काठ तस्कर र गस्ती टोलीबीच गोली हानाहान

रौतहट, १६ माघ :
रौतहटको बृन्दावन रेन्जपोष्टअन्तर्गतको बलेरी जङ्गलमा वन गस्ती टोली र काठ तस्करबीच दोहोरो गाली हानहान हुँदा एकजना तस्करलाई गोलीसहित पक्राउ गरिएको छ ।
बिहीबार बिहान करिब २ बजेको समयमा हातियारसहित सर्लाहीबाट रौतहटको बलेरी जङ्गल प्रवेश गरेका तस्करले रुख काट्न थालेपछि जिल्ला वन कार्यालयको गस्ती टोलीले गोली चलाएको थियो । तस्करहरु पनि फायरिङ गर्दै सर्लाहीतर्फ भागेको जिल्ला वन कार्यालयले जनाएको छ ।
वन गस्ती टोलीले १५ राउन्ड गोली चलाएको गस्ती टोलीका रेन्जर अशोक जयसवालले बताउनुभयो ।
भाग्ने क्रममा सर्लाही हजरिया–९ का शम्भु पासवान पक्राउ परेका हुन् । पासवानका साथ तीन राउन्ड गोली, तीन थान आरा र चारवटा साइकल बरामद गरिएको जिल्ला वन कार्यालय रौतहटले जनाएको छ ।

SHARE THIS

Author:

Facebook Comment