१६ लाख मूल्यको अखाद्य तेल जलाएर नष्ट

क्राइमचेक प्रतिनिधि/
वीरगंज/बाराको नितनपुरमा रहेको श्रीकृष्ण आयल रिफाईनरी ईन्डस्ट्रिज प्रा.लि.बाट ठूलो परिणाममा बरामद गरिएको अखाद्य तेल तथा घ्यु बुधबार जिल्ला प्रशासन कार्यालय बाराले जलाएर नष्ट गरेकोछ ।
स्थानिय प्रहरी प्रशासन, संचारकर्मी, उद्योग वाणिज्य संघ कलैयाका प्रतिनिधिहरुको रोहवरमा तोरी गोल्ड तेल ५४ कार्टुन, सनफ्लावर २०५ कार्टुन, सोयालाईट ८१२ कार्टुन र डायमण्ड घ्यु १५८ कार्टुन गरी १
२२९ कार्टुन तेल तथा घ्यु बाराको दुधौरा खोलामा लगेर  जलाएर नष्ट गरिएको वाराका प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले बताउनु भयो ।
झण्डै १६ लाख मुल्य बराबरको अखाद्य घ्यु तथा तेल गत साउन १२ गते जिल्ला प्रशासन कार्यालय बारा, क्षेत्रिय खाद्य अनुसन्धान विभाग हेटौडा, जिल्ला प्रहरी कार्यालय बाराको संयुक्त टोलीले बरामद गरिएको थियो ।
प्रकाशित मितिः२००७१ साउन १५ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment