पर्वत जिल्लामा उत्पादीत कफीको नमुना अमेरीकामा उत्कृष्ठ, पर्वतमा आगामी वर्षको लागि २ लाख ५० हजार कफी बिरुवा उत्पादनको लागि २० बटा नर्सरी स्थापना

समिक्षा शर्मा, पर्वत ३० असार
पर्वत जिल्लामा उत्पादीत कफीको नमुना अमेरीकामा उत्कृष्ठ भएपछि अमेरीकी कफी व्यपारी तथा क्याफे संचालकहरुको एक टोलीले पर्वत जिल्लाको कफी क्षेत्रको अनुगमन गरेको छ । नेपालका बिभिन्न १५ जिल्लामा उत्पादीत कफी मध्ये पर्वत जिल्लामा उत्पादति कफी उत्कृष्ठ भएको कारण व्यपारीक सम्भाव्यतालाई समेत मध्यनजर गर्दै ५ जना सहभागि रहेको उक्त टोली पर्वत आएको हो ।

उक्त टोलीलाई जिल्ला कफी व्यवसायी संघ तथा जिल्ला कफी सहकारी संस्थाको कार्यालयमा स्वागत समेत गरिएको थियो । उक्त टोलीले पर्वत जिल्लाका कफी बगैचा, कफीको जात, कफी खेती प्रबिधि, प्रशोधनको अवस्था लगायत कफी खेतीमा संलग्न कृषकको वारेमा जानकारी लिएको नेपाल कफी व्यवसायी महासंघका महासचिव समेत ररहनुभएका  जिल्ला कफी व्यवसायी संघका अध्यक्ष भवानीप्रसाद शर्माले बताउनुभयो ।

अध्यक्ष शर्माका अनुसार सन् २०११ को प्रतियोगितामा स्वाद र गुणस्तरको हिसावले पर्वत जिल्लाको कफी नेपालकै उत्कृष्ठ बनेको थियो । त्यसैगरी गत २ बर्ष अगाडी अष्ट्रेलीयामा पठाएको ११ जिल्लाको कफी मध्ये पनि पर्वत जिल्लाको कफी उत्कृष्ठ भएको भएको थियो । पर्वत जिल्लामा उत्पादीत कफीको माग ति देशहरुमा धेरै भएपनि उत्पादन कम भएकै कारण भनेजती निर्यात गर्न सकिएको छैन ।

पर्वत जिल्लामा समुहन्द्र सतहवाट ९ देखी १७ सय सम्मको उचाईमा कफी खेती गरिदै आएको छ । जिल्लामा अहिले १ बटा जिल्ला कफी व्यवसायी संघ, १ बटा जिल्ला कफी सहकारी संघ, १७ बटा प्रारम्भीक कफी सहकारी संस्था, ७० बटा कफी उत्पादन समुह र ४० बटा महिला आयआर्जन समुहमा गरी कुल २७ सय कृषकहरु प्रत्यक्ष रुपमा कफी खेतीमा संलग्न हुदै आएका छन् ।

पर्वत जिल्लामा यस बर्ष १७ मेट्रिक टन कफी उत्पादन भएको संघले जनाएको छ । संकलित कफीलाई बिभिन्न कम्पनी मार्फत कोरीया, जर्मन, अमेरीका र जापानको साथै काठमाण्डौ र पोखराका बिभिन्न कफी कम्पनीहरुमा बिक्रि गरिएको अध्यक्ष शर्माले बताउनुभयो ।

कफीको माग दिनप्रतिदिन बढ्दै गएपछि पर्वत जिल्लामा यस बर्ष मात्रै करिव ३० हजार कफी बिरुवा रोपण गरिएको संघले जनाएको छ । बिदेशमा नेपाली अर्गानीक कफीको माग बढी भएको भन्दै पर्वतका २ जना युवाहरु नेपाल आई व्यवसायीक कफीखेतीको शुरुवात समेत गरेका छन् ।

जिल्लाको पाङराङ गाविस–६ कर्नास मिनप्रसाद भट्टराई र बिष्णु पाठकले बिदेशका बिभिन्न क्याफे हाउस तथा कफी कम्पनीमा काम गरेको र त्यहाावाट आफुले कफी सम्वन्धमा पाएको अनुभव समेतलाई प्रयोग गरि कफीको व्यवसाय शुरु गरेका हुन् । उनीहरुले आफुहरुकहाा पल्पीङ मेसीन स्थापना गरि उक्त क्षेत्रमा उत्पादीत कफीलाई प्रशोधन गरि बिक्रि समेत गर्दै आएका छन् ।

जिल्ला कफी व्यवसायी संघका अनुसार कफीको राष्ट्रिय तथा अन्र्तराष्ट्रिय बजारको अवस्थाको साथै नेपालमा कफी खेतीको बिस्तारको अवस्थालाई ध्यानमा राख्दै पर्वत जिल्लाका विभिन्न कफी सहकारीमा यस पटक २० बटा नर्सरी स्थापना गरिएका छन् । ति नर्सरीवाट आगामी बर्षको लागि करिव २ लाख ५० हजार बिरुवा उत्पादन हुने संघले जनाएको छ ।

संघका अनुसार पर्वतको कटुवाचौपारीमा नेपालकै नमुना अर्गानीक कफी नर्सरी स्थापना गरिएको छ । उक्त नर्सरीमा ६० हजार एल्लोकाटुरा जातको कफीको साथै छहारिको बिरुवा समेत उत्पादन गरिएको छ । संघका अध्यक्ष भवानीप्रसाद शर्माका अनुसार पर्वत जिल्लामा उत्पादीत कफी बिरुवा बागलुङ, म्याग्दी र कास्कीको साथै गोर्खा र ताप्लेजुङ जिल्लामा समेत पुर्‍याउादै आएको छ ।


SHARE THIS

Author:

Facebook Comment