भारतमा मोदिको खुट्टा ढोग्नेले .भारत बिरोधि अभिब्यक्ति दिनुको औचित्य छैन

चैत्र २०
संघिय नवविचार समुहका नेता राजकुमार यादवले दिल्लीमा गएर मोदिको खुट्टा समाउनेहरुले मधेसमा आएर भारत विरोधी अभिव्यक्ति दिनुको कुनै औचित्य नरहेको ने बताउनुभएको छ । वीरगंजको रानिघाटमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले संघियता विरोधि कमल थापाले मधेसमा आन्दोलन जारी रहेको बेला मधेसका जनतालाई फुटाउने षडयन्त्र गरेको आरोप समेत लगाउनुभयो । नेपालको संबिधानमा मधेसका अधिकार कटौति गरिएको विषयमा आन्दोलन भइरहेको र त्यसलाई भारत र युरोपियन युनियनले उठाएर कुनै गल्ति नगरेको बताउदै नेता यादवले राष्ट्रियताको नाममा मधेस माथि खेल्ने षडयन्त्र भइरहेको आरोप लगाउनुभयो । उहाले मधेसवादी दलका नेताहरुको दोहोरो चरित्रक कारण आन्दोलन सफलता हासिल नगरेको बताउदै इमन्दार, जनता प्रति उतारदायी व्यत्तिहरुको सक्रियतामा संघिय नवबिचार समुह मधेसमा जन्मिएको दावी गर्नुभयो ।  संघिय नवबिचार समुहका जिल्ला अध्यक्ष सरिफ अहमदको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय शिव सेना पार्टिका महामन्त्रि भिष्म सिंह, शिव सेना नेपालका केन्द्रिय सदस्य सत्रुघन सिंह, जिल्ला सदस्य शम्भु प्रसाद, तमलोपका जिल्ला सदस्य सिकेन्द्र दास, मुस्कान सेनाका केन्द्रिय सदस्य फौजमिया अन्सारी, नागिना साह, शिष कुमारी देवी लगायतका व्यक्तिहरु संघिय नवबिचार समुहमा प्रवेश गरेका छन् । नव प्रबेशिहरुलाई पाटिका केन्द्रिय सदस्य राजकुमार यादवले फुलमाला र टिका लगाएर स्वागत गर्नुभएको थियो ।


SHARE THIS

Author:

Facebook Comment