–सुनिता राई (सुब्बा)
समय बलवान छ, जसलाई न त रोक्न सकिन्छ न त यस्ले पर्खन्छ नै । उ त आफ्नो गतिमा हिंडी नै रहन्छ । यहीं बलवान समयसंगै देशमा धेरै उतार चढाव अनि परिवर्तनहरु आए, भए वा यसो भनौं गरिए । यतिखेर सबैको ध्यान एउटै विषयमा केन्द्रित छ, माघ ८ मा “संविधान” आउँछ कि आउंदैन होला । अब अढाई हप्ता छ मननको मिति । जन अपेक्षामाथि उपेक्षा नहोस् भन्ने मन्त्र सबैतिर जपिदैछ ।
कति गर्नु क्यार क्यार... नगरी बस्न सकिने अवस्था पनि त छैन । सचेत नागरिकको हैसियतले देशको दशा अनगिन्ति पटक विश्लेषकहरुले नकोट्याएका होइनन, नझक–झक्यएका होइनन् तर सुन्नेहरुका श्रवण शक्ति स्थिर नहुँदा बिस्कुन माथि हुट्टी ट्यांउ कुर्लिनु झैं भएको छ । हो झ् कति गरौँ खै उनै लाज पचेका नेतैको कुरा, धारे हत्केला तेस्र्याई तेस्र्याई कत्ति सरापौं, नाम नलिउ भन्दा नि लिनै पर्छ वाक्क दिक्क भैसकेका जनता जनार्दन यस्सै भन्छन् अचेल ।
एकातर्फ देशको अस्थिरता, अर्को तर्फ चरम महंगी, बेरोजगारी र अभाव सबै कोणबाट जनताकै ढाड सेकिएको छ । वास्तवमै त्राहिमाम छन् जनता । देश १२ बर्षे जनयुद्धमा होमिदा दिलोज्यानले लागेका छिमेकी दिल बहादुर यतिखेर पश्चातापका राप ताप्दै आÇनै परिचय लुकाउदैं डुकुलंठ्यंग रोजगारको लागि छटपटिंदै छन् । कैयौं पात्रहरुको ऊ एक निमित्त हो । हजारौं निर्दोष जनताले दिएका रगतको बलिदान राम्रोसँग ओभिएको पनि छैन तर त्यहि नायक शासकहरुले पुन: शोषण गर्न कत्ति लजाइएनन जुन सामन्तवाद बिरुद्ध सोझासाझा जनतालाई हतियार बनाइएको थियो ।
देशको दिशा दिशाहीन छ । हर एक जनता आÇनै छानोमुनि ढुक्कसँग निदाउन सक्दैनन् अजकल । सुशासनका सुवास छर्ने आफैं दुर्गन्धित भएपछि । जनताको शासन, जनताकै लागि खोइ, कहाँ छ ? बेरोजगारले छटपटीएका देशका खम्बा युवाहरु हरेक दिन हजारौं को संख्यामा विदेशिन बाध्य छन् । यो देशको सबै भन्दा ठूलो दुर्भाग्य हो । यति मात्रै कहाँ हो र ? बेरोजगारको चपेटामा परेकाहरुको कमजोरीको फाइदा उठाउदै युवाहरु दिनदहाडै दलालको हातबाट बेचिएर बिदेशमा अलपत्र परेको र जेलमा कष्ट भोगिरहेका लज्जास्पद, दु:खद समाचारहरुले दुखि कसलाई बनाउदैन । यस्ता बाहिर नआएका घटनाहरु अझ कति होलान् । त्यसमा पनि ऋण गरि गरि सुन्दर भविष्यको सपना बुन्नेहरुको यथार्थ जब अकल्पनीय विदेशी जेलबाट उनीहरुको कथा/व्यथाहरु सुनिन्छ/देखिन्छ संचार माध्यमबाट मन, मस्तिष्क छिया छिया हुन्छन् । कस्ले बुझ्ने ? कस्ले सुन्ने, कस्ले देख्ने यहाँ ? को जिम्मेवार छ यी सब हुनुमा ?
घुमिफिरी उहीं रुम्जैटार भन्ने नेपाली उक्ति झैँ कुरो देश हाक्ने नायाकहरुकै आउँछ । देशको बेथिति नै मूल कारण हो जसलाई हाक दिनेहरु यतिका बर्ष सम्म अन्योलमा रहनु ठूलो दुर्भाग्य हो र त्यसपछि नागरिक आफैं पनि सचेत हुने बेला आइसकेको छ । यदि बिदेशमा जतिकै मेहनत, लगनशीलता स्वदेशमा आÇनै माटोमा गरे, अमुल्य पसिना त्यहि चुहाए अवश्य लाभ हुनेमा दुईमत छैन ।
नेपाली इतिहासलाइ फर्केर हेर्ने हो भने पटक पटक मुर्झिदै ब्युँझिएकि छिन । दुइहजार सातमा, दुइहजार सत्रमा, दुइहजार छत्तिसमा, दुइहजार सडचालिसमा, दुइहजार बैसठ्ठी/तिरसठ्ठीमा जुन जनसागरको परिवर्तनकारी जनाअन्दोलनहरु भए सम्झन लायक छन् तर उपलब्धी जति हुनु पर्ने थियो त्यति हुँदै भएन । हत्केलाको औंलामा जनता नचाउन माहीर नेताहरुले समयसंगै आफुलाई परिवर्तन नगर्दा बाह्या नजरमा यतिखेर नेपाल अत्यन्त नाजुक स्थितिको भीरमा उभिएको छ । आÇनो निर्णय आफैंले गर्न नसक्दा आन्तरिक मामिलामा बाहिरी चलखेल र चासो बढिरहेको छ अहिले । अर्को बिडम्बना के छ भने तिमीसँग यस्तो महत्वपूर्ण खजाना छ र तिमी यो गर्न सक्छौ जाउ गर आँट अरुले भन्नु पर्छ । त्यतिखेर बेशरम हामी आफैंलाइ गिज्याँउदै ताली पिट्छौं ।
लाटो हिसाबले हेर्दा पनि छ बर्ष सम्म देशलाई थारो बनाउने नेताहरुले जुन सुख, सुविधा भोग गरे आ–आÇनो हैसियतको यदि साच्चै उनीहरु म राष्ट्रको सेवक हूँ भन्छन् भने त्यो सुविधा भोगमा पनि कटौती गर्नु पथ्र्यो तर निर्धक्क जिर्ण, देशका लागि भार बनेका केहि नेताहरुले आÇनो स्वास्थ्योपचारमा राष्ट्रको ढुकुटी बाट करोडौं पैसा खर्चिए । महाकाली बाढीबाट सयौं परिवार बेघर भए, परिवार बिहिन, आफन्त बिहिन हुँदा यति सहायता भएन बरु । यतिखेर यस्तो जाडोमा थोत्रे कपडा, झिक्रा, प्लाष्टिक बारी एक ढुकढुकी बचाइरहेका छन् उनीहरु ।
आम समस्या सुल्झ्याउनु भन्दा अझ उल्झाएर स्वार्थको भागबण्डा नमिल्दा देशलाई नै दाउमा राख्न नहिच्किचाउनेहरुको नखरा अब जनताले बुझ्नु पर्ने घडी आएको छ । गुण्डाहरु पालि सत्तामा टिक्नेहरुलाई अब जनता खबरदार गर्छन । हो अब, धैर्यको बाँध टुटिसकेकोछ । कमसेकम आÇनै देशको माटोमा एक फोक्सोभरी स्वास निस्फिक्री सित लिन सकियोस् । यतिखेर सम्पूर्ण जनचाहना र अपेक्षा यहीं नै छ कि माघ आठमा ल्याइने संविधानले छुनुपर्ने आम विषय वस्तुलाई समेट्दै सम्बोधन गरोस् र सदभाव बढाउदै रंगियोस शान्तिको ध्वजा ।
प्रकाशित मितीः२०७१ पुस २४ गते बिहीवार