पर्साबाट एक वर्षमा १२ हजार नौ सय जना विदेशीए

क्राइमचेक प्रतिनिधि/
वीरगंज/रोजगारी र अध्ययनको सिलसिलामा विदेश जानेको सङ्ख्या बढेपछि पर्सामा एकै बर्षमा १२ हजार ९ सय ५३ जनाले राहदानी बनाएका छन् ।
आर्थिक वर्ष २०६९/०७० मा कुल ७ हजार ७ सय  १७ जनाले राहदानीको सिफारिस लगेकामा आव २०७०/०७१ मा ६८ प्रतिशतले बृद्धि भई १२ हजार ९ सय ५३ जनाले राहदानी सिफारिस लगेको जिल्ला प्रशासन कार्यालय पर्साका लेखा अधिकृत दिपक राज श्रेष्ठ जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७०/०७१ मा ६ हजार ८ सय ९१ जनाले सामान्य र ६ हजार ६२ जनाले द्रुत सेवामा राहदानीको सिफारिस भएको लेखाअधिकृत श्रेष्ठले बताउनु भयो । वीरगंजबाटै राहदानी बनाउनेबाट जिल्ला प्रशासन कार्यालयले ३ करोड ४४ लाख ५५ हजार राजस्व समेत असुली गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
राहदानी बनाउन आउने अधिकांश युवापुस्ता अध्ययन र रोजगारीका लागि विदेश जाने उद्देश्यले राहदानी बनाउने गरेको पाइएको पर्साका का.मु. प्रमुख जिल्ला अधिकारी योगराज पाण्डेले बताउनुभयो ।
“केही वर्षअगाडि सम्म पर्सामा रोजगारीको लागि मात्रै राहदानी बनाउनेहरु रहेको भए पनि अहिले अध्ययन र भम्रणका लागिसमेत राहदानी बनाउनेहरुको संख्या बढेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
अहिले जिल्ला प्रशासन कार्यालय पर्साले फर्म बुझाएको ३५ दिनभित्र राहदानी उपलब्ध गराउने गरेको छ भने कतिपयले द्रुत सेवामा सिफारिस लगेर एक साताभित्रै राहदानी बनाउने गरेको समेत लेखाअधिकृत दिपकराज श्रेष्ठले बताउनु भयो ।
पर्सा जिल्लाबाट एक बर्षमै १२ हजार ९ सय ५३ जना ले राहदानी बनाएर रोजगारी तथा अध्ययनका लागि विदेशीयका र गत बर्षको तुलनामा एक बर्षमै ५ हजार २ सय ३६ जना बढी युवा युवतीहरु विदेशीने क्रम बढेको तथ्यांकले देखाएको छ । जसले गर्दा केहि बर्षमै पर्सा जिल्लामा युवा युवतीहरुको उपस्थिति अत्यन्त न्युन देखिने चिन्ता बढेको बुद्धिजीवीहरु बताउछन् ।
प्रकाशिति मितिः२०७१ साउन १५ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment