आमा बन्न के गरिन यी युवततीले ?

आमा बन्न महिलाहरु के के गर्छन् तर यी युवतीलाई हेनुस् कि,,,,,,
माघ १०–
भनिन्छ नि आमा बन्नु महिलाहरुको लागि सबैभन्दा र संसारकै सबैभन्दा ठुलो खुशी हो । तर चिलीको यस युवतीले यस्तो गरिन् कि जसको बारेमा सुन्नु भयो तपाई आश्चर्य चकित हुनु हुन्छ होला । 
 
मिररको खबर अनुसार १८ वर्षीय यस युवती माथि आफ्नो गर्भको बच्चा फेसबुकमा बिक्री गरेको आरोप छ । वेरोनिका कारेरा चापारोलाई प्रहरीले हिरासतमा लिसकेको छ । हाल भने सो बच्चाको जन्म भैसकेको छ । प्रहरीले यस युवतीका साथै उसको आमा र बहिनीलाई पनि खरिद बिक्रिको मामिलामा आरोपित ठहराउदै पक्राउ गरेको छ । 
 
यस युवती आफु गर्भवती भएको आफ्नो प्रेमिकालाई बताएकी थिइन् तर उसको प्रेमिले यस कुरालाई बेवास्ता गरेको बताइएको छ । यति मात्र नभई ती युवतीले आफु गर्भवती भएको कुरा आफ्नो परिवार माझ पनि राखेकी थिइन् । तर उसको आफ्नो आमा र बहिनीले पनि सो गर्भमा रहेको बच्चा बेच्न, गर्भपात गर्न वा त्यसलाई जन्म दिने जस्ता विकल्प दिएका थिए । 
 
यसपछि ती युवतीले तुरुन्त आफ्नो गर्भमा रहेको बच्चा फेसबुकमा विज्ञापनमा दिएकी बताएकी छिन् । तर भगवान्को कृपा नै भन्नु पर्छ प्रहरीले यस बच्चालाई बिक्रि हुनबाट रोकेको छ । भने ती तीन महिललाई प्रहरीले हिरासतमा लिएको छ । (एजेन्सीको सहयोगमा ) 

SHARE THIS

Author:

Facebook Comment