डा. केसीले १४ दिन पछि अनसन तोडे

काठमाडौं, माघ १० । सरकारले आफ्ना सबै माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि १४ दिनदेखि आमरण अनसनमा बसेका डा. गोविन्द केसीले आज अनसन तोडेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले गएराति अनशनस्थलमै पुगेर
सरकारका तर्फबाट माग पूरा गर्ने प्रण गरेपछि डा. केसी अनशन तोड्न राजी भएका हुन् ।
मन्त्रिपरिषदको हिजो बसेको बैठकले डा. केसीसँग वार्ता गर्न बाँस्कोटाकै संयोजकत्वमा चार सदस्यीय टोली गठन गरेको थियो । टोलीले दिनभरि विभिन्न पक्षसँग छलफल गरी सहमतिका बुँदा तय गरेको थियो ।
अहिले नेपाल चिकित्सक संघका पदाधिकारीसँग स्वास्थ्य मन्त्रालयमै एक चरण वार्ता गरी सहमतिलाई अन्तिम रुप दिने बताइएको छ । सचिव बाँस्कोटाले अनशनस्थलबाटै सहमतिका बुँदा सार्वजनिक रुपमा पढेर सुनाएपछि डा. केसीले अनशन तोड्ने तय भएको हो ।

SHARE THIS

Author:

Facebook Comment