महायज्ञमा युवराज्ञी, जनताद्वारा जय-जयकार

काठमाडौं, वैशाख ४ । काठमाडौंको बुढानीलकन्ठ नगरपालिकास्थित च्यासिङ्टोलमा गरिएको महायज्ञ शनिबार सम्पन्न भएको छ ।

गत चैत २६ गतेदेखि सुरु भएको रामचरित्र मानस नवाह महायज्ञ विधिवतरुपमा सम्पन्न गरिएको हो ।

महायज्ञको अन्तिम दिन शनिबार युवराज्ञी हिमानी शाह सहभागी हुनुभएको थियो । युवराज्ञी हिमानी राज्यलक्ष्मी शाह सहभागी हुन आएपछी  महायज्ञमा उपस्थित हजारौंको संख्याका भक्तजनहरुले जयजयकार गरेका थिए ।

महायज्ञबाट संकलित रकम सामाजिक कार्यमा लगाउने आयोजकले जनाएको छ ।

महायज्ञमा रामचरित्र मानस श्रवणकासाथै भजन–कीर्तनसमेत गरिएको थियो ।

SHARE THIS

Author:

Facebook Comment