संयुक्त राष्ट्रवादी मोर्चाद्वारा स्व. राजा वीरेन्द्रको श्रद्धाञ्जलि सभा

वीरगंज, १९ जेठ । वीरगंज–१८ प्रतिमाचोकस्थित स्व. राजा वीरेन्द्र शालिकमा आज संयुक्त राष्ट्रवादी मोर्चा, पर्साले श्रद्धाञ्जलिसभा गरेको छ ।
प्रमुख अतिथि पशुपति विक्रम शाह, अन्य अतिथिहरुमा उषा शाह, नन्दकिशोर गोयल, अनु राणा, हेमन्त केसी, शिवशड्ढर यादव, सन्तोषकुमार गुप्ता, हरेराम रौनियार, मजहर हवारी, भीषक यादव, शौकत अलि शाहले स्व. राजा वीरेन्द्रको शालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
कार्यक्रममा वक्ताहरुले स्व. वीरेन्द्रको योगदानबारे चर्चा गर्दै आजको दिनलाई कालो दिवसको रुपमा मनाएको बताए ।
संयुक्त राष्ट्रवादी मोर्चा, पर्साका अध्यक्ष जनकलाल साहको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण अरुण विक्रम शाहले गरेका थिए ।
आज जेठ १९, नारायणहिटी दरबार हत्याकाण्ड भएको दिन पनि हो । आजकै दिन तत्कालीन राजपरिवारका सम्पूर्ण सदस्यको हत्या भएको थियो ।
१३ वर्ष पहिले २०५८ साल जेठ १९ गते राति तत्कालिन राजा विरेन्द्रको सम्पूर्ण वंश नै नास हुने गरी हत्याकाण्ड भएको थियो । रहस्यकै गर्भमा रहेको दरबार हत्याकाण्डको विषयमा विभिन्न आशंका गरिएको छ । घटनालगत्तै गठन भएको छानविन समितिले तत्कालिन युवराज दीपेन्द्रले हत्या गरेको प्रतिवेदन सार्वजनिक गरे पनि नेपाली जनताले विश्वास गरेको देखिदैन । दरबार हत्याकाण्डपछि नेपाली राजनीतिले नयाँ मोड लियो ।


SHARE THIS

Author:

Facebook Comment