" एनआरएन " भित्रपनि राजनीतिको गन्ध किन ?"

नेपालीहरु विश्वभरी छरिएर रहेका जुनसुकै राष्ट्रमा हुन र जति नै बुद्धिजीवी हुन जुनसुकै संस्थामा लागुन आखिर किन पदमा आबद्ध हुनका लागि राजनीतिकै सहारा किन लिन्छन  ?
संस्था भित्र राजनीति करण नगरी संस्थालाई अघि बढाउन सहि व्यक्तिको मुल्यांकन गरी हातेमालो गरेर पदाधिकारीको चयन गर्न सकिदैन र?
हिजोआज  पत्रपत्रिका,ओंलाइन,मार्फत एनआरएन को नयाँ कार्यसमिति गठनको लागि अध्ययक्ष ,उपाध्ययक्ष तथा अन्य पदका लागि चुनावी चहलपहलकको प्रचारप्रसार विश्वभरी हुँदै कतै भइ सकेको र कतै हुन बाँकी भएको सुनिदै र पढ्दै आएकाछौ ।
यसरी विश्वभरी एनआरएन को हुँदैजाने चुनाब प्रक्रियालाइ मध्यनजर गर्दा यो एनआरएन विश्वभरी छरिएर विदेशी भूमिमा कर्म थलो बनाएर अस्थाई रुपमा बसोवास गरेका नेपालीहरुको साझा सस्था नै एनआरएन संस्था हो भन्ने मलाई लाग्छ ।  हुन त बिदेशी भूमिमा रहेका नेपालीहरुले नेपाल सम्झन र नेपालमा रहंदा, बस्दा आफुले गर्दै आएका र गरिएका क्रियाकलापलाई निरन्तरता दिन राजनीतिक,सामाजिक,वौद्धिक,साहित्यिक,स्वास्थ सम्बन्धि बिभिन्न संस्थाहरुमा आ-आफ्ना किसिमका भूमिका हुनु पर्नेमा विशेष यो चुनाबी प्रक्रियामा राजनीतिपाटीको हस्तक्षेप गराइले उनीहरुको बाहिरी प्रभाव गैरराजनीति संस्थाहरुलाई आफ्ना पोल्टामा लिन प्रयास गर्दै आएको विभिन्न पत्रपत्रिकाबाट भैरहेको प्रकाशनहरु भित्रपनि राजनीति गन्ध ह्वास् आउँछ । भने यो इजरायलमा पनि गतबर्ष पहिलेको एकापसी लुच्छाचुडी र दोसारोपण भएकै पनि  देखिन आएको थियो  । नेपाली जहाँ रहेपनि स्वन्त्ररुपमा उद्गर भावनाले राम्रो व्यक्तिको चयन गरि संस्थाभित्र नेपालीको हित किन चाहदैनन् ?
यसभित्र राजनीतिपाटी मात्र नभएर पाटीभित्र रहेका गुट,उपगुटका सबै ब्यक्तिसम्मको प्रभाव उमेद्वारी हुने व्यक्तिको क्रियाकलाप,प्रचारप्रसारको शैली,फेसबुक तथा अन्य मिडियाहरुबाट प्रष्ट देखिन्छ र महसुस गर्न सकिन्छ ।
अहिले निक्कै चहलपहलको  रुपमा  प्रचारप्रसार भैरहेको चुनाबी प्रक्रिया एनआरएन अध्ययक्ष उमेद्वारी उदारहण बनेको  हाल अमेरिकामा पनि एनआरएन को निर्वाचन प्रक्रियाको लागि युद्धको आक्रमण झैँ एकार्का विचको प्रचारप्रसार भएको देखिन्छ । भने  त्यसमा उमेद्वारहरुको स्वरूप,र शैली हेर्दा मानौ नेपालको राजनीति पाटीहरु आफै निर्वाचनमा प्रतिष्पर्धा गर्न लागि परेका छन किन?
यस्तो किसिमको राजनीति तरिकाले प्रचारप्रसार हुनु विशुद्ध संस्था र  विदेशी भूमिमा बस्ने अस्थाई ,स्थाई ब्यक्तिहरुको लागि यो अन्त्यन्तै धातक कार्य हो र सिधान्त बिपरित हो  जस्तो लाग्छ मेरो विचारमा ।
एनआरएन भनेको विशुद्ध संस्था भएकोले यो भित्र पाटीको गन्ध आउनु हुँदैन भन्ने आफ्नो स्वतन्त्र मेरो तर्क हो ! राजनीति नै गर्नु छ भने संस्थाभित्र पदको लागि नै किन ?
नेपालका राजनीतिपाटीहरुका लागि  खुशी पार्न गरिएका विभन्न राजनीति पाटीका संस्थाहरु छदै छन नि ?
' पाटीका आ-आफ्नो जनसम्पर्क समितिका माध्यमबाट पाटीका जति क्रियाकलाप गरे पनि भइ हाल्छ नि ?
एनआरएन भित्रै एउटा पद ओगट्नका लागि राजनीति कै सहारा किन लिनु पर्छ योग्य व्यक्तिलाई पनि ?
के यो एनआरएन संस्था राजनीति गर्नकै लागि स्थापना भएको हो त?
मेरो विचारमा जनसम्पर्क समिति मार्फत प्रत्येक्ष वा अप्रत्यक्ष संलग्न  भएका एनआरएन का उमेद्वार सबै भन्दा कम्जोर उमेद्वार मानिन्छ आज किन ?
मेरो निजि विचारमा भन्नु पर्दा जब निर्वाचन जित्छन त्यस पछी पदाधिकारीहरु राजनीति पाटीका नीति र निर्देशमा रही काम गर्ने गर्दछन र साझा नेपालीको स्वतन्त्र ब्यक्ति भएर रहन पाउदैन ! पद उसको नाममा धोषणा हुन्छ तर वल र बुद्धि अरुको प्रयोग भइ दिनाले उभित्र भएको राम्रो भावनामा पनि कुविचार र स्वार्थ,पस्न थाल्छ र आफु सक्षम भएर पनि पाटी बिनाको हातखुट्टा लुलो महसुस गर्न थाल्छ ।
साझा नेपालीहरुको स्वतन्त्र ब्यक्ति हुन् नसक्नु र विदेशी भूमिमा काम गर्दै दुखशुख जीवन वेतित गर्दै रहेका नेपालीहरुको विविध समस्याहरु समाधान गर्नका लागि चिन्तित हुनुका साटो ,उनीहरुको मर्म,पिडा,बुझ्नुको साटो राजनीति पाटीबाट पाउने निर्देशनलाई विशेष रुपमा पालना गर्ने भएकोले विश्वभरी छरिएर रहेका नेपालीको अबस्था हेरेर उनीहरुको लागि सहयता,रक्षा,संधर्ष ,पीडालाई मुक्ति गर्नु पर्दा पिडित ब्यक्ति कुन पाटीगत हो भन्ने उसको व्यक्तिगत डाटा पहिचान गरेर मात्र सेवा ,सुबिधा,प्राप्त गर्ने गर्दछन भन्ने कुरा सुनिने गरिन्छ । तसर्थ सम्पूर्ण साझा नेपालीको व्यक्तित्व हितका लागि स्थापना गरिएको एनआरएन संस्था एउटा विशुद्ध संस्थाको रुपमा नेतृत्व गर्नु नै उपयुक्त हुन्छ जस्तो मलाई लाग्छ ।त्यसैले एनआरएन पदाधिकारी चयन गर्नकालागी मैदानमा नेतृत्व गर्न आएका कुनै पनि उमेद्वारी प्रति पाटीगत हस्तक्षेप नहोश र उमेद्वारिले पनि पाटीको उपयोग नगरी वर्चस्व प्रयेत्न नगर्दा नै उचित होला कि भन्ने मेरो स्वतन्त्र विचार हो।
वास्तबमै भन्नु पर्दा विदेशमा बस्ने सम्पूर्ण नेपालीको हितका लागि समस्याको समाधान गर्न सम्पूर्ण नेपालीकालागि र नेतृत्व पनि सम्पूर्ण नेपालीकै हुनु पने साथै सिंगो नेपालीको नेतृत्वको वलले नेपाल सरकार र जो जुन राष्ट्रमा बसोबास गर्दै आएका छन त्यहाको सरकार लगायत संयुक्त राष्ट्रसंग पनि बिदेशमा रहेका नेपालीहरुका जायज माग पुरागर्न समेत पहल गर्नु पर्ने एउटा गहन जिम्मेवारी रहेकोले कुनै एउटा पाटी र त्यसको लवी बाट जित्ने उमेद्वार सबै भन्दा कम्जोर हुने हुनाले त्यस्तो किसिमको आफ्नो शक्तिलाई नै कम्जोर बनाउने पाटीको घिनलाग्दो क्रियाकलापलाइ प्रचारप्रसार भित्र होडबाजी गत रुपमा सामेल नगरी एउटा असल वौद्धिक सामर्थ  विचार भएको व्यक्तिको सम्मान गर्दै नेतृत्व गर्नेछ भन्ने आशाबादी छु ।


SHARE THIS

Author:

Facebook Comment