विद्यालय भित्र मोबाइल निषेध

रमेश तिमलसिना/
रौतहट/जिल्लाको एक सामुदायिक विद्यालयमा मोबाइल प्रयोगमा रोक लगाइएको छ ।
चन्द्रपुर नगरपालिकाको वडा नं ९ साबिक पौराइ गाबिस स्थित बागमति उच्च माबि गोपालकुटीको विद्यालय व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो । विद्यालयमा गुणस्तर शिक्षा दिने तथा विद्यालय सुधारको निमित्त पठनपाठनमा ध्यान केन्द्रित गर्ने उद्देश्यले शिक्षक अभिभावक संघ, अनुशासन समिति, व्यवस्थापन समितिका पदाधिकारीहरुको संयुक्त बैठक बसी अब कक्षा शुरु भएदेखि सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई मोबाइल प्रतिबन्ध लगायत बिभिन्न अनुशासन सम्बन्धी निर्णय गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर पुलामीले बताए ।
सो बैठकले विद्यार्थीहरुले विद्यालयले तोके बमोजिमको ड्रेस लगाउनु पर्ने, केटाहरुले कपाल पालेर, टप लगाएर बिद्यालय आउन नपाइने जस्ता निर्णय गरेको  अध्यक्ष पुलामीले बताए ।
त्यसै गरी सो बिद्यालयका शिक्षकहरुले पनि शिक्षण अवधि भरी मोबाइल साइलेन्टमा राख्नु पर्ने विद्यालयमा उजुरी पेटिका राखिने, सुचना बोर्ड राखिने, विद्यालयमा अनुशासित ढंगबाट शिक्षण गर्ने शिक्षक र अनुशासित विद्यार्थीलाई सम्मानको ब्यबस्था गरिने समेत निर्णय भएको अध्यक्ष पुलामीले बताए । समितिका अध्यक्ष पुलामी कै अध्यक्षतामा सम्पन्न बैठकमा नेपाली कांग्रेसका मान बहादुर गोले, नेकपा एमालेका यम बहादुर गोले, एमाओवादीका बिर बहादुर रखाल, माओवादीका गणेश राउत राप्रपा नेपालका होम बहादुर गौतम, तमलोपाका गणेश अधिकारी लगायतका स्थानिय बुद्धिजीबी, भद्र भलादमी तथा सरोकारवालाहरुको सहभागिता रहेको सो विद्यालयका प्रधानाध्यापक गोबिकृष्ण खतिवडाले बताए । समितिले गरेको निर्णय तत्काल देखी नै लागु हुने बिद्यालय ब्यबस्थापनको अनुशासन तथा अनुगमन समितिका संयोजक टक बहादुर चौरेलले बताए । प्रकाशित मितिः२०७१ साउन १५ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment