भ्रामक समाचार छाप्ने पत्रिकामाथि कारवाहीको माग


क्राइमचेक प्रतिनिधि/
वीरगंज/पत्रकारिताको मर्म र नीति विपरित कपोलकल्पित र मनगढन्ते समाचार प्रवाह गरेर जनतामा भ्रम फैलाउने कार्यमा संलग्न एक दैनिक पत्रिका र त्यस पत्रिकासँग आवद्ध सम्पादकदेखि समाचारदातासम्मलाई कारवाहीको माग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाइएको छ ।
वीरगंज ३ की महिला अन्नपूर्ण मानन्धरको नेतृत्वमा गएको महिलाहरुको समुहले वीरगंजबाट प्रकाशित हुने आलिसान दैनिक पत्रिका उपर कारवाहीको माग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
आलीशान दैनिकले झुटा अफवाह, कपोलकल्पीत , भ्रामक र आपत्तिजनक लज्जास्पद शब्दहरु प्रकाशित गरी वीरगन्जका प्रतिष्ठित व्यक्तिहरुको छोरी बुहारीहरुलाई जोडेर मानमर्दन हुने गरी बेईज्जत गर्ने गरेको जनाउँदै वीरगन्ज ३ की महिला अन्नपूर्ण मानन्धरको नेतृत्वमा गएको महिलाहरुको समुहले पत्रिका उपर कारवाहीको माग गरेको हो ।
सामाजिक रुपमा अनैतिक मानिने क्रियाकलापहरु गरेको, दाजु बहिनी बीचमा शारीरिक सम्बन्ध भएको, देहब्यापार गर्ने गरेको जस्ता हुदै नभएका कपोलकल्पीत कुरा समेटी आपत्तिजनक लज्जास्पद शब्दहरु प्रयोग गरिएका सामाग्रीहरु बारम्बार पत्रिकामा प्रकाशित गरिएपछि आक्रोशित महिलाहरूको समुहले समुहले कारवाहीको माग गरेको हो ।
ज्ञापनपत्रमा पत्रिकाका प्रकाशक शेष जलसोदिन, प्रधान सम्पादक सरोज खड्का, सम्पादक राजन कुमार सिंह, कार्यकारी सम्पादक पवन कुमार सर्राफ, सह सम्पादक मुस्तफा अंसारी, व्यवस्थापक मेहबुब अलि (शेरु) र रामनाथ साह सहित पत्रिकालाई मानमर्दन गरेको, गाली बेईज्जती गरेको, महिला हिंसा गरेको जनाउँदै सार्वजनिक अपराध अन्र्तगत मुद्दा चलाई कडा भन्दा कडा कारवाहीको माग गरिएको छ ।
अन्नपूर्ण मानन्नधरसहित मुन्नी श्रीवास्तव, सीता पटेल, उषा श्रीवास्तव, राधिका देवी, चम्पा देवि, पुनम श्रीवास्तव, कमला श्रीवास्तव, रबिया खातुन, बरकतुन नेसा, जैनब खातुन, रोशन जहान, लैली खातुन, आबता खातुन, राजकुमारी देवी, प्रमिला देवी, कमला सरार्फ, सियापति ठाकुर, सिला देवी, गीता लामा, संध्या भट्ट , हीरा काजी, कलावती देवीलगायतद्वार हस्ताक्षरित सो विज्ञप्ती बुझ्दै पर्साका प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजिमयले आफूले त्यस्तो सामाग्री प्रकाशित गर्ने पत्रिका र पत्रिकासंग सम्बन्धित व्यक्तिहरुलाई कारवाही गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको अन्नपूर्णा मानन्धर जानकारी दिनुभयो ।
–अमित अग्रवालको सहयोगमा ।
 प्रकाशित मिति:२०७१ साउन १ गते बिहीवार
इ पेपरमा पढ्न यहाँ थिच्नुहोस्

SHARE THIS

Author:

Facebook Comment