रक्ति प्रशस्ती–जनकमान डंगोल

भूतपुर्व घामपार्टीको जुझारु युवा नेता कम्रेड आंगकाजी शेर्पाले घाम पार्टीलाई तिलान्जली दिनुभो । त्यसरी तिलान्जली दिनेमा वाहाँ मात्र नभर कुनै समयमा घाम पार्टीको २ नम्बर नेता बन्न सफल कम्रेड अशोक राई देखि कान्तिपुरे साउबाहरु सम्म थिए ।
त्यत्तिकै चैँ पक्कै पनि किन घाम पार्टीलाई गनेश थापाले भकुण्डोमा किक हान्याझैँ हान्थे र निम त एउटा चाहियो । बाहुन क्षेत्री बाहेक अरु जाति चैँ अब आदिबासी जनजाति बन्नु पर्छ भन्ने घर सर सल्लाह गरेर सुपरहिट आरोप तय गरियो । हाम्रो घाम पार्टीमा उग्र बाहुनबाद भएको कारणले गर्दा आजाट हामिले घाम पार्टीलाई बाइबाइ गरेमा छम भुल चुक लिने दिने ।
काँग्रेस जन्माउने जन्मदाता मध्येको एक जना कान्तिपुरे साउबा स्व. गणेशमान पनि हुन् । हात खुट्टा चलुन्जेल र गालामा रक्ति हुञ्जेल सय थरि पद्वीले विभूषित गर्ने पनि अहिलेकै क देखि ज्ञ सम्मका नेता देखि कलमेहरु सम्म हुन् । चित्तुंनको कुर्चि काण्ड घटार लौह पुरुष फलामेम्यानलाई कहिले उठ्न नसक्ने गरि थला के पार्देका थिए बुढाले थर्काई हाले आÇनै लवजमा “मने हाम्रो कौरेस पार्टीमा वाहुनवाद हाबी भो” ।
स्व.फलामेम्याँनकै त्यहि भाका टप्प टिपेर “बाहुनबाद” को घनघोर आरोप लाम्दै घाम पार्टीबाट जोरी खोजेर त निस्के तर लाटा सिधा र सोझा जनतालाई के को ललिपप देखाउने । ललिपप भनेको गुल्यो जिनिस हो । बिना गुल्यो नचटाई जनताले किन जिन्दाबाद र मुर्दाबाद भन्थे । संसारको छानो भन्छन् माउण्ट एभरेष्ट भन्ने सगरमाथालाई । त्यै सगरमाथाको फेदमा जन्म्या हुन भू.पु घामे नेता आंगकाजि शेर्पा । सगरमाथाको सप्पै युवा देखि युवतीको काम भनेको सगरमाथा चढेर नाम देखि दाम कमाउने हो ।
सगरमाथा चढ्ने देखि चढाम्न खप्पिस मुन्छी तर नामको अगाडी सामन्ती भाका “काजि” त्यस पछी लोक लाई देखाम्न “किसान” अनि पुर्खाले न्वारान गर्देको आंग भन्ने नाउँलाई तिलान्जली दिंदै थरको पुछरो शेर्पा अर्थात “काजि किसान शेर्पा” लेख्न मन पराम्ने विद्वान नेताको दिमाखा सानदार आइडिया फुर्यो त्यो हो “क्षेत्री बाहुन काटिन्छ, आलो रगत चाटिन्छ” । २०४६ साल पछी अलिअलि बोल्न छुट भाको भोलेनाथको देशमा ०६३ पछी त जे बोलेनि जे गरेनी छुट भएसी काट्ने र चाटने शब्द कुना चैँ ठुलो भो र ? १२ बर्ष सम्म काटेकै थिए र त्यो काटेको रक्तिलाई पशुहरुले चाटेकै पनि हुन् ।
यस्तो सुपरहिट माहाबाणी “क्षेत्री बाहुन काटिन्छ, आलो रगत चाटिन्छ” स्वदेसमा सुपरÇलप भएर क्यार्ने अमेरिका देखि युरोपमा सुपर हिट देखि मेघा हिट सम्म भकै हो । यहि “क्षेत्री बाहुन काटिन्छ, आलो रगत चाटिन्छ“ माहाबाणीले गर्दा काजि किसान शेर्पालाई विदेश सयर पनि भ्याई नभ्याई भकै हो । नाम देखि दाम सम्म दिने बडो गज्जबको माहाबाणी रैछ “क्षेत्री बाहुन काटिन्छ, आलो रगत चाटिन्छ“ भन्ने युक्ति ।
त्यै नारालाई सार्थकता दिनलाई हो कि राच्च्नितीयाँ सत्तुर मित्तुर हुन्न केहि हुन्न भनेर हो अस्ति किसान नाउँको शेर्पा नेता क्षेत्री नेताहरुको बाहुल्य भाको सामन्ती पार्टी गाईको नेता संग हात मिलाम्न गारैच्चन । नेपाला त्यै मात्र यौटा पार्टी हो जुन पार्टीमा बाहुनबाद छैन भन्छन् । कतै त्यो हात मिलाको जस्तो गरेर रक्ति परिक्षण गर्न गाका त हैनन ? नाराको अगाडी नै क्षेत्री छ । होस गर्नुस् है गाई पार्टीको ठुला नेता ।
प्रकाशित मितिः२०७१ साउन १५ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment