मेरो माटो र मेरो कर्तब्य

- दीवाकर मैनाली
"जुन माटोमा जन्मीयौँ त्यै माटोमा हुर्कियौँ
हीमाल पहाड तराइको
धुलोमै हामी फुर्कियौँ"
संसारमा हामी जति सुकै भौतिक रुपले सम्पन्न भय पनि हामीलाइ जसले जन्म दियो उ नै हाम्रो  इश्वर कहलीने गरेको छ । ब्यक्तीको जीबन संग जोडीएका जन्म पछिका नाता सबै स्वार्थि हुन सक्लान तर हामीलाइ जन्म दिने नारि अर्थात आमा भने बिल्कुलै निश्चल र बिना स्वार्थ कि रहन्छिन । आफ्नो सन्तान प्रतीको हरेक दुख सुख या बेदना मात्र एक आमा लाइ पुर्णरुपमा थाहा हुन सक्द छ । गर्भ देखी नै अथाहा माया दिदै आएकी आमाले मात्र बुझ्न सक्छिन कि आफ्ना सन्तान को वास्तबीक अवस्था र परिस्थितिको बारेमा । त्यसै कारणले पनि आमा को स्थान पृथ्वी संग जोडिएको हो । आमा र पृथ्वीमा बिल्कुलै फरक देखिन्न र छैन पनि । आफुलाइ आमा ले जन्म दिए पनि कुन माटोमा वा कुन मुल मा जन्म दिइन भन्ने कुरा भने झनै महत्व हुने गर्दछ । हामी जन्मीएको माटो ले मात्र हामीलाइ सही पहिचान गर्न सकेको हुन्छ । जुन माटोमा हामीले संसार देख्ने पहिलो अवशर पाएका हुन्छौँ उक्त माटो नै हाम्रो असली भुमी अर्थात मातृ जननी हुने गर्छिन । त्यस्तै हाम्रो माता जननी भनेको नेपाल नै हो । हाम्रो असली पहीचान  नै नेपाली हो ।  हामी चाहे जुन सुकै ठाँउ वा मुलुक मा रही जति नै सुकै प्रगती गरे पनि , जतिसुकै कहलीए पनि हाम्रो असली पहिचान भनेको नेपाली नै रहन्छ । 
नेपाल देश लाइ संसारमा गोर्खा  भनेर चिन्छ भने नेपाली लाइ गोर्खाली भनेर चिनिने गरेको छ । हामी त्यसै गोर्खालीको नामले परिचित भयका भने होइनौँ । हाम्रो आफ्नै पहिचान छ । हाम्रो मुलुक एकता को सुत्रमा बाँधीएको छ । बिभिन्न जात जाती , धर्म संस्कार अनि अत्याधीक मात्रामा संस्कृती ले भरिएको मुलुक बासी हौँ हामी । संसारको कुनै शक्ति को सामु  नझुकेर आफ्नो बहादुरीको उपमा पएका सपुत का सन्तान हौ हामी । हीजोको दिन देखि नै कुनै मुलुक को उपनिवेश बनेन । अत्याधुनीक हात हतियार को सामु समेत पराक्रमीको साथ लडेर , आफ्नो ज्यानको आहुती दिएर बचाइएको मुलुक नेपालका सन्तान हौ हामी । सगरमाथा को शीर , पहाड को कडा चट्टान स्वरुप शरीर , तराइको हरीया तथा फराकिलो फाँट जस्तो छाती भयका हामी नेपाली मा सँधै मेलमीलाप , भाइचारा , माया ममता र दुख सुख मा संगै हास्ने र रुने अत्भुत बिबेक को भण्डार हामीमा कायम छ । अतिथी देवो भव भन्ने मुल मन्त्र बोकेका नेपाली हामी चाहे शत्रु नै किन नहोस . शरण पर्छ भने हामी हाँसेर मित्रता गाँस्न तयार हुने गर्दछौ । पाहुना र मित्रताको रुप नै इश्ळरीय रुप हो भनेर हामि अत्यन्तै आदर सत्कार गर्ने गर्दछौ । हामी नेपालीका संतान संसारको जुनसुकै ठाँउमा गए पनि छलकपट , झुट , जाल झेल र चोरी चकारी जस्ता निच काम हरुबाट सँधै टाढा रहने गर्दछौँ । त्यस्कै प्रतिफल पनि हामि जुनसुकै मुलुकमा गय पनि छाती फुलाएर नेपाली भन्न रुचाउछौँ र हाम्रो इमान्दारीता को कदर संसार ले नै गर्ने गर्दछन ।
हो हामी नेपाली हौँ । हामी त्यस्ता देशका नागरीक हौँ जहाँ भगवान गौतम बुद्ध जस्ता शान्तिका दुत को जन्म भयको थियो । सिता जस्ती पवित्र तथा सच्चा नरी जन्मीएको भुमी हो ।  हाम्रो मातृभुमी क्षेत्रफलको आधारमा सानो  भयता पनि अध्याधीक गुण ले भरिएको स्वर्गभुमीको रूपमा संसारले चिन्दछ । यस्तो देशमा जन्म लिन पाउनु हामी भाग्यमानि मानव हौँ । जन्म त हाम्रो स्वर्गिय माटोमा नै भयो तर हामीले आफ्नो मातृभुमी प्रती गर्नु पर्ने कर्तब्य बाट भने हामी संधै भाग्ने गरेका छौँ । हामीलाइ प्रकृतीक , धार्मिक , साँस्कृती को अत्भुत अस्थित्व मुलुकले दिए पनि हामी ले भने मुलुक को लागी आज सम्म केहि गर्न सकेका छैनौँ । हामी कर्तब्य भन्दा पनि धेरै ब्यक्तीगत स्वार्थलाइ स्थान दिने गर्दछौँ । हामि देश बाट सबै थोक सुबिधाको आशा गर्दछौ । तर हामि केहि दिन हामी तयार छैनौँ । हामीले पछिल्लो समयमा मातृभुमी प्रतिको नैतीकता , जिम्मेवारी र कर्तब्य झनै भुल्दै गयका छौँ । मुलुकले दिएको पहिचान लाइ बिर्सिइ हामी ब्यक्तीगत पहिचान खोज्नमै ब्यस्त छौँ । हाम्रो ब्यक्तीगत स्वार्थ र क्षणीक लोभको लालचमा हामी आफ्नो मातृभुमी को अस्थित्व नै भुलि रहेका छौँ । त्यसको प्रतिफल आज संम्पुर्ण नेपाल र नेपालीले भोग्न बाध्य भै रहेका छन् । आफ्नो माटो प्रतिको सहि पहिचान गर्न नसक्दा आज मुलुक कै पहिचान र सिंगो मुलुक को सार्वभौमिकता नै बिलिन हुने अवस्थामा छ । के जाती के धर्म , के संस्कार यी सबै जन्मिएको माटो संगको सम्बन्ध गाँसिएको हुन्छ । मातृभुमीकै अस्थित्व मेटिएको खण्डमा हामीले हाम्रो पहिचान कहाँ खोज्ने ? हामीले हाम्रो धर्म , जात अनि संस्कार संस्कृती को संग माग्ने ? त्यसैले सबै भन्दा पहिला हामीले हाम्रो मुलुक , हाम्रो मातृभुमी र हाम्रो माटो प्रतीको कर्तब्य भुल्नु हुदैन । त्यहि धर्तिमा जन्म लिएर त्यही माटो ले दिएको पानि तथा अन्न खाएर उही मुलुक ले दिएको धर्म , नाम , संस्कार अनि संस्कृती प्रति गद्धार गर्नु वा बेवास्ता गर्नु भनेको हामि कुपुत सन्तान कहलीने छौँ । त्यसैले हिजो पुर्खाले दिएको पहिचान को बेवास्ता गरि आफ्नै ब्यक्तिगत पहिचान खोज्नु हाम्रो मुर्खता हो । कसैको पनि ब्यक्तिगत पहिचान भनेको न हराएर जान्छ न मेटिएर नै जाने छ यदि हामीले सिँगो मुलुक को पहिचान भुलेनौ भने । जब सम्म हामी आफ्नो मातृभुमी प्रति बफादार रही आफ्नो कर्तब्य मा अडीक रहनु पर्दछ ।
हाल मुलुकमा अत्यन्तै संक्रमणकालको स्थिती श्रृजना भयको छ । यो बेला मा हामी नेपाली ले आफ्नो माटो प्रतीको कर्तब्य भुल्यौँ भने हामि आफै खतरामा पर्ने छौ । यो हाम्रो फुट्ने बेला होइन , जुट्ने बेला हो । हामीले अझै पनि मुर्ख्याँइ गर्ने हो भने हामीले आफुलाइ नेपाली हो भनेर गर्व  गर्ने ठाँउ रहने छैन । हामी बाट ठुलो भुल हुने छ । हामीले भोलीको संन्ततीलाइ जवाफ दिन नसक्ने हुने छौँ त्यसैले आउनुस सबै नेपाली एक हौँ । आफ्नो माटो को स्वाभिमानको लागी एकजुट हौँ । सबै मीली चार जात छत्तीस बर्णको साझा फुलबारी सजाऔँ । नेपाल रहे मात्र हामी नेपाली कहलीने छौँ ।

SHARE THIS

Author:

Facebook Comment