काठमाडौं, १० माघ । नेपाली राजनीतिक वृत्तमा सत्ताका चतुर खेलाडीको रूपमा विजयकुमार गच्छदारपनि एक हुन् । कुन दलमा र कस्तो मुद्दा लिएर राजनीति गर्दा सिंहदरबारमा बास पाइन्छ भन्ने हिसाब किताब निकाल्न सक्षम र सफल नेता
गच्छदारले २०६४ सालपश्चात् मधेश मुद्दामा राजनीति गर्र्दै आएका छन् । उपप्रधान, भौतिक योजना, गृह र रक्षा मन्त्रालय सम्हाल्न सफल गच्छदारको मधेश यात्रामा आममधेशीले केही पनि पाउन सकेन । सत्तामा जानका लागि जस्तोसुकै पनि सम्झौता वा सहकार्य गर्न पछि नपर्ने, सत्तामा पुगेपछि मधेशीइत्तरका व्यक्तिहरूलाई लाभ दिने, मधेश मुद्दालाई सिंहदरबारको प्रवेशपत्रको रूपमा प्रयोग गर्ने र आवश्यकताअनुसार मुद्दा खेलाउने चतुर खेलाडी गच्छदारकै कारण मधेशमा दर्जनौं समस्या थाँती बसेको छ । नागरिकता, सेनामा सामूहिक प्रवेश, हुलाकी सडक र गृह प्रशासनमा समावेशिताको आधारमा स्थानलगायत सयौं विभेदकारी निर्णयहरू भएको छ । मधेशको मुद्दामा राजनीति गर्ने तर मधेश पक्षीय कार्य नगर्ने गच्छदार समूह यसपटक पनि समानुपातिक सभासद्को चयनमा मधेशी
मतको मानमर्दन गरेको छ ।
मधेश विद्रोहपश्चात् पटक–पटक सरकारमा गएका पार्टी नेतृत्व सम्हालेका गच्छदार समूहले मधेशवादलाई साधनको रूपमा प्रयोग गर्दै आएका छन् भने उनका निर्णयहरूका कारण मधेशवाद बदनामसमेत भएको छ । उनीमाथि मधेश विरोधी रहेको आरोपहरूसमेत लाग्दै आएको छ । गृहमन्त्री हुँदा मधेशमा गैरन्यायिक हत्या गराउने, गैरन्यायिक हिरासत, नागरिकता समस्याको समाधान नगराउने, गैरमधेशीलाई अवसर उपलब्ध गराउने र मधेशी दलहरूबीच फुटको राजनीतिलाई प्रश्रय दिनेजस्ता आरोपहरू लागेको छ । मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)का अध्यक्षसमेत रहेका गच्छदार जहिले पनि कुनै न कुनै बहानामा चर्चामा नै रहन्छन् । त्यसको कारण हो उनका कार्यशैली र वक्तव्यहरू । चुनावअघि उनी ‘म प्रधानमन्त्री बन्छु’ भन्ने अभिव्यक्ति दिएका थिए । तर चुनाव परिणामपश्चात् उनी कांग्रेसलाई खुशी तुल्याएर आफ्नो स्थान सुरक्षित गर्न वक्तव्यबाजी गरे । अहिले समानुपातिक सभासद्को चयनको विषयमा लगभग सबै राजनीतिक दलहरूमा विवाद देखिएको छ । तर, गच्छदारको पार्टीमा भने अलि फरक किसिमको कुराहरू आएको छ । गच्छदारले समानुपातिक सभासद् चयनमा ठूलै रकम लिएको कुराहरू सञ्चारमाध्यमहरूमा आएको छ र उनले सो आरोपको खण्डनसमेत नगरेर मौन समर्थन गरेका छन् । पार्टी कार्यालयसमेत नदेखेका व्यक्तिहरूलाई गच्छदारले पैसाको भरमा समानुपातिक सभासद् चयन गरेको आरोपहरू लागिरहेको छ । मधेशीलाई गाली गर्ने, मधेशीलाई देश निकाला गर्नुपर्ने जस्ता वक्तव्य दिँदै हिंडेका व्यक्तिहरूलाई पनि फोरम लोकतान्त्रिकको सभासद् बनाइएको छ । गच्छदारको यस्ता मधेश विरोधी कार्यहरूले गर्दा पार्टीका युवा नेताहरूसमेत आक्रोशित भई पार्टी कार्यायमा ताल्चा लगाउँदासमेत कुनै लोकलाज भएन । चुरे भावर पार्टीका पूर्व पदाधिकारी डा. सुबोध पोखरेल, गीता क्षेत्री राना र डा. बाबुराम पोखरेलहरू जसको नाम यसअघि कहिल्यै मधेश वृत्तमा सुनिएन । पार्टी र मधेश मुद्दामा लगानी गरेकाहरूलाई पन्छयाउँदै मधेशीलाई विदेशी ठान्नेहरू र मधेश आन्दोलनमा कुनै भूमिका नरहेका व्यक्तिहरूको चयनले उनीमाथि शंका उब्जाएको छ । यस्ता निर्णयका पछाडि आर्थिक लेनदेन मात्र रहेको आरोप लाग्दै आएको छ । यी र यस्ता दर्जनौं क्रियाकलापबाट गच्छदारले आफूलाई मधेश विरोधी नेताका रूपमा स्थापित गर्दैछ । कहिल्यै जनै लगाउनेलाई जनजातिको तर्फबाट सभासद् बनाइदिन्छन् त कहिले एक मधेश प्रदेश हुँदैन भनर मधेशभरि भन्दै हिंड्छन् । उनले जहिले पनि आफ्नो व्यक्तिगत स्वार्थका लागि पार्टी र मधेश मुद्दालाई प्रयोग गर्दै आइरहेका छन् । उनले मधेशी जनजातिको कोटाबाट जितेन्द्र देवलाई समेत सभासद् बनाई छाडे । उपल्लो जातका देवले पदको लोभमा आफूलाई जनजाति बनाए । गच्छदारले संविधानसभामा चौथो शक्ति बन्नका लागि साना १२ दलहरूसँग मिलेर मोर्चाबन्दीको तयारी गर्दैछन् । अहिले जारी मधेशकेन्द्रित तीन दल तमलोपा, फोरम नेपाल र सद्भावनाको एकीकरणको प्रयासभित्र आफूले स्थान नपाउँदा र यी तीन दल नै चौथो शक्ति बन्ने सम्भावना देखिरहँदा गच्छदारले यसलाई तह लगाउन मधेशी र गैरमधेशीसहित फरक मोर्चाबन्दी गर्न लागेको स्रोतको दाबी छ । तीन पार्टीको सभासद् संख्या २७ हुनेछन् भने गच्छदार मोर्चामा ३५ जना सभासद् हुनेछन् । स्रोतका अनुसार गच्छदारले माघ १३ गते नयाँ मोर्चाको घोषणा गर्नेछन् । नयाँ बन्ने मोर्चामा फोरम लोकतान्त्रिक, राष्ट्रिय मधेश समाजवादी पार्टी, तराई मधेश सद्भावना पार्टी, फोरम गणतान्त्रिक, संघीय सद्भावना पार्टी, मधेश समता पार्टी, संघीय समाजवादी , परिवार दल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरूहट), नेपाः पार्टी, थरूहट तराई पार्टी र खम्बुवान राष्ट्रिय पार्टी रहेका छन् । नयाँ बन्ने मोर्चाको नेतृत्व गच्छदारले नै गर्ने स्रोतको भनाई छ । उक्त मोर्चामा अन्य साना दलहरू जनजागरण पार्टी, समाजवादी जनता पार्टी, अखण्ड नेपाल, दलित जनजाति पार्टीलाई पनि समेटिनेछन् ।

Nepalese Rupee Exchange Rate