वीउवासंघ तथा बाराका प्रहरी उपरीक्षक वीच भेटघाट तथा छलफल

वीरगंज ।
वीरगंज उद्योग वाणिज्य संघमा आज बारा जिल्लाका प्रहरी उपरीक्षक इश्वर बाबु कार्की र वीउवासंघका पदाधिकारी एवं कार्यसमिति सदस्यहरु वीच भेटाघट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
वीउवासंघका अध्यक्ष अशोक वैधको
सभापतित्वमा सम्पन्न भएको सो छलफल कार्यक्रममा अध्यक्ष वैधले यस क्षेत्रको आर्थिक तथा औद्योगिक विकासको लागि वीउवासंघले गरेका योगदान तथा संघको ऐतिहासिक गतिविधिहरुको बारेमा प्रउ कार्कीलाई जानकारी गराउनुभयो  । अध्यक्ष वैधले आर्थिक विकासका लागि सुरक्षा व्यवस्था पूर्वाधारकै रुपमा रहेको विचार व्यक्त गर्नुभयो । उहाँले पर्सा बारा भौगोलिक रुपमा छुट्टिएको भएतापनि औद्योगिक एवं व्यापारिक क्रियाकलापका कारण
दुबै जिल्ला वीचका अन्तरसम्बन्ध नछुट्टिने किसिमको रहेको बताउनुभयो ।
कार्यक्रममा प्रहरी उपरीक्षक कार्कीले शान्ति सुरक्षा प्रभावकारी बनाउन आफू सदैव प्रतिवद्ध रहेको र अपराधिक गतिविधि नियन्त्रण गर्न आफू कुनै किसिमको प्रभाव तथा दवाबमा नपरी कार्य गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले शान्ति सुरक्षाको विषमा आफूले प्रचलित कानुनलाई नै प्रभावकारी ढंगले कार्यान्वयन गर्ने आफ्नो उदेश्य रहेको विचार व्यक्त गर्दै आर्थिक विकासका लागि शान्ति सुरक्षा अपरिहार्य रहेको बताउनुभयो ।
 धन्यवाद ज्ञापन गर्दै संघका महासचिव गोपाल केडियाले प्रउ कार्कीद्वारा अभिव्यक्त प्रतिवद्धताले सार्थकता पाओस भन्ने सुभेच्छा व्यक्त गर्दै आगामी दिनहरुमा समेत यस किसिमका भेटघाट तथा छलफलले निरन्तरता पाउने विश्वास ब्यक्तगर्नुभयो ।


SHARE THIS

Author:

Facebook Comment