
माघ १०–
मानिस जब होशमा हुँदैन तब उसले आफुले नै के–के गर्यो भन्ने थाहा समेत पाउँदैनन् । यस्तै भारतको दिल्ली स्थित हर्ष विहारमा एक व्यक्तिले नशामा मादक पदार्थ सम्झेर गल्तीले तेजाब नै पिएका छन् । २५ वर्षीय अरुण कुमार उपचारको क्रममा नै मृत्यु भैसकेको छ ।
प्रहरीका अनुसार कुमार प्राइवेट नोकरी गर्दथ्यो । उसको दुई वर्ष पहिले बिवाह भएको थियो । कुमारले नशामा रक्सीको ठाउँमा राखिएको तेजाब पिएको बताइएको छ ।
तेजाब पिउने बित्तिकै अरुणको हालत निकै गम्भिर भएको थियो । उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीले अरुणको परिवाजनसंग यस घटनाको छानबीन गरिरहेको छ ।
त्यसैले आफु र आफ्नो स्वास्थ्यमा हानी पुर्याउने त्यस्तो सबै चिज आजबाट नै त्यागेर अघि बढ्नु हामी सबैको लागि उचित कदम हो । ( एजेन्सीको सहयोगमा )