क्राइमचेक प्रतिनिधि/
वीरगंज/वीरगंज उपमहानगरपालिकाको वडा नम्बर १९ स्थित नगवा पोखरीको पूर्व पट्टी विश्वकर्मा बाबाको मन्दिर मातहतमा रहेको जग्गा भूमाफियाहरुले हडप्न खोजेका छन् ।
नगवामा स्वास्थ्य चौकी बनाउने बहानामा जग्गा हडप्न खोजेको स्थानीयवासिन्दाले आरोप लगाएका छन् । नगवावासीले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी भूमाफियाहरुले मन्दिरको जग्गामा स्वास्थ्य चौकी बनाउने भन्दै जग्गा हड्प्ने षडयन्त्र गरेको आरोप लगाएका छन् । उपमहानगरपालिका र जिल्ला जनस्वास्थ्य कार्यालयसँग स्वीकृति लिएर स्वास्थ्य चौकी निर्माण गर्ने भनिए पनि मापदण्ड विपरित भएको स्थानीयको भनाई रहेको छ । पत्रकार सम्मेलनमा जारी प्रेस विज्ञप्तिमा मापदण्ड नपुगेको स्थानमा स्वास्थ्य चौकी निर्माणका लागि स्वीकृति दिनु गलत भएको कुरा उल्लेख गरिएको छ ।
नगवाका स्थानीय विनोद चौरसिया, राधा ठाकुर लोहार लगायत करिब ४८ जनाद्वारा हस्ताक्षरित विज्ञप्तिमा ५६ लाख रुपैया अनुदान लिएर बनाउन लागिएको स्वास्थ्य चौकी मापदण्ड विपरित भएको जनाइएको छ । साथै विज्ञप्तिमा स्वास्थ्य ऐन अन्तर्गत स्वास्थ्य चौकी निर्माण गर्दा तराईमा तिन कठ्ठा जग्गा हुनु पर्नेमा मात्र सात धुरमा स्वास्थ्य चौकी निर्माण गर्न लागिएको समेत जनाइएको छ । पत्रकार सम्मेलनमा स्थानीय रामाधार प्रसाद चौरसिया, श्यामबाबु चौरसिया, रामबाबु गिरी लगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मितिः२०७१ साउन १५ गते बिहीवार

Nepalese Rupee Exchange Rate