गर्ने, अन्य दलहरूले विरोध गर्ने परिपाटीले राष्ट्रलाई धोखा हुन्छ । आम सहमति बिना ऊर्जा संझौता हुनु हुँदैन । ऊर्जामा सहकार्य गर्न नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थपिनु पर्दछ । भारतीय पक्षबाट आएको ऊर्जा सम्झौता सम्बन्धी प्रस्ताव मन्त्री परिषद, संसदमा नलगि सरोकारवाला निकायहरूलाई सुचित नै नगरी, गुपचुप राखिनु ऊर्जामन्त्रीको बेइमानी हो । हालै सार्वजनिक भएको भारतले पठाएको ऊर्जा सम्झौताको मस्यौदा विवादमा परेको छ । सम्झौताका केही बुंदा विवादस्पद देखिएकाले व्यापक गृहकार्य र आम सहमति बिना गरिनु हुँदैन । आजसम्म भएका लगभग सबै सम्झौताबाट नेपाल ठगिंदै आएको छ । मुलुक र जनताको भविष्यसँग गाँसिएका द्विपक्षीय हितका सम्झौता गुपचुप गरिनु हुँदैन । भारतले पठाएको ऊर्जासम्बन्धी संझौताको मस्यौदाले नेपालमाथि प्रभुत्व जमाएर बढी फाइदा लिने संभावना देखिएको छ, यो दुईपक्षीय हितका पक्षमा नदेखिएकोले मस्यौदाको व्यापक छलफलका लागि समय चाहिने भएकोले मोदीको औपचारिक भ्रमणका बेला ऊर्जा सम्झौता नहुने देखिन्छ । नेपाल–भारतबीच थुप्रै असमझदारी र अविश्वास छन् । भारतले नेपालको शानित, स्थिरता र विकास चाहेकै छैन । मुखले एउटा कुरा गर्ने, व्यवहारमा अर्कोकुरा देखाउने विस्तारवादी छिमेकी दुष्टराष्ट्र भारतबाट नेपाललाई आजसम्म घाटा शिवाय पाइदा छैन । भारतले जति सहयोग नेपाललाई गरेको छ तर त्यसको जस नेपाली जनताले भारतलाई दिएका छैनन् । नेपाल–भारतबीच सौहार्दपूर्ण सम्बन्ध छैन । नेपाल–भारतबीच मैत्रीपूर्ण सम्बन्ध कायम गराउन मोदीले सक्छन् । नेपालको अस्थिरता भारतको गलत नीतिको कारणले भएकोले यसलाई हटाउन सक्दछन् । मोदीको भ्रमण पनि विवाद र असहमतिका कारण पशुपतिनाथको दर्शन शिवाय केही उपलब्धी नहुन सक्दछ । नेपालको स्थायित्त्व र विकासमा भन्दा यहाँको अस्थिरतामा भारतीय प्रशासन संयन्त्र र भारतीय राजदूतावास तथा भारतीय जासुशी संस्था रअ को संलग्नता अब सार्वजनिक बहस र नेपालमा अप्रसन्नताको विषय बनेको छ । नेपालले भारतको अहस्तक्षेपकारी नीति र सम्मानजनक व्यवहार गर्दै आएको छ । मोदी भ्रमणले त्यो अवसर प्रदान गर्यो भने नेपाल–भारत सम्बन्ध युगान्तकारी बन्न सक्दछ तर हामी नेपालीको आवश्यकता र चाहना पूरा गर्ने सद्वुद्धि भारतसँग छैन । आन्तरिक राजनीतिमा भारतीय संयन्त्र दुलेर संलग्न भएको अवस्थामा भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले यथास्थितिमा क्रमभंग गरी ऐतिहासिक उपलब्धी दिने करामा विश्वास गर्ने ठाउँ केही छैन । भारतले पठाएको ऊर्जा सम्झौताको मस्यौदामा जुन बहस र विवाद नेपालमा चलिरहेको छ यो निकै सह्रानीय छ । निक्र्यौल निस्कन सक्दछ । मोदी भारतका युगनायक प्रधानमन्त्री सावित हुने हो भने उनले नेपाल लगायतका छिमेकहरूलाई चिढाउने होइन रिझाउने काम गर्नै पर्छ । अस्तु । प्रकाशित मितिः२०७१ साउन १५ गते बिहीवार