असममा हमला–१० को मृत्यु ८ घाइते

माघ १६–
भारत असमको सोनितपुर जिल्लामा बुधवार अज्ञात समूहले हमला गर्दा १० जनाको मृत्यु भएको छ । अन्य ८ घाइते भएको बीबीसी अनलाइनले जनाएको छ ।
  हमलामा परी मृत्यु हुनेहरु असमको र हमला गर्ने अरुणाचल प्रदेशको रहेको असमका वरिष्ठ पुलिस अधिकारीले बताएका छन् । उता भारतीय कम्युनिष्ट पार्टी माले राज्य समितिका सदस्य बलिन सैकियाले मर्नेमा आफ्नो पार्टीको कार्यकर्ताहरु रहेको बताएका छन् । हमलाकारीको संख्या एक सय आसपासमा रहेको र सबैले आफ्नो अनुहारमा कालो कपडा बाँधेको बताइएको छ ।
 राजगढ आली नामक जग्गामा अतिक्रमणको विरुद्ध जुटेको पार्टी कार्यकर्तामा भएको यस्तो हमला प्रति गम्भिर हुन प्रशासनसंग सैकियाले आग्रह समेत गरेको छ । ( एजेन्सीको सहयोगमा ) 

SHARE THIS

Author:

Facebook Comment