राजनीति भनेको घृणित खेल हो भन्ने कुरा विनाशकाले विपरित वुद्धि भएका नेपालका दलका नेताहरूले प्रमाणित गरेका छन् । सनातन हिन्दू राष्ट्र नेपालमा राजनीतिक दलहरूले घोषणा गरेको धर्म निरपेक्ष राष्ट्र अफाप सिद्ध हुन्छ भन्ने कुरा अहिलेसम्मको व्यवहारबाट पुष्टि भएको छ । धार्मिक स्वतन्त्रता, धर्म निरपेक्षता भनेको एउटा मासेर अर्को धर्मको स्थापना गर्नु कदापी होइन तर नेपालमा हिन्दू धर्म सापेक्ष राष्ट्र मासेर क्रिश्चियन साम्राज्य खडा गर्न खोजिएको जस्तो देखियो ।
अहिले नेपालको समस्त भू–भागमा पश्चिमा राष्ट्रका एजेन्टहरू क्रिश्चियन धर्म फैलाउने अभियान लिएर घुमिरहेका छन् । अहिले नेपालमा राजनीतिक संक्रमण कायम छ । राजनीति एकदमै तरल छ । राजनीतिक दलहरूसँग जनताको विश्वास बलियो छैन र कुनै पनि राजनीतिक दलहरूको जनाधार छैन । परिस्थितिले जतिबेला पनि कोल्टो फेर्न सक्दछ । झण्डै १० वर्ष हुन लाग्यो, संविधानसभाको दुई–दुई पटक चुनाव भयो । ६०१ जना संविधानसभाका सदस्यहरू छन् । संविधानसभाबाट संविधान बनाउन आवश्यक सहमति जुट्न सकेको छैन । राजनीतिक दलहरूले जन आन्दोलन र सशस्त्र जनविद्रोहका बेला दिएका राजनीतिक एजेण्डाहरू धमाधम बदलिंदै छन् । नेपाली हिन्दूवादी जनताहरू संगठित भएर उठे भने नेपालको संविधानमा हिन्दू राष्ट्र नेपाल नै लेखिने प्रवल संभावना बढेको छ । कुशल नेतृत्त्वले स्थान लियो र प्रसिद्ध देवी देवताको आशीर्वाद मिल्यो भने हिन्दूवादीहरूको शक्ति र संगठनले विचार–आचार, व्यवहार र वुद्धि भ्रष्ट सबै नेताहरूलाई राजनीकि मूल प्रवाहबाट पाखा समेत लगाउन सक्ने अवस्था आउँछ ।
नेपालका वर्तमान राजनीतिक शक्ति र दलहरूले संविधान निर्माणकालागि गरिरहेको प्रयास र अभ्यास छिमेकी राष्ट्र भारत र चीनले सन्तोषजनक मानिरहेको छैन । यी गलत राजनीतिक अभ्यास र व्यवहार जानिबुझिकन आफ्नो निहीत स्वार्थकालागि गर्ने दलका शीर्ष नेताहरूलाई वर्षा महिनामा बढी देखिने बढी ट्यार ट्यार गर्ने पाहालाई भूइँमा पछारेझैं पछार्न सक्ने र देश, काल, परिस्थिति अनुकूलको संविधान निर्माण गर्न सक्ने क्षमता र शक्ति सनातन हिन्दू राष्ट्र स्थापना महा अभियानले दिन सक्दछ । देश, काल, परिस्थिति सुहाउँदो संविधान निर्माण गर्नु सबै दलहरू तयार हुनु पर्दछ । देश र जनतासँग मेल नखाने विदेशी स्वार्थ जबरजस्ती थोपर्ने संविधान संविधानसभाबाट बनाइयो भने संविधान जारी भएको लगत्तै संविधानको किताब च्यातिन्छ । नयाँ थामिनसक्नुको द्वन्द्वको सिर्जना हुन्छ । अहिलेको राजनीतिक दलका नेताहरूको भागाभाग हुन सक्दछ ।
प्रकाशित मितिः२०७१ मंसिर २५ गते बिहीवार