नेता हुन या अभिनेता प्रचार गर्न र पाउन तीनले जति कसैले जान्या हुँदैंनन् । आखिरमा दुबैको जनतासंग प्रत्यक्ष र अप्रत्यक्ष सम्बन्ध जनतासंग नै बढी हुने गर्दछ । त्यही भएर होला हाम्रो पर्सा क्षेत्र नम्बर १ का सभासदज्यूले पनि यो गुरुमन्त्र राम्रोसँग मनन गरेका छन् । त्यहीभएर उनी पाएको मौका को भरपूर सदुपयोग गर्दैछन् । अघिल्लो संविधानसभा चुनावमा करिमा बेगमको करिश्माका अगाडि गुल्टुगँबाजी खाएको हुनाले होला उनी यसपालि आफ्नो प्रचारमा कुनै कमी राख्न चाहँंदैनन् ।
एक साताअघि बिपी स्मृति दिवसको अवसरमा हाम्रा चाम्रा परमपूजनीय सभासदले वीरगञ्जको एकमात्र घिटिघिटि भएरपनि बाँचीरहेको सरकारी अस्पताल नारायणीमा गएर त्यहाँका बिरामीलाई फलफूल बाँटेछन् । अब उनले कतिवटा र के के फलफूल बाँटे भन्ने कुरा नसोधेकै राम्रो किनकि यसबाट ती सभासदको भन्दा फलफूलको नै बेईज्जती होला भन्ने डर छ । सभासदज्यू आफ्ना कार्यकर्ताको लावालश्कर लिएर त्यहाँ पुगेर बडो तामझामकासाथ अस्पतालका कुनै एउटा बिरामीलाई सिंगो केरा अनि अर्को बिरामीलाई सिगँै स्याउ बाँटेछन् ।
अब त्यो स्याउ र केरा कुहिएको थियो कि सद्धे ? ती बाँट्ने सभासदले जानुन् वा ती खाने बिरमीले । हुन त हाम्रा परम दयालु सभासदले आधा आधा काटेर स्याउ र केरा बाँटन चाहेका थिए तर काटेपछि गन्हाउनुका साथै झिगाँपनि भन्किने भएकोले बिचरा सभासदले मन मारेर सिगँै बाँटेकाथिए । हाम्रो प्यारो शहर वीरगंजका उम्दा पत्रकारलेपनि सभासदले बिरामीलाई फलफूल बाँटेको यो महान दृश्य लाई आफ्नो क्यामराले खिचिक्क पार्न भ्याएछन् । भोलीपल्ट बिहानको अखबारमा ठूलठूला अक्षरमा ती सभासदको स्तुति गान गर्दै फोटोसहितको समाचारपनि छापेछन् ।
यो संसारमा जेपनि सही गलत गर्न मन लाग्छ भने त्यसकोलागि प्रचार गर्नु परम आवश्यक छ । प्रचार भएपछि पो त ती सभासदको यशगान पर, परसम्म पुग्नेछ र उनी सभासदबाट उक्लिएर मन्त्री बन्नेछन् । अब सबैले आफ्नो दुनो सोझ्याउने हुन् । ती सभासदको यी बुद्धि त पक्कै थियो होला कि ती अस्पतालका गरिब बिरामीहरुलाई फलफूल भन्दा औषधीको आवश्यक्ता बढी छ । ती तीनसय बिरामीको औषधोपचारमा आर्थिक सहयोग गर्या भए त्यो प्रचार गर्या पनि सुहाउंथ्यो । त्यो एउटा एउटा स्याउ र केरा बाँटेर न बिरामीको रोग निको होस् न त पेट नै भरोस् ।
अस्पतालमा बिरामीलाई स्याउ र केरा बाँटेपछि हाम्रा माननीय सभासद बाल कल्याण गृहपनि गएछन् । त्यहाँका बालबालिकालाई पनि उनले स्याउ र केरा नै बाँटेछन् । वीरगंजको माईस्थान र मीनाबजार आँपले भरिभराउ भएकोबेला बेमौसमी फल स्याउ बाँट्ने हाम्रा बुद्धिमान सभासदको बुद्धिको जति प्रशँसा गरेपनि कम हुन्छ । फलफूल मात्रै बाँट्दा त वीरगञ्जका पत्रपत्रिकाले त्यत्रो जयजयकार गरे भने ती बिरामीलाई लुगाफाटो बाँटेको खण्डमा बिबिसी मै समाचार बनाएर घन्काईन्थ्यो होला । मीडियाले समाचार लेख्छ कि चापलुसी गर्छ अब भेउ पाउन गार्हो भईसकेको छ ।
ती सभासदलाई राम्रोसंग थाहा छ अस्पतालका बिरामी बिरामी मात्र हैनन् अमूल्य मतदाता हुन् । जसको भोट पाएर उनले पछिल्लो संविधानसभामा जितेका थिए । त्यस्तै यो नेपाल नामको देश सद्धे रहे भनि ती बिरामीले भविष्यमा हुने चुनावमा पनि उनलाई भोट दिएर बिजयको माला पहिर्याउने छन् । एउटा स्याउ र केराको बदलामा एउटा भोट पाईन्छ भने यसलाई नाफाको सौदा मान्नुपर्दछ । आखिरमा ती सभासदपनि ब्यापारिक पृष्ठभूमिका नै हुन् । सबैले आ–आफ्नो फाईदा सोचेको बेला ती मननीय सभासदलेपनि मौकामा चौका हान्दै बिरामीलाई फलफूल बाँटेर फाईदा लिन खोजे त के गल्ति गरे ? तर जसको नाममा र जुन अवसर छोपेर फलफूल बाँटियो ती बिपी बाजे माथि स्वर्गबाट आफ्नो पार्टी र तीनका नेताको चर्तिकला हेरेर दुखी भए कि खुशी ? प्रकाशित मितिः२०७१ साउन १५ गते बिहीवार