सन्तोष कुमार मिश्र
राजनीतिक दलहरूले गौरवमय इतिहास बोकेको प्राचीन राष्ट्र नेपालमा युगौं युगदेखिको राजतन्त्र फालेर लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न खोज्दा राज्यको पुरानो संरचना, शासनसत्ताको ठाउँमा नयाँ संरचना निर्माण गर्ने क्रममा जेजस्ता अभ्यास हुँदै आए ती सबै गलत साबित भएका छन् । जसका कारण राजनीतिक दलहरू मात्र होइन सिंगो राष्ट्र असफल र कमजोर भएको छ । राष्ट्रिय एकता र अखण्डतामाथि नै आँच पुग्न गएको छ । संविधानसभाबाट संविधान निर्माण गर्ने क्रममा झण्डै १०
वर्ष देखि राजनीतिक दलहरूबीच सहमति र अन्तिम निस्कर्षका नाममा जेजति छलफल, वार्ता भए ती सबै अनुत्पादक भए । राजनीतिक मतभेदमात्र भएको भए बेलैमा अग्रगामी संविधान बन्थ्यो । तर राजनीतिक दलका शीर्ष नेता, टुक्रे नेताहरूको मतभेदले गर्दा राष्ट्र संचालन र निर्माणका लागि अति आवश्यक राष्ट्रको मूल दस्तावेज निर्माण हुन सकेन । नेपाल र नेपालीको अति महत्त्वपूर्ण समय दलका भत्ते र सत्ते नेताहरूले खेर फाले । नेपाली माताको श्रापले गरि खाने होइन, ठगी खाने प्रवृत्तिका नेताहरूको पनि अब भलाई नहुने, पाउन सम्मको सास्ती पाउने दिन आउँदैछ, अनि नेताहरूले देख्लान बाबुको विवाह ¤
एक युगमा, एक दिन, एक पटक संविधानसभाबाट संविधान निर्माण गर्ने अवसर आउँछ भनिन्छ । सार्वभौम नेपाली जनताहरूले पनि राजनीतिक दलहरूकै प्रयत्नमा त्यो अवसर पाएका हुन् । संविधानसभाबाट संविधान निर्माण गर्ने, राजनीतिक एजेण्डालाई स्थापित गर्ने क्रममा १० वर्षे सशस्त्र जनयुद्ध, १९ दिने जनआन्दोलन, मधेश आन्दोलन, आदिवासी जनजाती आन्दोलन भए । झण्डै १७ हजार नेपाली आमाका छोराछोरीको प्राण आहुति भयो । तर अहिले राजनीतिक उपलब्धी शून्य भएको छ । संविधानका अन्तरवस्तुमा जतिपटक बैठक बसेपनि सहमति हुन सकेको छैन । प्रकृयामा गएर सबै पक्षलाई मान्य हुने, राजनीतिक शक्ति सन्तुलन हुने संविधान बन्दैन, सहमति पनि कहिल्यै हुँदैन । राष्ट्र अनिर्णयको बन्दी बनेको छ । लामो समयदेखि देशमा राजनीतिक संक्रमण कायम छ । अन्तरिम संविधानले देश संचालन भइरहेको छ । राजनीतिक दलहरूमा गुट, फुट र लूटको संस्कार राजनीतिक दलका नेताहरूको तुच्छ व्यक्तिगत स्वार्थ र विदेशी राष्ट्रको अवाञ्छित हस्तक्षेप र कुटनीतिक चलखेल र प्रतिकृयावादी, प्रतिक्रान्तिकारी, अवसरवादीहरूका कारण अग्रगामी राजनीति र सामाजिक, आर्थिक रुपान्तरणकालागि उपयुक्त परिपक्व राजनीतिक वातावरण नै बन्न सकेन । असफल र कमजोर बन्दै गएको नेपाललाई सबल र सफल बनाउन, अधुरो र अपुरो क्रान्तिलाई अन्तिम निष्कर्षमा पुर्याउन, भ्रष्ट असफल, असफल षड्यन्त्रकारी र विदेशीका दलाल अराष्ट्रियतत्त्व र शक्ति हिजो भएका आन्दोलनहरू सबै दुस्साहस, अन्यायपूर्ण र प्रतिगामी सापित भएका छन् । पुराना, थोत्रा, बेइमान र अयोग्य भइसकेका राजनीतिक दल र तीनका शीर्ष नेतृत्त्वकारी नेताहरूलाई अब संविधानसभाबाट पन्छाउन बाहेक अर्को विकल्प छैन । न्यायपूर्ण, शान्तिपूर्ण, स्वस्फूर्त जनताको व्यापक सहभागिताको निर्णायक आन्दोलनले मात्र निष्पक्ष, सबैलाई मान्य हुने संविधान निर्माणकालागि आवश्यक वातावरण बनाउन सक्दछ । त्यो वातावरणले विदेशी स्वार्थबाट मुक्त नेपाली पहिचानसहितको नेपाली हावा, पानी, माटो, देश, काल, परिवेश, परिस्थिति सुहाउँदो देश र जनताको लागि स्थिर शासनसत्ता र व्यवस्था कायम गर्न सक्दछ ।
हिमाल, पहाड र तराईको भू–गोल पर्नेगरी संघीय, संविधान, जातीयता बिनाको संघ, धर्म परिवर्तन गर्न नपाइने धार्मिक स्वतन्त्रतासहितको हिन्दू सापेक्ष संविधान बिना नेपाल र नेपालीले कुनै पनि हालतमा सुख, शान्ति, समृद्धि र स्थिरता पाउन सक्दैनन् । संविधान ढिलै बनोस तर विदेशीको नक्कल नगरिएको नेपाली विशेषतायुक्त संविधान बनोस भनेर नेपाली जनताहरू धैर्यतापूर्वक प्रतिक्षारत छन् । संविधान निर्माण गर्ने क्रममा वि.सं.२०६३ सालदेखि आजसम्म राजनीतिक दलहरूबाट भएका प्रयास, अभ्यास र गतिविधि दलका नेता र कार्यकर्तामा विद्यमान भ्रष्ट मानसिकता, पूर्वाग्रह, आग्रह र संकिर्णताको प्रवृत्ति, नेपाल र नेपालीको स्वार्थ रक्षा भन्दा विदेशी शक्ति र तत्त्वले लगाई अह्राएको काम गर्ने कार्यशैलीले वर्तमान पार्टीहरूका नेताहरू निकम्मा सावित भएका छन् । आफू पनि केही नगर्ने, अरुलाई पनि केही गर्न नदिने यथास्थितिमै रमाउने, लाज, बीज, इज्जत, प्रतिष्ठा केही नहेर्ने, व्यक्तिगत र गुटगत स्वार्थको राजनीतिलाई प्रश्रय दिने बाँदरे राजनीति, कुकुर प्रवृत्तिको अन्त्य गर्ने, क्रान्तिलाई धोखा दिने शक्ति र तत्वलाई सबक सिकाउने बेला आएको छ । नेपालीहरूको कठिन निर्णयको मात्र आवश्यकता छ । संविधानसभाबाट नेपाल र नेपालीको भाग्य र भविष्य सुनिश्चित गर्ने हाँक दिएका नेताहरूबाट अब मुलुकमा विनाश सिवाय, विकास हुन सक्दैन । विचार, सिद्धान्त, व्यवहार, जीवन पद्धति, कार्यशैलीको मूूल्याङ्कन सहित नेताहरूको पहिचान गर्नु पर्दछ । भाग्यभन्दा बढी, समय भन्दा अगाडी केही पाइंदैन भनेझैं समय र भाग्य तेश्रो जन आन्दोलनकालागि परिपक्व बन्दै गएको छ । संविधानसभाबाट संविधान अब तुहिएको छ । राष्ट्रिय राजनीतिक सन्तुलन, अन्तर्राष्ट्रिय कुटनीतिक सन्तुलनको दायराभित्र रहेर नेपाली मोडेलको संविधान बनाउन निर्णायक ऐतिहासिक जनआन्दोलन मात्र एक विकल्प हो । तबमात्र संविधान बन्न सक्दछ ।
संविधानसभाबाट संविधान बनाउनु आफैंमा जटिल काम हो । कतिपय मुलुकमा संविधानसभाबाट संविधान चाहेर पनि बनाउन नसकेको उदाहरण छ । सशस्त्र जनयुछ हाँक्ने शक्ति नेकपा माओवादीले आफ्नो एजेण्डालाई स्थापित गर्न समय र परिस्थितिले साथ दिएन । नेताहरूले प्रस्तुत गरेको भ्रष्ट प्रवृत्ति, गूटगत स्वार्थ, पूँजीवादी जीवन पद्धति, अधर्म र पाप अनि राजनीतिक अपराधले जनयुद्धलाई नै कुरुप बनाएको छ । बहुसंख्यक नेपाली जनताले साथ दिएको मुलुकभर प्रभाव क्षेत्र भएको, विश्वकै ध्यान केन्द्रित गरेको सशस्त्र जनयुद्ध खराब थिएन तर नेतृत्त्व दिने, पवित्र ध्येयलाई नै थला पारे । कम्युनिष्ट नेताहरूप्रति लक्षित जनसमुदायको वितृष्णा भयो । आउँदा दिनमा हुने निर्वाचनमा विचारको भोट होइन, पैसाको भोट हुनेछ । नेताहरूले चुनावकालागि देश र जनतालाई चौतर्फी लुट्ने अवसर कायम हुनेछ । निर्वाचन पद्धतिमा आमूल परिवर्तन नबनाएसम्म नेपाली जनताहरूले असल पार्टी र असल नेता रोज्न सफल नभएसम्म नेपाल सफल र सवल राष्ट्र हुन सक्दैन ।
आदिम जंगली युगदेखि वर्तमान समाजवादी युगसम्मका सबै दृश्य एकै ठाउँमा भेट्न सकिने अद्भूत देश यति धेरै विशेषता भएको अर्को देश यस धरातलमा सायदै भेटिएला । नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको दिव्योपदेशलाई आत्मसाथ नगरेसम्म जुनसुकै विचारले पनि नेपाल र नेपालीको रक्षा हुन सक्दैन । वर्ग संघर्षलाई छोडेर जातीय संघर्ष, धार्मिक संघर्षमा हामी नेपालीहरु लाग्न पर्यो भने त्यो भन्दा दूर्भाग्य केही हुन सक्दैन । योजनावद्ध विकास बिना दिगो संघीयता र शान्ति कायम हुँदैन । सहमति र प्रकृया जसरी भएपनि एकवर्षभित्र देश्रो संविधानसभाले संविधान जारी गर्ने राजनीतिक दलहरूको भीष्मप्रतिज्ञा असत्य सावित हुने निश्चित भएको छ । तर्क र कुतर्कमा लाग्दालाग्दै सत्यलाई बिर्सेका नेताहरूले देश र जनताबाट लिने बाहेक केही दिन सक्दैनन् भन्ने सन्देश एकचोटी पुन: प्रवाहित हुन पुगेको छ ।
santoshmishra.birgunj@gmail.com