अविश अधिकारी/
काठमाण्डौ ।
चितवन नेपालको सेन्टर पोइन्ट हो । पुर्व मेची देखी पश्चिम महाकाली सम्मको मध्य विन्दु चितवन नै पर्छ यसैले स्वभावीक हो चितवन अपराधीको अखडा स्थल । चितवनमा पछिल्लो समय अपराधिक क्रियाकलप न्यून हुन आएको जिल्ला प्रहरी कार्यालय चितवनको नोटीस बोर्डमा स्पष्ट देख्न सकिन्छ । जिल्लामा हुने अपराधिक क्रियाकलाप नियन्त्रणमा सादा पोशाकमा खटिएका घुमुवा प्रहरीको सक्रियताले अपराधी सहजै पक्राउ पर्ने गरेका छन् । जसका कारण चितवनको शान्ति सुरक्षा थप मजबुद समेत बनेको स्पष्ट छ। जसलाई अझै प्रभावकारी बनाउन हालका प्रहरी उपरीक्षक बसन्त कुवंरले थालकोे अप्रेशन मिसनले घुमुवा प्रहरी उच्च रफ्तार सक्रिय बनाएपछि चितवनमा हाल कुनै पनिअप्रिय घटना हुन पाएको छैन ।
आर्थिक बर्ष २०७२÷७३ को असारदेखि हालसम्म घुमुवा प्रहरीकै कारण ७० वटा बढी काम कार्वाही भई २ सय बढी अपराधीहरु जेल सजाय भोगिरहेका छन् । यो सफलताका लागि कुवंरले खटाएका घुमुवा प्रहरी सिकेन्द्र शाह र सुरेन्द्र कार्की सहितको टिम रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
तर हाल केही स्थानीय संचार माध्यममा सिंगो प्रहरी प्रशासनलाई नै बद्नाम हुने गरी समाचार प्रकाशित भएको थियो । देशको चौथो अंगको रुपमा रहेको पत्रकारले भ्रम सृजना गर्ने खालको कपोकल्पीत समाचार प्रकाशन गरी प्रहरी प्रशासनको खिल्ली उडाएको भन्दै घुमुवा प्रहरी जवान सुरेन्द्र कार्कीले आपत्ती जनाएका छन र त्यो समचारको कुनै पनि सत्यता नरहेको जानकारी दिएका छन ।
स्थानीय संचार माध्यममा चोर र लुटेरालाई संरक्षण दिंदै चितवन प्रहरी भन्ने शिर्षक राखी असई शाह र जवान कार्कीले ना२७प ८८९ नम्बरको २२० सीसीको निलो पल्सर एक लुटेराबाट खोसी प्रहरी कार्यालयलाई जानकारी नै नदिई अवैध असुलीमा प्रयोग गर्दै आइरहेको भन्ने समाचार प्रकाशित गरेको थियो यसलाई जवान काकीले भ्रम छर्न र कपोकल्पीत रचिएको नाटकको संज्ञा दिदै ब्यक्तीगत स्वार्थको लागी भ्रम छरीएको र यदि कसैले उक्त आरोपको प्रमण सहित पुष्टी गर्न सकेमा आफु सजाय भोग्न तयार रहेको समेत बताए ।
आषिश गेष्ट हाउसका आषिश श्रेष्ठबाट उक्त चोरीको मोटरसाइकल बरामद गरी शाह र कार्कीले २५ हजार असुलेर उनलाई छाडेको भन्ने उक्त समाचारको सत्यता बुझ्न आषिश गेष्ट हाउसका संचालकलाई सम्पर्क गर्दा उनले डाडै अस्वीकार गरी पत्रकारले आफ्नो चरित्र हत्या गरेको भन्दै आफु पत्रकारको विरुद्द अव कानुनी रुपमा जाने समेत बताएका छन ।
यसो त हाम्रो समाजमा राम्रो केही गर्न खोज्नेको खुट्टा तान्ने प्रवृति नयाँ भने होईन तर राज्यकै महत्वपुर्ण अंग रहेको संचार माध्यमले ब्यक्तीगत स्वर्थका लागी भ्रमपुर्ण र कपोकल्पीत समाचार प्रकासित गरीदा सिंगो संचार जगतनै अविश्वासनीय बन्न पुगेको छ ।