सन्दर्भ: एमाले महाधिवेशन
नवौं महाधिवेशन राजधानी काठमाण्डौमा हुने मिति निश्चित भएपछि नेकपा एमाले दलभित्र दुई दशकदेखि दलमाथि पकड जमाएर बसेको नेता माधवकुमाार नेपाल र अर्का नेता केपीओलीबीचको उम्मेदवारीको विषयलाई लिएर सिंगो एमाले दल दुई चिरामा विभक्त हुने हो कि ? भन्ने प्रश्नभित्र दलका नेता र कार्यकर्ताहरूबीच रस्साकस्सीको वातावरण अर्थात राजनीतिक तर·ले उत्कर्ष लिएको समयमा नवौं महाधिवेशनभित्रको चुनावी परिणाम केपी ओली पक्षधरहरूको एक तिहाई बहुमतले बिजयी हुनु अर्थात नौलो किरणको उदय भए सँगसँगै दलभित्रको रस्साकस्सी यतिखेर मत्थर भएको छ ।भनिन्छ, ‘ढिलै भएपनि छोरो नै पायो’ भन्ने उखानको चरितार्थ यतिखेर नेकपा एमालेको नवौं महाधिवेशनको चुनावी परिणामले खुलासा गरेको छ । क. मदन भण्डारीको आकस्मिक दुर्घटना भई मृत्युवरण भएपछि नेता मनमोहन अधिकारीसँगसँगै नयाँ नेतृत्वको पकडमा अकस्मात हालीमुहाली गर्न पुगेका क. माधव नेपाल दुई दशक लामो अवधिसम्म एमालेमा जबरजस्त पकड जमाउन सफल व्यक्तिले नवौं महाधिवेशनको निर्वाचन परिणाममा अध्यक्षपदबाट पराजय हुनु आफैंमा रोचक प्रसँग र कम्युनिष्ट आन्दोलनकालागि शिक्षा अर्थात पाठ पनि हो भनि राजनीतिक विश्लेषकहरूबीच चर्चाको विषय बनेको छ । एमालेको ‘जबज’को जन्मदाता क. मदन भण्डारीको मृत्युपछि एमाले भित्रको ‘जबज’को नीतिको नाममा सिंगो दल हुनुपर्छ भनि ओठे भक्ति र नारामा सीमित राखेर आफ्नो मनपरि कार्यनीति अख्तियार गर्ने क. नेपाल यथार्थमा सिंगो नेकपा एमालेलाई भाई काँग्रेसको भुखुण्डो भित्र्याउने जन्मदाताको रुपमा परिचित क. नेपाल र नेपाल पक्षधर यतिखेर विखलबन्दमा परेका छन् रे झ् किन ?
लामो समयदेखि छिमेकी राष्ट्र भारतलाई गान्धी परिवारले सिंगो भारतलाई नियन्त्रण गरेर राज्यको सियासत चलाएर आएका परिवार पनि हालैको आम निर्वाचनमा लज्जास्पद हार व्योहोरेर विपक्षी समेत बन्न नपुग्ने संख्यामा सीमित हुन पुगेको काँग्रेस आई अर्थात राज्य सियासतका मालिक सोनिया गान्धि लोकसभामा श्रीपेच बिनाको राजा बन्न पुग्नु र भारतीय जनता पार्टीको बहुमतको सरकार बन्नुले प्रत्यक्ष असर नेकपा एमालेमा पर्न गएको यो तितो यर्थात हो भनि राजनीतिक विश्लेषकहरू ठोकुवा पनि गर्दैछन् ।
छिमेकी राष्ट्र भारतमा आम निर्वाचन पछि लगत्तै पहिलो निर्वाचन हुन पुगेको नेकपा एमालेको महाधिवेशन भित्रको चुनाव परिणाम यथार्थमा माधव नेपाल र नेपाल पक्षधरहरूलाई पक्कै पनि गम्भीर बनाएको छ । दलभित्रबाट नै ओझेलमा पर्न पुगेका नेपाल र नेपाल पक्षधरहरू कुहिरोको काग बन्न पुगेको छ । नेपाली काँग्रेस सँगसँगै नेकपा एमालेको चरित्र एकै हुन पुग्नुले पनि क. माधव नेपालको नेतृत्व दल नेकपा एमाले नाम मात्रको कम्युनिष्ट पार्टी बनेको त पक्कै पनि हो । कम्युनिष्ट सिद्धान्त, एवं नीति तथा जबजलाई थांति राखेर सिंगो नेपाल एवं नदिनाला भारतसामु सुम्पेको सारा नेपालीले अनुभूति गरेको विषय हो । यसरी अर्थ, उद्योग, व्यापार, शिक्षा एवं स्वास्थ्य नीति भारतपरस्त अख्तियार गरेर प्रधानमन्त्री पद कब्जा गर्ने कुराजनीतिक संस्कारबाट हुर्केका क. माधव नेपाल र नेपाली काँग्रेसको नेतृत्व पंक्ति वास्तवमा दलभित्र मात्र नभएर सिंगो राष्ट्रको देशद्रोही पनि हो ।
यसर्थ ढिलै भएपनि समयमा नै नेकपा एमालेले यस्ता शिखण्डीलाई पाखा लगाउन सकेकोमा आम नेपालीहरूमा खुशीयाली छाएको छ । दलभित्रबाट पाखा लगाएर, बढारिएर गएको विषय आफैंमा स्वागत योग्य हो । र क. केपी ओली एवं ओली पक्षधरहरू आम नेपाली जनताका बधाईका पात्र बनेका छन् ।
अन्त्यमा आम जनताका बधाईका पात्र बन्न पुगेका क. केपी ओलीले अर्थ, उद्योग, व्यापार, शिक्षा एवं स्वास्थ्य नीतिलाई सिंगो नेपाल राष्ट्रपरक राष्ट्रवादमा रुपान्तरण गर्न कम्मर कसेर लागेमा खाडी राष्ट्रमा दैनिक तीन/चार हजार युवायुवतिको लस्करमा पूर्ण विराम पक्कै पनि लाग्ने छ ।
यसर्थ समृद्ध राष्ट्र बन्न कोशेढुंगा साबित हुने सुनौलो अवसरबाट क. केपी ओली र ओली पक्षधर तमाम कार्यकर्ताहरू चुक्ने छैनन् कि ?
प्रकाशित मिति:२०७१ साउन १ गते बिहीवार
इ पेपरमा पढ्न यहाँ थिच्नुहोस्