पेशेवर भारतीय अपराधी पक्राउ

वीरगन्ज १५ जेठ, भारतको बिहार राज्यमा आतंकको पर्यायवाची बनेका पेशेवर भारतीय अपराधी  बब्लु दुबे उर्फ मिथलेश दुवेलाई बुधबार अंचल प्रहरी कार्यालय नारायणी वीरगन्जले पक्राउ गरी सार्वजनिक गरेको छ ।
 पहिलो पटक २००१ मा आफनै गाउँको शिवशंकर दुबेलाई घाँटी रेटेर हत्या गर्ने प्रयासपछि जेल परेका बब्लुले त्यसयता पटक पटक गर्दै १० वर्ष जेल सजाय पाइ सकेका छन् ।
भारतकै जेलमा बसी दुवेले अपराधीक व्यक्तिहरु संग मिली बिहार पिपुल्स लिब्रेशन आर्मी नामक अपराधी समूह खडा गरी २००२, २००५, २००७ र २००९ मा पटक पटक बैंक लुटपाट र ३० जना भन्दा बढी भारतीय व्यक्तिहरुको हत्या गरी सकेका छन । दुवेलाई पक्राउ गर्न भारत सरकारले २ लाख पुरस्कारसमेत घोषणा गरेको छ ।

SHARE THIS

Author:

Facebook Comment