–स्वयम्भुनाथ कार्की

नेपाल अहिले चौतर्फी संकटको भूमरीमा छ । सबै तिरबाट ओईरिएको यो संकटको भूमरी टार्न नसकिने अवस्थाको थिएन । अनेकौले आङ्खनो ल्याकत र क्षमताले भ्याएसम्म यो संकटको चेतावनी नदिएका पनि हैनन । तर आङ्खनो जिद्धिमा कसैको कुरा सुनिएन, अन्तत: अहिले नेपालको अस्तित्व नै खतरामा पर्ने अवस्था आयो । ईतिहासमा कहिल्यै यस्तो अवस्था आएको उल्लेख भेटिएको छैन जुन अवस्थाले सम्पूर्ण नेपाली जनतालाई यति धेरै पिडा दिएको होस । सम्पूर्ण नेपाली एक भएर संयमताले कौशल देखाएर सामना गर्नुपर्ने अवस्थामा यसको हल आक्रोसले गर्न खोजिदैछ । यस्ता व्यवहारले संकट झन बढदै जाने निश्चित छ ।
यसै वेलामा छिमेकीले पनि अपरिपक्व व्यवहार देखाई रहेको छ । यो अपरिक्व व्यवहार कालान्तरमा उसको निमित्त पनि प्रत्यूत्पादक हुनसक्छ । सानो होस वा ठूलो हरेक मुलुक भित्र आन्तरिक विवाद हुन्छ, असन्तोष हुन्छ । यस्ता कुरामा धुरा पस्दा भोली आफ्नो त्यस्तै किसिमका असन्तोषले मलजल पाउन सक्छ भनेर नसोच्नु हेपाहा प्रवृत्ति नै हो । हालै भारतिय सांसद किर्ती आजादले सार्वजनिक रुपमा नेपालबाट १५ जिल्ला फिर्ता मागेको खवर संचारमाध्यममा आएका छन । यदि यो सही हो भने विश्वले काश्मिर लगायतका भारतका समस्याहरु पनि अन्तराष्ट्रिय समस्या हुन भन्ने बाटो खुल्न सक्ने तर्फ भारत सरकार सचेत हुनै पर्छ ।
तीनै भारतिय प्रधानमन्त्री मोदीले नेपालमा अरु कुनै विदेशीले नपाएको सम्मान पाए । अहिले नेपालमा तल्लो स्तरको गाली सर्वसाधारण नेपालीबाट पाउदैछन । यहि दिशातर्फ जाने हो भने विश्व मञ्चमा असरदार भूमिकाको निमित्त भारतले गरेको प्रयत्न निरर्थक हुन वेर लाग्दैन । युगौदेखिको नेपालभारतको नजिकको सम्बन्ध सबैभन्दा कमजोर अवस्थामा अहिले देखिएको छ । जनस्तरसम्म एक अर्का बिच शंका पैदा गर्ने प्रयत्न गर्न धेरै शक्तिहरुले प्रयत्न गरेको हुनसक्छ । यस्तोमा रोटी बेटी सम्बन्धको दुहाई मात्र दिएर पुग्दैन ।
रोटीबेटी भन्दा पनि घनिष्ट पारिवारिक सम्बन्ध भारतपाक बीच जनस्तरमा थियो , भारतबंगलादेश बीच पनि थियो । सबै छिमेकीहरुको सम्बन्धको विवेचन गर्ने हो भने भारतको सबैभन्दा सुमधुर सम्बन्ध भएको सहअस्तित्वको छिमेकी नेपाल नै हो भन्ने देखिन्छ । भौगोलिक, पारंपारिक तथा संस्कृतिक सहअस्तित्व रहेकाले नेपालभारत सम्बन्ध भारतपाक सम्बन्ध जस्तो होस भन्ने कसैले पनि चाहानु हुँदैन । सम्बन्धको यो तीतोपन स्थायी राख्ने कि सुमधुर बनाउने भन्ने कुरा सरकार तहबाटमात्र हैन जनताको तहबाट पनि सोचिनु पर्दछ नै ।
नेपालले यो भन्दा पहिले पनि घोषित नै नाकावन्दीको सामना गरिसकेको हो । अघोषित नाकाबन्दीले दुख दिएको पनि छ अझ थप दुख पनि देला । भुईचालोले तहसनहस बनाएको, राजनैतिक अस्थिरताले रनभुल्ल पारेको अनि किंकर्तव्यविमुढ अगुवा भएको अवस्थामा अव थप गुमाउने कुनै कुरा बाँकी छैन । तर २०४७सालसम्मको संविधानले सबै नागरिकलाई एकै र बरावरको नेपाली मानेकोमा अहिले मधेशीपहाडी भनेर नेपाली चिन्ने केहि जमातको कुरा सुनेर त्यस्तो नागरिक फरक गर्ने कुरालाई काँध हाल्न हँुदैन । यसले सबै भारतिय एक हुन भनेर आफु भित्र चलाएको अभियानलाई पनि नकारात्मक असर पार्न सक्छ ।
हुन सक्छ कोहीे यस्तो अभियान लिएर समर्थनको निमित्त अनुरोध गर्दा हुन । यो अनुमान मात्र हैन मोदीको फाविसगंज कार्यक्रमको वेला बृहत मधेशी नागरिक समाज विराटनगरले यस्तै एक अनुरोध पत्र दिएको थियो । हिन्दिमा भएको सो पत्रको केही हिस्साको अनुवाद यहाँ प्रासंगिक नै होला । ‘मधेशीलाई दवाउन भगाउन गैर मधेशीलाई यस भागमा पहाडबाट पहाडीलाई षडयन्त्रको रुपमा बसाईएको छ ’। यहि कुरा भारतको कुनै स्थानमा अर्को स्थानबाट ल्याएर बसाएको भनेर भनियो भने के भारत सरकारलाई मान्य हुन्छ ?
यो दावीलाई ध्यानदिन योग्यमान्दा आसाममा विहारी, बंगालीले मिचे भनेर आन्दोलन चलाउने समुहहरुलाई अलगाववादी भन्ने नैतिक अधिकार भारतलाई रहन्छ ? भारतिय जनता पार्टीले काश्मिर विलयको निमित्त भारतिय संविधानमा थपिएको धारा ३७० हटाउने चर्चा चलाउने नैतिक अधिकार राख्छ ? किर्ती आजादले कहिल्यै विवाद तथा दावी नभएको नेपालको १५ जिल्ला माग्दा चीनले युद्ध नै लडेको लद्धाखको बारेमा विश्वले के भन्ला भन्ने सोच राख्नु पर्दैन ? यो स्थिति जहिलेसम्म लम्बिन्छ दुबै तर्फबाट यस्ता कुराहरु आउने गर्दछन ।
आधुनिक नेपाल बनेको तीन शताव्दी पुग्न लागेको छ, तर आधुनिक भारत बनेको पौने शताव्दी मात्र । केही बर्ष पहिलेसम्म सबै नेपाली एक अर्काको सुखदुखको साथी भएर दुख:, गरिवी, अभाव आदिसंग पौठाजोरी खेल्दै आएका हुन । सबैको आत्मामा आज पनि नेपालीपन जीउदो नै छ । हो भारतसंग त रोटी बेटीको साईनो होला तर सबै खाले नेपालीहरुको मुटुको एउटै ढुकढुकी छ । यसलाई छुट्याउने हरेक प्रयत्न लाठोले पानी छुट्याए सरह हो । लाठीको मार रहुन्जेल छुट्टिए झै देखिन्छ त्यसपछि फेरी एकै हुन्छ ।
त्यसैले संवन्धित सबै पक्षले आक्रोस गाली गलौजले हैन संयम र कौशलले समस्या समाधानको उपाय खोज्नु पर्दछ । छिमेकमा लागेको आगो दन्काउन हैन निभाउन सघाउनु श्रेयस्कर हुन्छ । आगोको के भर हुन्छ र छिमेक सकेर आङ्खनैमा पनि सल्कन सक्छ । यसरी सल्केका अनेकौ उदाहरण विश्व इतिहासमा बग्रेल्ती छन । आक्रोशित नेपाली जनमानसले पनि बुझ्नै पर्ने कुरा के हो भने कुनै पनि मुलुकले आफुले छिमेकी रोज्न सक्दैन । अनि छिकेकीसंग न शत्रु न मित्र जस्तो सम्बन्ध पनि हुन सक्दैन, कि शत्रु कि मित्र एक रोज्नै पर्दछ । भरसक छिमेकी मित्र नै भएको वेस, तर शन्तिपूर्ण सहअस्तित्व लगायत पञ्चशिलका सिद्धान्तमा आधारित छिमेकी ।
विराटनगर १
प्रकाशन मिति: २०७२ मंसिर १० गते बिहीवार