इज़रायलमा कार्यरत नेपालीहरुद्वारा ५५ लाख सहयोग

सुनिता राई :
तेल अभिव (इज़रायल) चैत्र २६,
हेल्प नेपाल नेटवर्क दस करोड अक्षय कोषका लागि इज़रायलमा कार्यरत नेपालीहरु बाट एउटा सहयोग अभियान संचालन गरि पचपन्न लाख बीस हजार दुइ सय सत्तरी रुपैयाँ (५५,२०,२७०/ ) हेल्प नेपाल नेटवर्क को कोषमा जम्मा भैसकेको सम्बन्धित अभियन्ता स्रोतले जनाएका छन् । सनराइज बैंक मा खाता खोलि उक्त सहयोग रकम हेल्प नेपाल नेटवर्क को अक्षय कोषमा ट्रान्सफर भैसकेको छ र पाँच लाख भन्दा बढी सहयोग रकम सम्बन्धित व्यक्ति (इज़रायल बाट नेपाल जाने) मार्फत हेल्प नेपाल नेटवर्क कोषमा जम्मा भएको स्रोतले जनाएको छ। हेल्प नेपाल नेटवर्कले नेपाल अधिराज्यका दुर्गम स्थानहरुमा शिक्षा र स्वास्थ्यका लागि निकै प्रभावकारी कार्य गर्दै आएको  छ ।
नेपालीले नै नेपाल लाइ केहि गर्नु पर्छ भन्ने सकारात्मक सन्देशलाई आत्मसाथ गरि हेल्प नेपाल नेटवर्क सहयोग अभियान इन इज़रायल भनि करिब आठ महिना अघि छब्बीस जना अभियान्यताले सुरु गरेका यस सहयोग अभियानले अन्तिम रुप फेब्रुवरी १४
तारिक शुक्रबार लिएको थियो। एक भव्य कार्यक्रम गरि इज़रायलका लागि नेपाल राजदुत श्री प्रल्हाद कुमार प्रसाईको प्रमुख आतिथ्यमा र विशेष अतिथि हेल्प नेपाल नेटवर्क कै संस्थापक अध्यक्ष श्री रबिन्द्र मिश्र लाइ निम्त्याई उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए । इज़रायलमा कार्यरत नेपालीहरुको उदारता, सहयोगी, परोपकारी र सामाजिक सेवामा समर्पित मनहरुमा प्रमुख अतिथि र  विशेष अतिथिले खुलेर प्रसंसा तथा कृतज्ञता व्यक्त गर्नु भएको थियो ।

फेब्रुवरी १४ तारिक (सहयोग रकम हस्तान्तरणको दिन) पचास लाख (५०,००,००/) रुपैयाँ सहयोग हस्तान्तरण भएको थियो भने उक्त अभियानको सकारात्मक र प्रभावकारी पवित्र कार्य प्रति प्रभावित भै पुनः सहयोग गर्ने सहयोगी मनहरु थपिइ हेल्प नेपाल नेटवर्क दस करोड अक्षय कोषका लागि पचपन्न लाख भन्दा बढी सहयोग रकम जुट्न सफल भएको हो । हेल्प नेपाल नेटवर्क सहयोग रकम हस्तान्तरणको भव्य कार्यक्रमका लागि हलको व्यबस्था इज़रायल का एन आर एन अध्यक्ष श्री सुबास खरेल ले गर्नु भएको थियो र साथै पानी, जुस र कूकिजको व्यबस्था लाक्पा शेर्पाले उपलब्ध गराउनु भएको थियो भने भ्रमणको दिन पानी, जुसको ब्यबस्था रन्जना केसीले  गर्नु भएको थियो। यस्तै गरि कृषि क्षेत्रको भ्रमण मा बिनोद घिमिरेले सम्पूर्ण खर्च व्यहोर्नु भएको थियो । केहि स्थान भ्रमण मा यु एन का डाक्टर ध्रुब कोइराला ज्यू ले सहयोग गर्नु भएको थियो ।

हेल्प नेपाल नेटवर्कको सहयोग रकम फेब्रुवरी १४-२०१४ शुक्रबार हस्तान्तरण कार्यक्रम सम्पन्न गरि भोलि पल्ट  १५ तारिक शनिबार मृत सागर (Dead Sea) र बेत लेखेम (Bet-lekhem) भ्रमण (Tour) को आयोजना गरेका थिए । हेल्प नेपाल नेटवर्क का संस्थापक अध्यक्ष श्री रबिन्द्र मिश्र को हवाई टिकेट आते जाते, एक हप्ते इज़रायल बसाइ लगायत घुमफिर, यातायात गर्दा जम्मा खर्च - ६,५६९/ सेकेल भएको थियो यस खर्चलाइ अभियन्ताले यसरि मेक अप गरे - टूरको आयोजना बाट २७१०/ सेकेल प्रफिट र हेल्प नेपाल नेटवर्क लोगो सहितको टी-शर्ट बिक्रि गरेर १७५०/ सेकेल प्रफिट गरे तसर्थ यी दुई शिर्षक बाट जम्मा = ४४६०/ सेकेल आम्दानी भएको थियो । यसमा आम्दानि बाट खर्च घटाउँदा बेरुजु  २१०९/ सेकेल हुन आयो । यस बेरुजु (२१०९ निश) लाइ छब्बीस जना अभियन्ताले बराबर उठाई खर्चको मेक अप गरेका थिए । यसरी स्पष्ट रुपमा हेल्प नेपाल नेटवर्क सहयोग  अभियन्ताले आय व्यय विवरण प्रस्तुत गरेका छन् । कोषको लागि उठाइएको एक पैसा पनि अतिथिको लागि खर्च भएको छैन ।

निकै सशक्त रुपमा अहोरात्र खटी परोपकारी अभियान इज़रायल मै ऐतिहासिक रुपमा सफल भएकोमा सम्पूर्ण अभियन्ता सन्तुष्ट भएको बताउछन । र थप्छन मन, वचन, कर्म र निस्वार्थ भावले यस पवित्र सामाजिक परोपकारी अभियानलाई सफल पार्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पूर्ण मनकारी मनमा हामी हृदये देखि धन्यवाद तथा आभार व्यक्त गर्दछौं हेल्प नेपाल सहयोग अभियान इन इज़रायल परिवार ।

SHARE THIS

Author:

Facebook Comment