नगद सहित जुवाडेहरु पक्राउi

बीरगंज/
अपराध नियन्त्रण, फरार अभियुक्त पक्राउ तथा जुवा तास नियन्त्रणको लागि जिला प्रहरी   कार्यालयबाट जारी गरिएको अभियान अन्तर्गत विशेष सुचनाको आधारमा मिति २०७१।४।१३ गते विहान १५:३० बजेको समयमा प्रहरी चौकी बसपार्कबाट खटीएको विशेष प्रहरी टोलीले  जिल्ला पर्सा वि.उ.म.न.पा.बडा न.१९ स्थित  विकास खत्रीले संचालन गरेको होटलमा हारजित हुने गरी जुवा खेलीरहेका निम्न स्थान बस्ने निम्न मानिसहरुलाई जुवा खेलीरहेको अवस्थामा फेला पारी पक्राउ गरी जुवा खेल्न प्रयोग हुने तास तथा नगद रु. ७,३३५।– समेत खालबाट बरामद गरी बरामद नगद, तास तथा पक्राउ मानिस समेतलाई यस कार्यालयमा दाखिला गराएको हुदां निजहरु उपर जुवा मुद्धामा अनुसन्धान भई रहेको । 
निम्न:–
१. जि.पर्सा बीरगंज उ.म.न.पा वडा नं.१९ बस्ने वर्ष–२२ को कृष्ण श्रेष्ठ ।
२. एैं वडा नं.१० बस्ने वर्ष–३२ को संजय महतो ।        ३.एैं वडा नं.१९ बस्ने वर्ष–२८ को प्रदीप ठकुरी ।
४. जि. बारा कलैया न. पा वडा नं.–७ बस्ने वर्ष–३२ को सागर कुमार लामिछाने ।
५. एैं  हरैया गा.वि.स. वडा नं.६ नयांबस्ती बस्ने वर्ष–३२ को केदारनाथ बोगटी ।
६. भारत विहार जिल्ला  सितामढी थाना रिगा खोर्साक ग्राम घर भई हाल जि. बारा कलैया न. पा वडा नं.९ बस्ने वर्ष–२५ को धिरज सिंह ।


SHARE THIS

Author:

Facebook Comment