क्राइमचेक प्रतिनिधि/
वीरगंज/राजनीतिको माध्यमबाट देश र जनतालाई ठगि गरिरहेका व्यक्तिमार्फत उद्घाटन गराइएको महोत्सव अर्थात मेलाको माध्यमबाट व्यवसायीहरूले मेला भर्न आउने उपभोक्ताहरूलाई ठग्न हदैसम्मको उपाय प्रयोग गरिरहेका छन् ।
प्रसँग हो वीरगंजको आदर्श नगरमा संचालित वीरगंज महोत्सव व्यापार मेलाको । सो मेलाको अवलोकनमा गएका उपभोक्ताहरू त्यहाँ नराम्ररी ठगिइरहेका छन् ।
संसारका हरेक देश, शहर र क्षेत्रमा बजार र व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले समय–समयमा महोत्सव र मेला लाग्ने गर्छ । मेला अर्थात एउटै थलोमा सर्वसुलभ तरिकाले बजार र शपिङ कम्प्लेक्सभन्दा सस्तो मूल्यमा भरपर्दो सामान उपलब्ध हुने हुँदा मेलामा उपभोक्ताहरूको घुइँचो नै लाग्ने गर्छ ।
तर वीरगंजको आदर्शनगरमा संचालनमा रहेको वीरगंज महोत्सव व्यापार मेलामा भने उपभोक्ताहरू ठगीमा परिरहेका समाचारहरू सार्वजनिक भइरहेका छन् ।
मेला भरेर आएका उपभोक्ताहरूले यस पत्रिकालाई दिएको जानकारी अनुसार सो मेलामा राखिएका स्टलहरूमा बजारमूल्य भन्दा बढीमा उपभोग्य सामान बिक्री गरी उपभोक्ताहरूलाई ठगी गरिरहेका छन् ।
उपभोक्ताका अनुसार बजारमा तीन सय रुपैयाँमा पाइने प्लाष्टिकको बाटा मेलामा पाँच सय रुपैयाँमा बेचिरहेका छन् भने २४० रुपैयाँमा आउने चियापति मेलामा ३७५ रुपैयाँ लिइरहेका छन् । चिया बेच्ने मेलाका व्यवसायीले १ किलो चिनीको प्रलोभन दिएर उपभोक्ताको आँखामा छारो हाल्न व्यस्त छन् भने हाते ब्याग र पर्समा पनि बजार मूल्य भन्दा चर्को मूल्य लिइरहेका छन् । दुई सय देखि एक हजार रुपैयाँ सम्म पर्ने ब्याग र पर्सको मूल्य मेलामा पाँच सय रुपैयाँदेखि १४ सय रुपैयाँ सम्ममा बिक्री वितरण भइरहेका छन् ।
बजार मूल्य र उपभोक्ता हकअधिकारको क्षेत्रमा काम गर्ने नियमन निकायहरूको निस्क्रियताका कारण बजार देखि मेलासम्म हरेक क्षेत्रमा उपभोक्ताहरू ठगिइरहेका छन् । मधेश आन्दोलनको समयमा अभाव भएको उपभोग्य समान मेलामा सहज र सस्तो दरमा किन्न पाइएला भनेर मेला भर्न गएका उपभोक्ताहरू उपभोग्य वस्तुमा मात्र ठगिइरहेका छैनन् त्यहाँबाट नि:शुल्कमा रोगको संक्रमण पनि उपहार लिएर आइरहेका छन् ।
मेला व्यवस्थापन समितिले महोत्सवस्थल व्यवस्थापनमा लापरवाही गरेका कारण मेलास्थल धूलाम्य भएका छन् भने भाजा, चना चटपटे पानीपुरी, चाट लगायतका लगायतका फास्टफूड खाएर जथाभावी फालिएको फोहोरले पनि अनेकौं रोगका संक्रमण फैलिने खतरा पनि उत्तिकै देखिएको मेला भरेर फर्किएका स्थानीयहरू बताउँछन् ।
सो मेलाको उद्घाटन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले गरेका थिए ।
प्रकाशन मितिः २०७२ चैत्र १८ गते विहीवार