नेवारी परम्परा अनुसार सामूहिक केटा पुजा गरिने

न्हुँ नेवाः खलः हेटौँडा–५, सानोपोखराले नेवारी परम्परा अनुसार सामूहिक केटा पुजा(ब्रतवन्ध) गर्ने भएको छ । यही माघ २१ गते सरस्वती पुजाको दिन सानोपोखराको दक्षिणकाली मन्दिर परिसरमा सामूहिक पुजा गर्न लागेको हो । केटा पुजा गर्दा धेरै खर्च हुने भएकाले थोरै लगानीमै गर्न सामूहिक गर्ने गरिएको न्हुँ नेवाः खलःका सदस्य नरेशलाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म दश जनाले नाम टिपाएको र अझैँ आउने क्रम जारी छ । केटा पुजा गराउन हेटौँडासहित धरान, बिराटनगर, पोखरा, काठमाडौँबाट समेत आउने गरेको न्हुँ नेवाः खलःका अध्यक्ष प्रकाशबावु मल्लले जानकारी दिनुभयो । केटा पुजा गरेपछि मात्र कर्म चल्ने भएकोले बिवाह पूर्ब केटा पुजा गर्ने नेवारी परम्परा छ । नेवारी ब्राम्हण (मार्काण्डे) मार्फत् गरिने सामूहिक केटा पुजाका लागि खलःले प्रति व्यक्ति दुई हजार रुपैँया लिने गरेको छ । सामान्यः रुपमा घरमै वा छुट्टै केटा पुजा गर्न करिब २० हजार खर्च लाग्ने जानकारहरु बताउँछन् । खलःले बिगत पाँच बर्षदेखि केटा पुजा गर्दै आएको छ । हालसम्म ६० जनाको केटा पुजा गराएको खलःले गत बर्ष १२ जनाको पुजा गराउन सफल भएको थियो ।
– अशोक सुजन श्रेष्ठ


SHARE THIS

Author:

Facebook Comment