छिमेकी भारतमा त्याहाँको सरकारबाट छिमेकी राष्ट्रहरुको कुनै सहयोगदेखि सन्धि सर्पन गर्नु परेको खण्डमा शुरुमा विदेश मन्त्री गएर धारणा बुझ्ने देखि प्रधान मन्त्रीको भ्रमणको आवश्यक चाँजोपाँजो मिलाउने समेत चलन छ ।
सोहि सिलसिलामा विदेशमन्त्री सुष्मा स्वराजको भर्खरै नेपाल भ्रमण सम्पन्न भयो । उक्त भ्रमणमा पहिलेको भन्दा यसपाली अलि फरक देखियो । बिगतमा भारतको मन्त्रीको त के कुरा कुनै उच्च स्तरको सरकारी कर्मचारी देखि पदमै नभएको व्यक्ति समेत नेपाल भ्रमणमा आउँदा नेपालको सरकार प्रमुख देखि अन्यमन्त्रीहरु सम्म जन्ती लागेर छिमेकी पाहुना भेट्न होटेलमा जाने चलन थियो ।
तर यो पाला यस्तो देखिएन । पूर्ण नियमको परिधि भित्र रहेर एकमुस्ट बैठक राखेर भेटने चलन बसालियो । यो सुखद पक्ष हो र संधै यस्तै हुनु पर्दछ । बिगतको भ्रमणहरुमा छुट्टाछुट्टै भेटघाट हुँदा भित्र के खिचडी पाक्यो वा पकाईयो त्यो सम्बन्धित बाहेक अन्य तेश्रो पक्षहरुलाई थाहा पत्तो सम्म हुन्थेन ।
भारतीय विदेशमन्त्रीसँग भेटघाटको सिलसिलामा सत्ताधारी काँग्रेसका मन्त्री तथा वरिष्ठ नेताले रा.प्र.पा नेपाललाई हिन्दु धर्मको नाम बेचेर चौथो पार्टी बनेको भन्न सम्म भ्याए । विदेशी पाहुनाको अगाडी त्यस्तो भन्न हुन्थ्यो वा हुन्थेन ती विद्वान नेतालाई पक्कै पनि थाहा हुनु पर्ने हो । सत्ताको मदमा चुर भएको परिणामको नतिजा भोलि के हुन्छ भन्ने कुरा ती बुद्धिहीन नेतालाई के थाहा ?
त्यस्तै नेपालको हिजोको चौथो शक्तिशाली पार्टी मधेशवादी दलको नेताहरुको भनाई चैँ गज्जबको देखियो । हामी मधेशीहरूलाई दोश्रो दर्जाको नागरिक सम्झिन्छन् भनेर विदेशी पाहुनाको अगाडी भन्दा स्वयम् विदेशी पाहुनाले नै राष्ट्र प्रमुख देखि उप प्रमुख अनि मन्त्री देखि सरकारी उच्च पद र हिजो अनि सत्तामा हुँदा सरकारको महत्वपूर्ण मन्त्रालयहरुमा मधेसी थिए कि थिएनन् ? थियो भने कसरी दोश्रो दर्जाको नागरिक भए भनेर प्रश्न गर्नु यो जस्तो ठुलो लज्जाको विषय अरु के हुन सक्छ ?
मधेशीहरूलाई नेपालको दोश्रो दर्जाको नागरिक सरहको व्यवस्था गरिएको भए सम्माननीय रास्ट्रपति, उप–राष्ट्रपति देखि हाल मन्त्री रहेका एमालेका लालबाबु पण्डितहरु कसरि त्यो पदमा पुग्न सफल भए ? राजनीतिक निकास ननिस्केर अन्तरिम सरकारमा समेत मधेशी मूलका पूर्व कर्मचारीहरु के मन्त्री नभएका हुन् र ?
उच्च हिमाली क्षेत्र देखि मधेशको भू–भाग सम्ममा मधेशी मुलका ब्यक्तिहरु विभिन्न सरकारी देखि गैर सरकारी पदमा कार्यरत छैनन् भनेर मदेसी नेताहरुले भन्न सक्छन ?
नेपालमा आज सम्मजति पनि संबिधान देखि कानूनको निर्माण भयो त्यसमा राणाकालिन भाई भारदारमा श्रेणी विभाजन गरेको जस्तरी ब्, द्य, ऋ भनेर नेपालको नागरिकको श्रेणी बिभाजन गरेको छ ?
जातीय छुवाछुत देखि कुरीति सम्मलाई अनि कमैया कमारी देखि दास प्रथा सम्मको उन्मुलन त राणा शाही देखि निरंकुश भनिने पंचायतको पाला सम्ममा कानून नै बनाएर पूर्ण निषेध गरेको पनि थाहा हुनु पर्ने हैन र ? यदि हो भने विदेशी पाहुनाको अगाडी यसरी याचिका गर्नु स्वाभिमानी नेपालीको हैसियतले दिन्छ ?
नेपालमा स्थापना गरिएको कथित गणतन्त्र शासनले नै समाजमा विभेद बढाएको छ भन्नुमा कुनै अत्युक्ति नहोला । उच्च हिमाली देखि पहाडी भू–भागमा भन्दा मधेशमा अझै पनि जातीय देखि अन्धबिस्वास हुँदै कुरीतिसम्म हटाउन सकेको छैन । छैन भन्दा पनि हटाउन दिंदैनन् र त्यसो गर्नेमा यिनै नेता देखि तिनका कार्यकर्ताहरु बढी जिम्मेवार छन् । जनता शिक्षित भए भने हाम्रो टाउकोमा “गिर” (भकुण्डो) खेल्छन् भन्ने घटिया सोचाई पालेका छन् । जो जो नेताले विदेशी पाहुनाको अगाडी यस्तो अशोभनिय कुरा उठाए वास्तवमा ति सक्कली नेपाली नै हैनन् किनभने सक्कली नेपाली चाहे हिमाली भेगका हुन् या पहाडी अथवा भित्रि मधेशका हुन् या मधेशका तिनले कहिले पनि यस्ता बकम्फुसे कुरा गर्न सक्दैनन् ।
भारतबाट बसाइ सरेर तिन पुस्तामा पनि पुग्न सफल नभएकोहरुबाट अहिले केहि मधेसीहरु नेता बनेर जातिय र साम्प्रदायिक राजनीति गरेको पनि नेपाली जनहरुलाई प्रष्टै थाहा छ । हाक्काहाकी भन्छन “हामि भारतीय हौं र हामी भारतीय भएपछि हामीलाई भारतले पूर्ण समर्थन र सहयोग गर्नु पर्छ” । यसरी खुलेआम भन्नेमा सद्भावना पार्टीका राजेन्द्र महतो देखि तमलोपाका महन्थ ठाकुरसम्म पर्छन् जो हिजो पटक पटक मन्त्री समेत बन्न सफल भएका थिए ।
मधेशी नेताको मात्र के कुरा गराई भो पहाडे मुलका पनि छन छद्मभेसी नेताहरु । सत्तामा पुग्दा लाज–शरम नमानी ढाकाको टोपी ढल्काउदै दौरा सुरुवालमा बेउला जसरी सजिन्छन् तर देश हित भन्दा पनि राष्ट्रघातको काम कारबाही गरेर सात पुस्तालाई पुग्ने गरि धन थुपार्न तल्लिन छन् भने कोहि सिद्धान्त कम्युनिष्टको मान्ने तर सक्कली चरित्र चैँ समाजवाद देखाउदै विदेशीको पाउ मोल्न समेत खप्पिस छन् ।
यी सबैको जन्म नेपालमा भएता पनि राजनीतिक शिक्षा दीक्षा देखि गुरुमन्त्रसम्म बनारस देखि कलकत्ता हुँदै दिल्लीसम्ममा भएकोले देश हित भन्दा पनि पराई हित सोच्नु कुन चैँ नयाँ नौलो भयो र ? गल्ती त हामी नेपाली जनताकै हो । साँप भनेर जानाजानी दूध खुवाउँदै पालेका छौं र तिनको डसाई बाट आक्रान्त पनि छौ तर पनि ऋण धन गरेर चैँ साँपलाई दूध खुवाएर पाल्न छाडेका छैनौ भने कति महान छौ हामी नेपाली हैन र ?
(हेटौडा निवासी डंगोल वैदेशिक रोजगारीको शिलशिलामा मलेशियामा छन् ।)
प्रकाशित मितिः२०७१ साउन १५ गते बिहीवार
Nepalese Rupee Exchange Rate