'नेपाली मिडिया भ्रमको पर्याय’, पूर्वयुवराज पारसबारे भ्रमपूर्ण समाचार फैलाइयो


जनकमान डंगोल
मलेसिया/
सन्तोषकुमार मिश्र/
वीरगंज/नेपाली मिडियामा ‘बिग हाउस’को खोल ओढेर जनतालाई भ्रमित पार्ने संचारगृहको चर्तिकलाले सिंगो विश्वको संचारजगत गन्हाउन थालेको छ ।
ठूला संचारगृहद्वारा संचालित रेडियो/टिभी/पत्रिकामा प्रशारित/प्रकाशित समाचार जहिले पनि सत्य नै हुन्छ भन्ने जनमानसिकताको फाइदा उठाउँदै आफ्नो व्यक्तिगत लाभकोलागि ठूला र लोकप्रिय व्यक्तित्वहरूलाई निशाना बनाई आफ्नो दूनो सोझ्याउने खेलमा लागेका नागरिक न्यूज, इमेज खबर, विदेशी लगानीमा संचालित हिमाल खबर पत्रिका, नेपालकै १ नं.मा रहेका अनलाइन खबर तथा बहुचर्चित सेतोपाटी र तिनीहरूको समाचारलाई कपि पेष्ट गर्दै पत्रकार भनाउँदाहरूको चर्तिकलाले निचता र घिनलाग्दो पत्रकारिताको पराकाष्ठा नाघ्न थालेको छ ।
यसको पछिल्लो शिकार बनेका छन्, पूर्व युवराज पारश शाह । आफ्नो निजि व्यक्तिगत कामको सिलसिलामा जुलाई ९ तारेख अर्थात असार २५ मा हाल बस्दै आएको स्थान चियांगमाई थाईल्याण्डबाट थाइल्याण्डको राजधानी बैंकक जानु भएका पूर्वयुवराज पारस शाहको विषयमा नागरिक न्युज, इमेज खबर लगायतले ‘पूर्वयुवराज पारस शाह बैंककमा गाँजा सहित पक्राउ” शीषर्कमा समचार संप्रेषण गरेर भ्रम फैलाउने राम्रै प्रयास गरेका रहेछन् ।
देश र देशवासीकोलागि शान्तिको
कामना गर्न बैंकको फुकेटस्थित
बौद्ध गुम्बामा प्रार्थना गर्नुहुँदै
पूर्व युवराज पारस विक्रम शाह ।   
समाचारलाई विश्लेष्ण गरेर हेर्ने हो भने समाचारको सत्यतामा विश्वास गर्ने कुनै आधार देखिदैन । समचार सत्य थियो भने समाचारमा उल्लेख भए अनुसार  १० तारिखमा घटना भनिएको छ तर १५ तारिखमा समचार छापिएको देखिन्छ भने घटनाको ५ दिन पश्चात समचार छापिनु आफैंमा आश्चर्यजनक छ । बैंककमा रहेको पुर्वयुवराज शाहको निकटवर्ती मित्र एवं शिवसेना नेपाल थाइल्याण्डका अध्यक्ष सुमन अधिकारीसँग ‘अनलाईन र अन्य संचारमाध्यमहरूमा पूर्व युवराज पारस शाहबारे आएको समाचारबारे जिज्ञासा राख्दा  उनले १० तारिख हैन ९ तारिखको दिन आफ्नो निजि कामको सिलसिलामा पूर्वयुवराज पारस शाह हाल बसेको स्थान चियांगमाईबाट थाई राजधानी बैंकक पाल्नु भएको हो र यात्रा हवाई जहाज मार्गबाट भएको हो, बैकक बसोबासको दौरानमा पूर्वयुवराजको हैसियतले देश र जनताको शान्तिको कामनाको साथ थाइको चर्चित बौद्ध गुम्बामा पुजा पाठ र प्रार्थना पनि गर्न भएको हो र २ दिनको बसाई पछी हाल बस्दै आएको चियांगमाई मा फर्किनु भएको हो भनि जानकारी दिंदैं अध्यक्ष अधिकारीले भने, ‘युवराज अहिले ठीक छन्, बाहिर आएको समाचारमा कुनै सत्यता छैन । अहिले युवराज सरकार बैंककमा होइन चियांगमाई मा हुनुहुन्छ । सरकारको केही दिन भित्र नेपाल फर्किने योजना थियो, नेपालमा राजसंस्थाप्रति जनताको बढ्दै गएको लोकप्रियतालाई कमजोर पार्दैै जनतालाई भ्रमित पार्ने योजना अन्तर्गत यो झुठो र भ्रमित समाचार बाहिर ल्याइएको हो । शिवसेना नेपाल थाइल्याण्डको तर्फबाट अध्यक्षको हैसियतले सो भ्रमपूर्ण समाचारको खण्डन गर्दै घोर भत्सर्ना गर्दछु ।’
पूर्व युवराज पारस शाह बैंकक जाँदै,
साथमा शिवसेना नेपाल
 थाइल्याण्डका अध्यक्ष सुमन
शिवसेना नेपाल थाइल्याण्डका अध्यक्ष सुमन अधिकारीले अगाडी भने, ‘सरकारको फिर्ति सवारीले राष्ट्रियता बलियो हुने संकेत देखिएपछि देशद्रोही नेताहरू तर्सिएर आफ्ना केही भरौटे पत्रकारहरूमार्फत यस्तो झूठो र भ्रमपूर्ण समाचार प्रकाशन गर्न लगाएका हुन् ।’ ‘म सम्पूर्ण राष्ट्रप्रेमी नेपालीहरूमा भ्रमपूर्ण समाचारमा विश्वास नगर्न अपिल गर्दछु ।’
‘नागरिक न्युज अन लाईन देखि सेतो पाटी, अन लाइनलगायतमा छापिएको समाचारको कुनै विश्वसनीयता छैन’ मृत्युको मुखमा पुगेर फर्किएको मान्छे हुनुहुन्छ पारस शाह’ यसरी मृत्युको मुखबाट फर्केर आउनुमा आफ्ना देश तथा विदेशमा रहनु भएको करोडौं नेपालीहरूको प्रार्थना, माया र सद्भाव छ भने उहाँले लागु औषध त परै जावस चुरोट पनि पिउनु हुन्न’ राजा र राजपरिवारको बढ्दो लोक प्रियता देखेर राजपरिवारलाई बदनाम गर्न यो समाचार प्रकाशित गरिएकोमा कुनै दुईमत छैन ।’
हुन त हल्लै हल्लाको भरमा र व्यक्तिगत फाइदाकोलागि बहुचर्चित व्यक्तित्व, संस्थालगायतका बारेमा भ्रमपूर्ण समाचार संप्रेषण गरी आफ्नो दुनो सोझ्याउने काम नागरिक दैनिक, अनलाइन मिडियाहरू र कपिपेस्ट पत्रिका तथा रेडियोहरूकोलागि यो कुनै नयाँ विषय होइन ।
यस अघि पनि पूर्व युवराज पारस शाह विरामी हुँदा मृत्यु भइसकेको खबर प्रकाशित गर्ने मिडियाहाउसको विश्वसनियता उतिखेरै ओरालो लागिसकेकै हो । केही महिना अगाडी मात्र दिलशोभा श्रेष्ठद्वारा संचालित ‘आमाघर’ बारे भ्रमपूर्ण समाचार प्रकाशन गरेको र पछि नागरिक दैनिकले सार्वजनिक रुपमै पत्रिकाबाटै खबर मिथ्या, कपोल्कल्पित र भ्रामक रुपले प्रकाशित हुन गएकोमा दिलशोभा श्रेष्ठसँग माफि मागेको घटना अहिले ताजै छ ।
करोडौं नेपालीको आस्थाको केन्द्र रहेको राजसंस्था र राजसंस्थाकाका सदस्यहरूको बारेमा भ्रम फैलाएर सम्पूर्ण नेपालीहरूको भावनामाथि खेलवाड गरी भ्रमको खेती गर्ने यस्ता संचारमाध्यमलाई समाजबाट बेलैमा वहिष्किृत नगरिए भोलिको दिनमा नेपाली मिडियाको छवि अन्तर्राष्ट्रिय स्तरमै धुमिल हुन जानेमा दुइमत छैन ।
प्रकाशित मिति:२०७१ साउन १ गते बिहीवार
इ पेपरमा पढ्न यहाँ थिच्नुहोस्

SHARE THIS

Author:

Facebook Comment