राष्ट्रवादी हरेक अवस्थाको निमित्त तैयार हुन्छन
- स्वयम्भुनाथ कार्की
सरकार सम्हालेका उपलब्धी (?) गर्ने नेताहरु मञ्चबाट भाषण गर्न थालेका छन ‘अब संक्रमणकाल सकियो’ । संक्रमणकलाको परिभाषा , अवस्थाआदिको बारेमा अलग अलग दृष्टिकोण हुन सक्ला ।
प्रविधिक बहुमतले परित गरेको संविधान अहिले मुलुकमा कायम छ । लागेको बानी अनुसार यो संविधानलाई पनि उत्कृष्टको पगरी भिराईदैछ । यसै गरेर २०४७को संविधानलाई पनि यिनै मुखहरुले उत्कृष्ट भनेका थिए ।
पाँचबर्षको उमेर तिरै त्यसको विरोधमा नेपालले सशस्त्र विद्रोहको रुपमा ईतिहासमा कहिल्यै भोग्न नपरेको गृहयुद्ध भोग्नु पर्यो । यो संविधान त गर्भैबाट रगतको अभिषेक लिन विवश भयो । तर यी सबै अलग विवेचनका बिषय हुन ।
गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतालाई लामो नरसंहार सहितको विद्रोहको उपलब्धी मानिएको छ । प्राविधिक बहुमत यी उपलब्धीलाई संस्थागत गर्न सफल भए पनि यीनमा लगातार प्रश्न उठेकै छन । यी कुराहरुको विपक्षमा भएकाहरुको मत पाएको दल सत्ताको साझेदार मात्र छैन महत्वपूर्ण भुमिकामा पनि छ ।
उसको तर्क छ २०४७को संविधान रक्षाको सपथ खाएर त्यसैलाई समाप्त पार्न मिल्छ भने त्यही नजिरले यो संविधानले उपलब्धी भनेको कुराको विरोध गर्न पनि मिल्छ ।
यो कुरा उचित हो हैन, वा तार्किक हो हैन त्यो पनि अलग विवेचनको विषय हो । तर ओठमुख सुकाएर यसलाई बदल्न सकिन्न भन्ने तर्क आउनुले अर्थ राख्छ ।
प्राविधिक बहुमतले आफ्नो प्रतिरक्षा गर्न भएभरको बल लगाउनु परेको छ । यो अव लामो समय यी उपलब्धीको रक्षा गर्न समर्थ छैनन भन्ने कुराको संकेत हो ।
राष्ट्रवादी भनिएका शक्तिले लामो संयम देखाएका नै हुन । मुलुकको भलो गर्ने प्रयाप्त मौका दिनको निमित्त धैर्यतापुर्वक र शालिनतापुर्वक प्रतिक्षा गरेकै हुन । आफ्नो मुल्य र मान्यताको अनुकुल होस वा प्रतिकुल त्यसको विरोध वा समर्थनको नाममा गरिने कामले मुलुकको अहित नहोस भन्ने सोचाई राष्ट्रलाई दिएको प्राथमिकता हो ।
यसलाई आफ्नो विजय वा आफु बलशाली भएको भनेर भ्रममा रहनु ठिक थिएन । राष्ट्रवादीहरु हमेशा हरेक स्थितिको निमित्त तैयार हुन्छन । विजय वा पराजयको भन्दा राष्ट्रहितको ज्यादा चिन्ता हुन्छ उनिहरुलाई ।
मुलुकवासीको भावनात्मक एकता निमित्त यी उपलब्धीहरु कति प्रत्युत्पादक छन त्यो हरेक राष्ट्रवादीलाई थाहा छ । छिमेकमा एक राष्ट्रको रुपमा आउन संघीयताको रुप लिएको भारत करिव ७० बर्ष पुग्दा पनि भावनत्मक एकताको निमित्त संघर्ष गर्दैछ ।
उसको सफलतामा वेलावेलामा कावेरी जल विवाद , मुनाक नहर विवाद आदिले प्रहार गर्ने गरेका छन । पुर्वोत्तरका सात बहिनी प्रदेशहरुमा बेलावेलामा उठने गरेका आप्रवासी विरोधका आन्दोलनले यो भावनात्मक एकता प्रारंभिक चरणमा नै रहेको झल्को दिन्छन ।
तर रियासत, नवावी आदि विभिन्न नामका देशहरु जोडेर एउटा बनाउन भारतसंग संघीयता भन्दा अर्को विकल्प नै छैन । तै पनि अझै सात प्रदेशहरु केन्द्रिय प्रशासन अन्तरगत छन , अर्थात केन्द्रिकृत नै राख्नुपर्ने विवशता छ ।
नेपालको केन्द्रिय मन्त्रालयहरु बीच नै त्यो सम्हाल्ने मन्त्रीहरुको दलको फरकले एक अर्काको प्रतिद्वन्दीको जस्तो व्यवहार गर्दै रहेको कसैबाट छुपेको छैन । यस अवस्थामा विभिन्न प्रान्तहरु बीच सौहार्दतापुर्ण सम्वन्ध रहला भनेर सोच्नु त सुखकर नै होला तर के यो वास्तिविकता होला त ?
त्यसैले सर्वसाधारण जनता प्राविधिक बहुमतले उपलब्धी मानेका कुराहरुलाई अपनाउन संकोच गर्दैछन । यो परिवर्तनको निमित्त भनेर हजारौ नागरिकको ज्यान गईसकेको छ । त्यसैले यदि यसलाई उपलब्धी सावित गर्न सकिएन भने त्यो ज्यान जाने कारणलाई अपराध मानिने छ । त्यसैले ओठमुख सुके पनि हरेक मञ्चबाट प्रतिरक्षा गर्ने पर्ने विवशता छ ।
यी बेचैनी र मलुकको प्रवन्ध गर्न देखिएको असफलताले गर्दा मुलुकको अस्तित्व खतरामा परेको देखिन्छ । मुलुकमा खतरा देख्दादेख्दै कुनै पनि राष्ट्रवादी रमिते भएर बस्न सक्दैन । अब मुलुक यथास्थितिमा रहन संभव छैन । मुलुकलाई यो खतराबाट मुक्त गर्ने जिम्मा राष्ट्रवादीको हो ।
पहिलो दिनदेखि नै जनजीवनमा सहजताको अनुभूति हुने गरेर परिवर्तन अवश्यंभावी छ । अव राष्ट्रवादीहरुमा मुलुकको मुहार वदल्ने कार्य योजना हुन आवश्यक छ । त्यो योजना कार्यान्वयन गर्ने योग्यता र क्षमता आफुमा पैदा गर्न मेहेनत गर्नु पर्ने वेला आएको छ ।
मुलुकको निमित्त साहास देखाउनु पर्ने वेला यहि नै हो ।
अव भैसी व्याउनै पर्दछ र व्याउछ पनि । त्यो भैसी दुहेर सदुपयोग गर्न तम्तैयार हुने वेला हो । नेपाल आमाले धेरै हण्डर खाई सकिन अव यो भन्दा धेरै हण्डर हुनु हुन्न ।
विदेशिएका नेपाली नेपाल आमाको मुहार हसाउन फर्काउनै पर्दछ । अव व्यवहारिकरुप मै सावित गर्नु पर्दछ कि राष्ट्रवादी हरेक अवस्थाको निमित्त तैयार रहन्छन ।
हरेक परिवर्तन पछि आफ्नो योगदानको कचौरा थापेर माग्ने हैन ज्यावल लिएर काम गर्ने नेपालीको खाँचो पुरा गर्ने पर्दछ ।
विराटनगर १
(जनआवाज)