जबरजस्ती करणी गर्ने एक पक्राउ

क्राइमचेक प्रतिनिधि/
वीरगंज/ एक नाबालिकालाई ललाई फकाई जबरजस्ती करणी गरी फरार रहेको अभियोगमा एक युवकलाई पर्सा प्रहरीले पक्राउ गरी नियन्त्रणमा राखेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार पर्साको लिपनीविर्ता गाविस वडा नं. ३ बस्ने ३२ वर्षीय सन्दिप महतोलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले समातेको हो ।
महतोले साउन १२ गते रात्री करिब ९ बजेको समयमा एक १३ वर्षीय बा
लिकालाई प्रलोभनमा पारी ललाई फकाई जबरजस्ती करणी गरी फरार रहेका थिए ।
पक्राउ परेका महतोमाथि करणी मुद्दामा जिल्ला अदालत पर्साबाट पाँच दिनकालागि म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको विशेष प्रहरी टोलीले बारा कोतवाली ७ बाट एकजनालाई अवैध भारतीय नोट सहित पक्राउ गरेको छ ।
प्रहरीले हरिहरपुर (५ निवासी फरमुल्लाह अन्सारी लाई १ हजार दरको ३ लाख ८६ हजार नगद भारतीय रुपैया सहित पक्राउ गरेको वाराका प्रहरी निरीक्षक रामनाथ घिमिरेले बताउनु भयो । निजलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ ।
प्रकाशित मितिः२०७१ साउन १५ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment