ईन्टेरियर डिजाइनबाट वीरगंजको मुहार फेर्दै सुशोभित

सुशोभित रंजितकार
उमेश साह कानु/
वीरगंज/वीरगंजमा होटल छन्, स्कूल छन्, कलेज छन्, बैंक छन्, अनेकौं पसल र व्यापारिक प्रतिष्ठान तथा कार्यालयहरू छन् । सामान्य आयदेखि राम्रो आम्दानी हुने व्यवसायीहरूको कार्यालय र व्यापारीक स्थल छन् । तर सानादेखि ठूलासम्म सबैका कार्यालय, व्यापारिक प्रतिस्ठान होटेल इत्यादीहरू लगभग एकैनासका छन् । एकदम सामान्य तरिकाले बनाइएका ती कार्यालय, कलेज, व्यापारिक प्रतिष्ठानमा आधुनिकताको कुनै अंश देखिंदैन । उद्योगी नगरी भनेर सुन्ने गरेका वीरगंज बाहिरका आन्तरिक र बाह्य पर्यटक वीरगंज आउँदा वीरगंजको अवस्था हेरेर नाक मुख खुम्च्याउने विद्यमान अवस्थाबाट मुक्त गराउन वीरगंजमै जन्मेका एक युवाले इन्टेरियर डिजाइनमार्फत वीरगंजको मुहार फेर्न लागिपरेका छन् ।
वीरगंज वडा नं. ११ मा घर भएका सुशोभित रंजितकार नाम गरेका यी युवाले इन्टेरियर डिजाइनमार्फत वीरगंजलाई पनि आधुनिकीकरणयुक्त शहरको रुपमा सुशोभित गर्न उनी लागिपरेका हुन् ।
काठमाण्डौको ८० प्रतिशत बजार ओगटेको इन्टेरियर डिजाइनले तराई क्षेत्र खासगरी वीरगंज जस्तो व्यापारीक नगरीमा खासै स्थान नपाएको देखेर सुशोभित रंजितकारले आÇनो गृहनगरलाई नै कार्यक्षेत्र बनाएर वीरगंजको मुहार राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमै नमुना र उदाहरणीय शहरको रुपमा स्थापित गराउन अग्रसर भएका हुन् ।
वीरगंज क्षेत्रमा रहेका बैंक, पसल, रेस्टुराँ, होटलहरू इत्यादीको व्यवसायिकता प्रवद्र्धनकालागि इन्टेरियर डिजाइन अर्थात् आन्तरिक सजावटमार्फत टेवा पुर्‍याइरहेका छन् ।
आफू वीरगंजकै पहिलो इन्टेरियर डिजाइनर रहेको दाबी गर्ने रंजितकारले काठमाण्डौको आई.ई.सी. कलेज अफ आर्ट एण्ड फैशन (क्ष्भ्ऋ ऋयििभनभ या ब्चत बलम ाबकजष्यल)बाट वर्ष २०११ मा बि.एस.सी. इन्टेरियर डिजाइनको अध्ययन सम्पन्न गरेका हुन् ।
उनले सन २०१२ मा वीरगंजको आदर्शनगरमा रहेको ‘द माईसाइन कैफे’ बाट आफूलाई प्रतिभावान डिजाइनरको रुपमा प्रस्तुत गर्न सफल भएका हुन् । रंजितकारद्वारा डिजाइन गरिएको ‘द माइसाइन कैफे’को डिजाइन ठूला होटलभन्दा पनि उत्कृष्ट प्रदर्शन भएको बताइन्छ ।
अध्ययनकै शिलशिलामा काठमाण्डौ देखि वीरगंजसम्म झण्डै दुई दर्जनजति इन्टेरियर अर्थात आन्तरिक डिजाइनका कामहरू गरिसकेका छन् । वीरगंजको द साइन कैफेका अलावा काठमाण्डौको अनलिमिटेड माइक्रोशप, मान्य एब्रोड कन्सल्टेन्सी, आइइसी स्कूल अफ आर्ट एण्ड फैशन भक्तपुर, आइइसी स्कूल अफ आर्ट एण्ड फैशन बागबजार, युरो किड्स, टिबडेवाल एण्ड सन्स कार्यालय लगायत बहुचर्चित डिजाइनमा पर्छन् ।
रंजितकारले हालै वीरगंज शहरमा गरिरहेका प्रोजेक्ट मध्ये आदर्शनगर टाउनहलनजिक बाल मन्दिर रहेको छ । बालमन्दिर प्रोजेक्ट उनले गरेका प्रोजेक्टहरू मध्येका हालसम्मकै ठूलो प्रोजेक्टहरू मध्येको एक हो ।
वीरगंजमै स्थानीय लगनशील मिहिनेती, एवं उत्कृष्ट इन्टेरियर डिजाइनरको रुपमा आÇनो पहिचाहन बनाउन सफलताको बाटोतर्फ अग्रसर रंजितकारसँग आ–आÇना होटेल, व्यपारिक प्रतिष्ठान, कार्यालय, स्कूल, कलेज, कार्यालय, पसल इत्यादीको डिजाइन गरेर आधुनिकताको प्रदर्शन गरी व्यापार व्यवसाय फस्टाउन सकिने स्थानीय एक व्यवसायीले बताए ।
सुशोभितले झैं सबै युवाहरू आफू बसेकै ठाउँ र समाजकोलागि आफूभित्र रहेको प्रतिभाको सदुपयोग गर्ने हो भने पक्कै पनि सामाजिक परिवर्तनले सार्थक रुप लिनेछ ।
प्रकाशित मितिः२०७१ साउन १५ गते....

SHARE THIS

Author:

Facebook Comment