युबतीको बिषयलाइ लिएर ढुंगाले थिची हत्या

जुम्ला-
जुम्लामा एक युवतीको विषयलाई लिएर एक जनाको ढुंगाले थिचेर हत्या भएको छ। चन्दननाथ नगरपालिका १५ का १९ वर्षीय राजेश न्यौपानेको लखेटी खलेटी ढुंगाले थिचेर हत्या भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जिल्लाको छुमचौर-४ तालकोट भन्ने स्थानमा हत्या भएको हो।

पट्मारा गाविस रिनी गाउँकी एक जना युवतीसँग राजेशको लभ चलेको र खोला किनारमा बसेको बेला एक्कासी आक्रमण भएको प्रहरीले जनाएको छ। आक्रमण हुँदा राजेश भागेर जंगलको एक ओढारमा लुकेको बेला फेला पारेर ढुंगाले थिचेर हत्या गरिएको प्रहरी नायव उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिए।

राजेश रनिङ शिल्ड हेर्न मालिका मावि लोठचौरमा पुगेका थिए। जिल्ला प्रहरी कार्यालय खलंगाबाट प्रहरी टोली घटनास्थलतर्फ खटिसकेको छ। घटनास्थलमा पुगेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक न्यौपानेको शव प्रहरी मुचुल्का गरेर पोर्ष्टमाटमको लागि सदरमुकाम ल्याउने तयारी भइरहेको छ। घटनामा संलग्न भएको भन्दै ४ जना केटा र १ केटीलाई प्रहरीले पक्रेको छ।

जिल्ला प्रशासन कार्यालयले सुरक्षा चुनौति देखिएको भन्दै रनिंङ शिल्ड रद्ध गर्न निर्देशन गरिसकेको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बताए। उनले भने रनिङ शिल्ड रद्ध गर्ने निर्णय भएको छैन तर रद्ध गर्न निर्देशन भइसकेकेा छ।
nagariknews


SHARE THIS

Author:

Facebook Comment