पार्टीभित्र विवाद रहेसम्म अरुलाई सहमतीमा ल्याउन सकिन्न: सभापति कोइराला

काठमाडौं, माघ १० । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले पार्टीभित्र विवाद रहेसम्म अरु पार्टीलाई सहमतिमा ल्याउन नसकिने भएकाले एकजुट हुन सबैलाई आह्वान गरेका छन् । नेपाली काँगे्रस काठमाडौं–संखुवासभा सम्पर्क समितिले राजधानीमा गरेको कार्यक्रममा कोइरालाले सबैलाई मिलाएर लैजान पार्टीभित्र एकता हुनुपर्नेमा जोड दिए ।
वरिष्ठ नेता शेरबहादुर देउवाले घरभित्र मात्र होइन बाहिरका दलहरुबीच पनि सहमति गरेरै अघि बढ्नुपर्ने आजको आवश्यकता भएको औल्याए ।
उपसभापति रामचन्द्र पौडेलले जतिसक्दो चाँडो नेतृत्वको विवाद टुङ्गाएर मिलन विन्दुको खोजी गरिने बताए  । अब पनि संविधान लेखनमा दलहरुबीच विवाद कायम रहे लोकतन्त्र धरासायी हुने र जनताले पनि क्षमा नगर्ने पौडेलको भनाइ थियो ।

SHARE THIS

Author:

Facebook Comment