माघ १६–
इजिप्टमा २० जना पत्रकार माथि मुद्धा चलाउने तयारी भएको छ । १६ जना पत्रकार माथि आतंकवादी संगठनसंग सम्बन्ध राखेको र अन्य ४ पत्रकार माथि गलत सूचना प्रवाह गरेको आरोप लगाइएको छ ।
२० पत्रकार मध्य दुई ब्रिटेन, एक हाल्याण्ड र एक अस्ट्रलियाका पत्रकार रहेको बीबीसी अनलाइनले उल्लेख गरेको छ । ८ पत्रकार हिरासतमा रहेको र अन्य १२ पक्राउको वारेन्ट जारी भएपछि फरार रहेको सरकारी वकिलको तर्फबाट जारी गरिएको बयानमा उल्लेख गरिएको छ ।
यता बीबीसी, स्काई र डेली टेलीग्राफ पत्रिका सहित अन्य समाचार संगठनले सबै पत्रकारलाई रिहा गर्न माग गरेको छ । ( एजेन्सीको सहयोगमा )