वीरगंज,१५ जेठः पर्साको ठोरी गाविसकी १४ वर्षिया एक किशोरी सामुहिक बलात्कारको शीकार भएको तथ्य प्रकाशमा आएको छ । ठोरी स्थित आफन्तको घरमा बस्दै आएकी किशोरीलाइ स्थानीय तीन जना युवकले गत जेठ ७ गते राति बलत्कार गरे पनि घटना आज सार्वजनिक भएको हो ।
पिडित किशोरीले आफुलाइ तीन जना युवकले सामुहिक बलात्कार गरेको भन्दै आज इलाका प्रहरी कार्यालयमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो । ठोरीका २० वर्षिय अविनाश साह , २० वषकै मन्नु चोधरी र २० वर्षकै सोहन खवासले जेठ ७ गते राति आफुलाइ घर देखि उत्तर तिरको कुलो नजिक लगेर सामुहीक बलत्कार गरेको पिडित किशोरीले बताएकी छन ।
तीन जना मध्ये मन्नु र सोहनको सहयोगमा अविनाशले जबरजस्ती करणी गरेको पिडित
किशोरीले उजुरीमा उल्लेख गरेको प्रहरी निरिक्षक वीरेन्द्र पनेरुले बताउनु भयो ।आफु घरमै बसेका बेला आफनो भाइ मार्फत उनिहरुले घर बाहिर झुक्याए बोलाएको र जबरजस्ति कुलो नजिकै लगेर जबरजस्ती करणी गरेको युवतीको भनाइ छ ।
ती युवकले जबरजस्ती गरिरहेका बेला युवतीका भिनाजु खेतमा पानी लगाउन पुग्दा तीनै जना युवकहरु फरार भएका थिए । बलात्कारका घटना बारे त्यही दिन आफन्तलाइ जानकारी गराउँदा पनि समाजमा इज्जत प्रतिष्ठा जाने डरले आफन्तले उल्टै हप्काएर घटनालाइ ढाकछोप गर्ने प्रयास गरेको पिडित किशोरीले नै बताएकी छन ।
बलात्कारको घटना पछि पिडित किशोरी भारतको जमुनिया स्थित मामा घरमा गएर बसेकी थिइन् ।घटना बारे गाँउघरमा हल्ला फैलिएपछि स्थानीय महिला अधिकारकर्मीले प्रहरीलाइ जानकारी गराएपछि हिजो इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरिक्षक वीरेन्द्र पनेरुले पिडित किशोरीलाइ मामा घरबाट झिकाएको स्थानीय महिला अधिकारकर्मी भगवती धितालले बताउनु भयो । बलात्कारमा संलग्न युवकहरु फरार रहेको र उनिहरुको खोजी कार्य भइरहेको प्रहरी निरिक्षक पनेरुले बताउनु भयो ।
दोषीलाइ कार्वाहीको माग गर्दै महिला सन्जाल ठोरी , पारा लिगल कमिटी ठोरी लगायतका महिला अधिकारवादी संघसंस्थाहरुले आज इलाका प्रहरी कार्यालयमा दबाब दिएका छन । पिडित किशोरी अहिले इलाका प्रहरी कार्यालयकै संरक्षणमा रहेको प्रहरी निरिक्षक पनेरुले जानकारी दिनु भयो ।उहाले पिडित किशोरीलाइ स्वास्थ्य परिक्षणका लागि भोलि सदरमुकाममा पठाउने र आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइने बताउनु भयो ।