कुनै पनि किसिमको दासता राम्रो कुरा हैन, यो सबैलाई थाहा भएकै कुरा हो त्यसैले दासताको गुण दोष केलाउन त्यति आवश्यक नपर्ला । विश्व इतिहासमा जनताको तहबाट जति पनि आन्दोलन विद्रोह वा क्रान्ति भए ती सबैका प्रमुख कारक मध्ये शासक वर्गले जनतामाथि गरेको दास जस्तो व्यवहार प्रतिको विद्रोह थियो । मालिकले मजदुर माथि गरेको दाससरहको व्यवहारको विरोधमा हामी पनि मान्छे हौ भनेर शुरु गरिएकको आन्दोलनले नै कम्यूनिष्ट दर्शनको गर्भाधान मात्र गरेन छोटो समयमा नै सफलताको शिखरमा पुग्यो, विश्वका कैयौं मुलुकहरुमा शासन सम्हाल्न पुग्यो । वर्तमानमा पनि यसको आकर्षणको तुती सर्वत्र बोलिन्छ । तर यी सबै आन्दोलन, क्रान्तिआदिले मानवलाई भौतिक दासताबाट मात्र मुक्त गर्यो, अन्य किसिमको दासता भने झन उग्र हुँदै गएको पाईन्छ ।यस्ता परिवर्तन पछि धेरै जसो उदाहरणमा त शुरुमा दासताको अन्त्य भएजस्तो लागे पनि पात्र बदलिएर दासताको निरन्तरता भएको पाईन्छ, पहिलेको भन्दा अझ उग्र । अपवाद बाहेक सबै क्रान्ति नायकहरुको व्यक्ति पुजा भएको छ । व्यक्तिपुजाले उन्मत्त भएर तानाशाहमा रुपान्तरण भई लादिएका दासता पहिलेको भन्दा ज्यादा भयानक र दुख:दायी हुन्छ । यस्तो नयाँ दासतामा मानसिक दासता पनि थपिएकाले लामो समय त आफु फेरी यसमा फसेको पत्तै हुँदैन । जव पत्तो हुन्छ त्यसवेलासम्म थिलथिलो भई सकेको हुन्छ । क्रान्ति वा परिवर्तन पछि आउने यस्ता नवमालिकहरुको मद्दतको निमित्त संक्रमणकालको ढाल हमेशा रहेको हुन्छ । पहिलेको अन्यायमा एक दुईको रुप वदलेरअरु थप्न धेरै सजिलो हुन्छ । यो यो त भयो नि अरु विस्तारै हुदै जान्छ भनेर तर्कहरु आउन थाल्छन । थप थोपरिएका वस्तुहरुलाई संक्रमणकाल, नयाँ प्रणाली स्थापनाको प्रशव पीडा भनेर आÇना हरेक कुरा युक्तिसंगत छन् भन्ने सावित गर्न थालिन्छ ।
यस्तै अवस्थामा मानसिक दासहरुको फौज पैदा हुन थाल्छ । यसबेला पैदा भएका मानसिक दास परंपरागत मानसिक दासहरु भन्दा ज्यादा भयानक र हानिकारक हुन्छन् । यस्ता मानसिक दास शुरुमा चिनिन कठिन हुन्छन् । यो कुरा सत्य हो कि मानसिक दासले आफू दासतामा पसेको पत्तो नै पाएको हुँदैन । ऊ आफै भने स्वतन्त्रताको प्रचुर उपभोग गरेको भ्रममा बाँचेको हुन्छ । समाजका तल्लो तहकाहरु मानसिक दास बन्न कठिन छ । उनिहरु केवल आफुले भोग्नु परेको कष्टको मात्राले परिवर्तनका सकारात्मक नकारात्मक प्रभाव महशुस गर्दछन् । मनमा भावना भए पनि गर्ने उत्कण्ठ चाहना भए पनि वर्तमानमा नेपाल छोडेर कामदार भएर विदेशी मुलुक जानेहरुको पीडाले यो कुरा चिच्याई चिच्याई भनि रहेको छ कि मुलुक कतिसम्म गरिव मैत्री छ । हो मुलुक बालमैत्री भयो होला, अपा· मैत्री भयो होला, महिला मैत्री वा यस्तै यस्तै दर्जनौ मैत्री भएको छ, यसमा कुनै शंका छैन, तर मुलुक सर्वसाधारण मैत्री रहेन । केहि थियो भने त्यो पनि समाप्त भयो ।
मानसिक दासताको सबै भन्दा सुक्ष्म लक्षण यही हो जव कसैले दर्जनौ मैत्री भएको मुलुकमा सर्वसाधारण मैत्री नभएको देख्दैन । यो उसमा पैदा हुँदै गरेको मानसिक दासताको सुक्ष्म र प्रारम्भिक लक्षण हो । भोकाएको पेटलाई अनिश्चित समयमा आउने आश गरिएको राम्रो परिस्थिति पर्खन आव्हान गर्छ, न्याय माग्नेलाई सत्ता प्रक्रियमा छ छुमन्तर गरेर हुँदैन भनेर धैर्य गर्नुपर्ने उपदेश गर्न थाछ । पौरखी, परिश्रमी हातहरु जसले आÇनो क्षमता मुलुकमा उपयोग गरेर मुलुकको सुनौलो भविष्य कोर्नुपर्ने थियो त्यो विदेशिएकोमा मुलुकको आर्थिक उन्नति देख्छ, त्यसवेला उसको मनमस्तिष्कमा दोश्रो चरणको मानसिक दासताका किटाणु हावी भए भन्ने बुझे हुन्छ । जनताको ख्वामित बन्न लालयिहरु यस्ता लक्षण शुरु भएकाहरुको संरक्षण गर्न शुरु गर्दछन् । के हुनसक्छ त्यो उपलव्ध गराएर त्यो दासतालाई उग्र बनाउने आधारभूमि तैयार गर्ने गर्दछन् ।
जव सम्पूर्ण रुपले कोही मानसिक दासताको रोगबाट आक्रान्त हुन्छ उसले हरेक कुरा कसले गरेको ख्वामितले कि ख्वामित विरोधिले भनेर मूल्यांकन गर्न थाल्छ । आÇनो मन बुद्धिले भनेको कुराको विपरित ख्वामितलेको के आज्ञा छ त्यो गर्न थाल्दछ । उसको निमित्त आÇनो मन, परिवार, धर्म यहाँतक की मुलुक पनि मालिकको आज्ञाको सामुन्ने तुच्छ लाग्न थाल्छ । आÇनो यो मानसिक दासतामा उ लज्जित हुँदैन बरु गर्व महशुस गर्दछ कि उ एक समर्पित व्यक्ति हो जसले आÇनो सबै कुरा मालिकलाई अर्पण गरेको छ । उसलाई आÇनो विषेशता, योग्यता, क्षमतामा भन्दा ज्यादा कसैको इमान्दार सिपाही भएकोमा हुन्छ । यो कुरा लुकाएर हैन बरु गर्वले प्रचार गर्नु आÇनो पुरुषार्थ ठान्छ ।
गुण र दोषको आधारमा समर्थन वा विरोध गर्ने कुरा मानव स्वतन्त्रताको उच्चतम रुप हो । किनभने जब मन कसैको दास हुदैन ऊ अन्य सबै किसिमको दासताको विरोधमा उठ्न सक्छ । जब कसैले मानसिक दासता स्विकार गरी सकेको हुन्छ उसमा दासतामुक्तिको चाहना नै पैदा हुँदैन । यहि परिस्थितिलाई तेश्रो विश्व भनिने मुलुकका राजनैतिक दलहरुले राम्रो संग बुझेका छन् । त्यसैले पार्टी अनुशासन, नेताको निर्देशन, दलको ह्विप (कोर्रा) जस्ता दण्डले मानसिक गुलामी संगको विद्रोह रोकिने गर्दछ । पद, प्रतिष्ठा , कमाइको नियुक्ति जस्ता पुरष्कारले आÇनो आत्मा र बुद्धिजाकटी राख्न प्रोत्साहन गरिन्छ । नेपालमा विगतमा लागु पञ्चायतको आत्मा नै यहि थियो गुण र दोषको आधारमा समर्थन र विरोध जसलाई २०३२ सालमा करिव करिव समाप्त पारियो, समाजिक कार्यक्रम गाँउफर्क राष्ट्रिय अभियानलाई चाकरी चाप्लुसी गर्नेहरुलाई भितर र अन्यलाई इतर बनाउने संरचनामा बदलिएर ।
प्ररकाशित मिति
Nepalese Rupee Exchange Rate