बीरगंज/
एमाओवादीको पर्सा जिल्लामा तीन जिल्ला कमिटि गठन भएको छ ।
एमाओवादीको विभिन्न जिल्लाहरुमा समानान्तर कमिटिहरु गठन भई रहेको समाचारहरु सार्वजनिक भई रहेकै बेला पर्सा जिल्लामा समानान्तर कमिटि हुँदा हुँदै थप एक कमिटि गठन भएको समाचार बुझिन आएको छ ।
एमाओवादी पर्साका इन्चार्ज उर्मिला अर्यालको उपस्थितिमा भएको जिल्ला सम्मेलनबाट विजय महतोको नेतृत्वमा जिल्ला संगठन समिति चयन गरिएको थियो भने त्यसको सामानन्तर कममिटिको रुपमा बलराम साहको नेतृत्वमा जिल्ला समिति पर्सा गठन भएको थियो ।
यसै बीच मंगलबार एक प्रेस विज्ञप्ती जारी गरी एमाओवादी नेता बाबुराम कौशिकले आफ्नै नेतृत्वमा जिल्ला संगठन समिति पर्सा गठन गरिएको दावी गरेका छन् ।
कौशिकले उर्मिला अर्यालले महतो नेतृत्वमा चयन गरिएको जिल्ला समिति भेदभावपूर्ण भएको आरोप लगाउदै मधेशी, आदिवासीलाई थिचोमिचो गर्ने कार्य गरेकोले आफ्नो नेतृत्वमा जिल्ला संगठन समिति गठन गरिएको बताउनु भएको छ ।
उहाले आफ्नो नेतृत्वमा गठन भएको जिल्ला समितिको उपाध्यक्षमा रामदरश कुशवाहा, सचिवमा मो. सलाम अंसारी, कोषाध्यक्ष सुरेन्द्र प्रसाद गुप्ता र सहसचिवमा इन्दू चौधरीलाई चयन गरिएको प्रेस विज्ञप्ती मार्फत जानकारी दिनुभएको छ ।
त्यसै सदस्यहरुमा बसरुद्धिन अंसारी, राजु साह तेली, तजमुन मिया, सगिर मिया तेली, डा. हसिबुर रहमान, विजय गुप्ता, शम्भु यादव, दशरथ राज गद्दी, सुब्बा राम, मेहताब आलम, उमेश पासवान, उर्मिला माझी, हरिशंकरमिश्रा लगायत रहेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
एमाओवादीको बादविवाद र समानान्तर कमिटि गठन तथा एक अर्कालाई पार्टीबाट निष्कासन तथा खारेजी गर्ने क्रममा डा. बाबुराम भट्टराई पक्षीय मानिएको जिल्ला कमिटि पर्साका अध्यक्ष बलिराम साहले मंगलबार एक प्रेस विज्ञप्ती जारी गरी विजय महतोलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरिएको जानकारी दिएको छ ।
साहद्धारा जारी प्रेस विज्ञप्तीमा महतोलाई निष्कासन गर्ने र भ्रमवस वा स्वार्थवस लागेका अन्य केहि एमाओवादीका नेताहरुलाई सचेत गराउने निर्णय भएको समेत उल्लेख गरिएको छ ।
पर्सा जिल्लामा अर्याल पक्षीय मानिएका महतो नेतृत्व जिल्ला समिति अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पक्ष, बलिराम साह नेतृत्व जिल्ला समिति डा. बाबुराम भट्टराई र बाबुराम कौशिक नेतृत्व समिति भने नेता नारायणीकाजी श्रेष्ठ पक्षीय कमिटि भएको एमाओवादीश्रोतबाट नै बुझिन आएको छ ।

Nepalese Rupee Exchange Rate