तातो हावाले मध्य तराइको जनजीबन कष्टकार

सर्लाही–
 मध्य तराईमा दुई सातादेखि शुरु भएको तातो हावाले जनजीवन कष्टकर बनेको छ। तातो हवा, हुरी, धुलो संगैसंगै ग्रामीण बस्तीमा आगलगिको जोखिम बढेको छ। तातो हवा हुरीकै कारण आँप, हरियो तरकारी खेति प्रभवित भएको छ। कामदारको दैनिकी कष्टकर बनेको छ।



तातो हावा हुरीले सर्लाहीलगायत आसपासका जिल्लामा गर्मी बढ्नुका साथै जनजीवन प्रभावित भएको छ। हावाकै कारण दिउँसो बाहिर हिँडडुल गर्न नसक्ने अवस्था आएको छ। एक्कासी मौसम परिवर्तन भई तापक्रम बढ्दा बालबालिका बिरामी(अस्वस्थ्य) हुन थालेका छन्। हावा हुरी उडाएको धुलाको कारण आँखा दुख्ने समस्या बढेको छ।

तातो हवा, हुरीकै कारण बजार सुनसान हुन थालेको छ। हावा हुरीकै कारण मंगलबार मधुवनी–८ स्थित अब्दुल रहमान अन्सारीका परालमा विद्युत् सर्ट भई सल्केको आगोले नजिकको ५ घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। परालमा सल्केको आगे फैलेर रामप्रसाद राउत, रहमान मियाँ, जगदिश राउत, जयराम महतो इन्द्रिश अन्सारीको घर र घरभित्र रहेको अन्न, कपडालता जलेर १७ लाखभन्दा बढी क्षति भएको प्रहरीले जनाएको छ। हावा हुरीकै कारण सर्लाहीमा केहि दिन यता विधुत सर्ट भएर फुसको भुइ घरमा आगलगिको घटना बढेको प्रहरीले जनाएको छ।

यता लगातारको तातो हवाले किसानको खेतमा रहेको लहरे तरकारी लौका, काक्रो र करेला सुक्ने थालेको जिल्ला कृषि विकास कार्यालय सर्लाहीका अधिकृत देवानन्द रायले बताए । पश्चिमबाट आउने तातो हावाले जमिन सख्खा भएर लहरे तरकारी बाली उत्पादनमा हस आउनुको साथै सुक्न थालेको रायले बताए । हवा हुरीकै कारण आप, लिच्ची र कठहरमा समेत असर परेको जिल्ला कृषि विकास सर्लाहीका बागवानि अधिकृत रामकैलाश साह बताउछन्।

पश्चिमबाट चल्ने हावाका कारण आँप लिच्चीको चिचीरा(दाना) झर्ने, फड्के किरा लाग्ने भएका कारण जरामा पानी र दानामा विषादी छर्ने बेला आएको उष्ण प्रदेशिय वागवानी केन्द्र नवलपुर, सर्लाहीका बागवानी विकास अधिकृत सुर्यनरायण यादवले बताए।

हावाले गर्दा चिचिलामा किरा लाग्ने अनुकुल समय भएकोले विसादी र हवाले माटो सुख्खा हुने भएकोले जरामा पानी सिंचित गरे उत्पादनमा हावाले खासै असर नपर्ने उनले बताए।
nagariknews


SHARE THIS

Author:

Facebook Comment