सञ्चारकर्मीलाई ज्यान मार्ने धम्की

महोत्तरी, १० माघ ।  समाचारको विषयलाई लिएर महोत्तरीका दुईजना सञ्चारकर्मीलाई ज्यान मार्ने धम्की दिएको छ । बुधबार साँझ महोत्तरीको माईस्थानमा भएको सडक दुर्घटनाको समाचार प्रकाशन–प्रसारण गरेको विषयलाई लिएर रेडियो दर्पणका पत्रकार गीता चिमोरिया र बर्दिबास खबर दैनिकका सम्पादक सन्तोष
पोखरेललाई केही व्यक्तिले ज्यान मार्ने धम्कीसहित गाली गलौज र दुव्र्यबहार गरेको सामुदायिक रेडियो पत्रकार सञ्जालले जनाएको छ । सञ्जालको यसप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सञ्जालद्वारा जारी विज्ञप्तिमा ‘समाचारको बारेमा चित्त नबुझेको खण्डमा कानुनी प्रक्रियामा जान सकिने व्यवस्था हुँदाहुँदै पनि समाचार प्रकाशन प्रशारण गरेकै आधारमा महिला पत्रकारमाथि दुव्र्यवहार गर्ने र पत्रकारलाई ज्यान मार्ने धम्की दिनु प्रेस स्वतन्त्रता विरूद्धको गतिविधि हो भन्ने हाम्रो सञ्जलको ठहर छ’ उल्लेख गरिएको छ । आफ्नो कर्तव्य निर्वाह गरिरहेका सञ्चारकर्मीहरूको कार्यकक्षमै पुगेर अपशव्द प्रयोग गर्दै गाली गलौज गर्नुको साथै ‘जे पनि गर्न सक्ने’ धम्की दिनेजस्तो निन्दनिय कार्य गर्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्न सञ्जालले माग गरेको छ । अन्यथा सञ्जालले कडा कदम चाल्न बाध्य हुने सञ्जालका सचिव सुरेश बिडारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।



SHARE THIS

Author:

Facebook Comment