चिकित्सकहरुलाई काममा फर्कन आग्रह

काठमाडौं, माघ १० । नेपाल चिकित्सक संघले देशभरीका चिकित्सकलाई आ–आफ्नो कार्यक्षेत्रमा फर्की जिम्मेवारी निर्वाह गर्न
आह्वान गरेको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरी संघले प्राध्यापक डा. गोविन्द केसीले उठाएको मागको सम्बोधन गर्न सरकार तयार भएकाले अस्पतालहरुमा गएर कार्यभार सम्हाल्न चिकित्सकलाई आग्रह गरेको हो ।
संघको माग पूरा भएसँगै बन्दरहेका ओपिडी सेवा पनि नियमित सञ्चालन भएका छन् । संघका महासचिव डा. मुक्तिराम श्रेष्ठले प्राध्यापक डा. गोविन्द केसीले स्वास्थ्य क्षेत्रको सुधार एवं सुदृढीकरणको लागि थालेको आन्दोलनमा ऐक्यबद्धता जनाउने राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ–संस्था, बिरामी, सर्वसाधारण, पत्रकारलगायतलाई धन्यवाद दिए ।
डा. केसीको माग पूरा भए–नभएको सम्बन्धमा चिकित्सक संघले अनुगमन गर्न स्थायी संयन्त्र पनि बनाउने भएको छ ।

SHARE THIS

Author:

Facebook Comment