वीरगंज/पर्सा तथा बारा जिल्लामा अवस्थित विभिन्न निर्यातजन्य उद्योगहरुले व्यापार घाटालाई कम गर्न ठूलो योगदान गरेका छन् । अन्तहिन विद्युत लोडसेडिङ, चर्को श्रम समस्याका वाबजुद आर्थिक वर्ष २०६९–७० को तुलनामा आ.व. २०७०–७१ मा पर्सा/बाराका उद्योगहरुको भारत निकासी रकममा करिब ६ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ भने तेश्रो मुलुक निर्यात आ.व. ०६९–७० को तुलनामा आ.व. ०७०–०७१ मा १६० प्रतिशतले वृद्धि भएको वीरगंज उद्योग वाणिज्य सङघका कार्यवाहक अध्यक्ष प्रदिप केडियाले बताए । उद्योग, श्रम र वाणिज्य नीतिलाई समय सापेक्ष परिमार्जन तथा नियमित विद्युत्त आपूर्तिको व्यवस्था र निर्यातका क्रममा भारतमा समय समयमा देखिएका प्रान्तस्तरीय समस्याहरुलाई नेपाल सरकारले सहजीकरण गर्न सक्यो भने निर्यातमा क्रमश: बृद्धि हुँदै जाने विश्वास वीउवासङघका कार्यवाहक अध्यक्ष प्रदिप केडियाको रहेको छ ।प्रकाशित मितिः२०७१ साउन १५ गते बिहीवार
Nepalese Rupee Exchange Rate